राष्ट्रिय महिला आयोगले महिलाको हक हितको संरक्षण र सम्बद्र्धन गरी विकासको मूल प्रवाहमा महिलालाई प्रभावकारी रुपमा समाहित गर्नुका साथै महिलाको समग्र विकास गरि लैङ्गिक न्याय कायम गर्ने आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको छ । महिला विरुद्धको भेदभाव र हिंसा अन्त्यका लागि राष्ट्रिय महिला आयोगले आफ्नो क्रियाकलापहरुलाई प्रभावकारी ढंगले सम्पादन गर्दै आएको छ ।
राष्ट्रिय महिला आयोगको मुख्य जिम्मेवारि अन्तर्गत हिंसा पीडित महिलाहरुको उजुरी सुनेर उनीहरुलाई न्यायको सुनिश्चितताको साथै अन्य आवश्यक सेवाहरु समेत उपलब्ध गराउने रहेकोे छ । यसै कार्यलाई थप प्रभावकारि बनाउन र उजुरी प्रक्रियालाई पनि छिटो छरितो बनाउनका लागि राष्ट्रिय महिला आयोगमा चौविसै घण्टा संचालनमा रहने हेल्पलाईन सेवाको साथमा सूचना प्रविधिमा आधारित विधुतिय मुद्दा व्यवस्थापन प्रणालीको स्थापना गरिएको छ जसमा लैङ्गिक हिंसामा परेका महिलाहरुले आपूm जुनसुकै हिंसामा परेमा तुरुन्तै सम्पर्क गर्न सक्नेछन् । यस हेल्पलाईनले लैङ्गिक हिंसामा परेका,पर्न लागेका वा परिसकेका व्यक्ति र समूहलाई सेवा पु¥याउने लक्ष्य लिएको छ ।
यसै अनुरुप आयोगले यस आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत नुवाकोट जिल्लास्थित महिला अधिकारसंग सम्बद्ध संघ सस्थाहरुसंग अन्तकिया कार्यक्रम सञ्चालन गरेको छ ।
लैङ्गिकतामा आधारित हिंसा भनेको के हो ?
लिङ्गकोे आधारमा शारिरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि गरिने कुनै पनि कार्यलाई लैंङ्गिकतामा आधारित हिंसा ९न्भलमभच द्यबकभम ख्ष्यभिलअभ० भनिन्छ । लैङ्गिकतामा आधारित हिंसाको प्रभाव पिडितमा तत्कालै वा लामो समय पछि पनि देखिन्छ र लामो समय सम्म असर रहन्छ। लैंङ्गिकतामा आधारित हिंसा घर भित्र, बाहिर, कार्यस्थल, बजार जहाँ तहि घट्न सक्छ । कुनै पनि खालका हिंसाको कारण व्यक्तिको वृद्घिविकास देखि समग्र समाज, देश र विश्वकै विकासमा प्रभाव पर्ने गर्दछ । त्यसैले सबै तह र तप्कावाट कुनै पनि खालको हिंसाको विरोध गर्नु अति आवश्यक देखिन्छ ।
कार्यक्रमको उद्धेश्यहरूः
ड्ड राष्ट्रिय महिला आयोगको काम कर्तव्य तथा सम्बोधन परियोजनाको ’boutमा जानकारी दिनु,
ड्ड लैङ्गिक हिंसा वा महिला माथि हुने हिंसा, त्यसको परिणाम तथा बच्ने उपाएका ’boutमा संक्षिप्त सूचना दिनु,
ड्ड लैङ्गिक हिंसा र महिला माथि हुने हिंसा भएमा कहाँवाट सहयोग लिने भन्ने ’boutमा सूचित गर्नु,

कार्यक्रमका सहभागीहरुः
यस कार्यक्रममा ५६ जना सहभागीहरुको उपस्थिति रहेको थियो । ५० जना महिला र ६ जना पुरुष सहभागी रहेको यस कार्यक्रममा सबै जना सहभागी १९ वर्ष माथीका रहेका थिए । यस महिला अधिकारसँग सम्बद्ध संघ सस्थाहरुँंग अन्तक्रिया कार्यक्रममा नुवाकोट जिल्लामा कार्यरत सबैजसो महिला अधिकारवादीहरुको बाक्लै उपस्थिती रहेको थियो ।
अन्तक्रिया कार्यक्रमः
मानव अधिकारका लागि महिलाहरुको संजालकी देवकी पौडेलले अधिकारको आभाष हँदा खुलारुपमा बाच्न पाईने जनाउनु भयो । उहाँले अहिले त्यस संजालमा २६०० सदस्य रहेको बताउँदै, २,१८,००० को एकल महिला सुरक्षा कोषको स्थापना भएको जानकारी गराउनु भयो । त्यस्तै हिमवन्ती नेपालबाट आउनुभएकी शिव कुमारी डङ्गोलले हिंसा घटेका ठाउँमा सहयोग गरिरहेको बताउनु भयो । उहाँले सिपमुलक तालिमको महत्वका ’boutमा पनि चर्चा गर्नुभएको थियो ।
त्यसै गरि अर्को सहभागी धनकुमारी दाहालले चेतना भयो भने अधिकारको प्राप्ति सहज बन्ने विश्वास व्यक्त गर्नु भयो । कोसेली नेपालकी अस्मिता थापाले हिंसा हुँदा पुग्नुपर्ने सम्बन्धीत निकायको सबैमा जानकारी हुनुपर्ने र त्यहाँ पुग्दा न्यायको सुनिश्चितता हुनुपर्ने बताउनु भएको छ । यसका साथसाथै उहाँले कार्यकारीणी तहमा रहेका व्यक्तीले विनियोजित रकम सुनियोजित तरिकाले खर्चिनुपर्ने आवश्यकता पनि आंैल्याउनु भएको छ ।
राष्ट्रिय महिला आयोगको प्रत्यक्ष निगरानीमा महिलाका हक हितमा काम गर्ने निकायहरुले कार्य गर्दा अझ बढी प्रभावकारी रहने कार्यक्रमकी सहभागी शर्मिला उप्रेतीले बताउनुभयो ।
यसैगरी कार्यक्रमका अर्का सहभागी बिना देवी अर्यालले राष्ट्रिय महिला आयोगलाई प्रस्तावना पेश गर्न आग्रह गर्नु भएको छ र आफुहरु सक्दो सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ ।