आयोजक ः राष्ट्रिय महिला आयोग
आयोजना गरिएको जिल्ला ः सिन्धुली
कार्यक्रम भएको स्थान ः कमलामाई नगरपालिका कार्यालय
मिति ः २०७५।२।३१

राष्ट्रिय महिला आयोगको आ.ब. २०७४÷ ०७५ को स्वीकृत वार्षिक कार्यक्रममा दशवटा (१०) जिल्लामा महिला अधिकार विषयक सार्वजनिक सुनुवाई कार्यक्रम राखिएकोमा सिन्धुली जिल्ला पनि एक थियो । सिन्धुली जिल्लाको सदरमुकाम स्थित कमलामाई नगरपालिकाको हलमा मिति २०७५।२।३१ गते आयोजना गरिएको कार्यक्रमको प्रतिवेदन ।

कार्यक्रममा उपस्थित हुनुभएका आमन्त्रित अतिथि एवं वक्ताहरु ः
१ अध्यक्ष सचिव, अनिल कुमार ठाकुर, रा.म.आ.
२. प्रमुख अतिथि प्रमुख, सिन्धुलि जिल्ला समन्वय समिति श्री शंकर बजगाँई
३. विशेष अतिथि प्र.जि.अ. श्री ज्ञानप्रसाद ढकाल,
४. अतिथि जिल्ला समन्य समितिका उपप्रमुख,श्री सम्झना अधिकारी
५. प्रमुख, कमलामाई नगरपालिका
६. उपप्रमुख कमलामाई नगरपालिका,
७. लिल्ला समन्वय अधिकारी
८. प्रमुख प्रशासकीय अधिकृत,कमलामाई नगरपालिका
९. प्रमुख जिल्ला प्रहरी कार्यालय (प्रहरी उपरीक्षक)
१०. जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख,श्री केदार गिरी

राष्ट्रिय महिला आयोगबाट सिन्धुलीमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा संलग्न टोलीः

१. शा.अ. ः श्री मधु अर्याल
२. शा.अ. ः श्री भरत धमला
३. ना.सु. ः श्री लक्ष्मीदेवी श्रेष्ठ
४. ना.सु. ः श्री मीना
५. ह.स.चा. ः श्री रामचन्द्र थापा

कार्यक्रम संयोजन
महिला विकास निरीक्षक, सिन्धुली

कार्यक्रम स्थल ः
कमलामाई नगरपालिकाको हल, सिन्धुली

पृष्ठभूमी ः
राष्ट्रिय महिला आयोगको प्रमुख कामकर्तब्य र अधिकार मध्ये महिला अधिकारका विविध विषयमा जनचेतना अभिबृद्धि गर्नु पनि एक हो । यसै सन्र्दभमा आयोगले देशका विभिन्न जिल्लाहरुमा गर्ने सार्वजनिक सुनुवाई पनि एक हो जो केही वर्षदेखी निरन्तर गर्दै आएको छ । यस आ.ब. २०७४।०७५ मा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने विभिन्न जिल्लामध्ये सिन्घुली जिल्ला पनि एक थियो । सिन्धुली जिल्लामा उक्त कार्यक्रम मिति २०७५।२।३१ गते आयोजना गरिएको थियो । जिल्लामा उक्त कार्यक्रम गर्नुको मुख्य उद्देश्य सम्बन्धित जिल्लामा महिलाको सम्पति माथिको अधिकार, नागरिकता प्राप्ति, महिला स्वास्थ्यको अधिकार, स्थानिय तहमा हुने विकास निर्माणमा महिला सहभागिताको साथै महिला माथि हुने सबै प्रकारका हिंसा, महिला सशक्तिकरणको अवस्था, सशक्तिकरणको लागि गरिएका ब्यवस्था, ती ब्यवस्थामा महिलाको पहुँचको अवस्था कस्तो रहेको छ ? सेवा प्रदान गर्ने कार्यालय र सेवाग्राही विचमा के कस्ता समस्या र सहज पक्ष रहेका छन् ? जानकारी आदान प्रदान गर्ने, देखिएका समस्या समाधानका लागि सम्बधित कार्यालयहरुको वास्तविकता पहिचान गरी हटाउन पहल गर्ने र सरकारलाई शिफारिश गर्ने रहेको थियो ।