राष्ट्रिय महिला आयोगले नेपाल प्रहरी र अन्य सरोकारवालासँग मिलेर संयुक्त रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही र कपिलवस्तुका महिला तथा बालबालिका सेवा केन्द्रको अनुगमन गरेको छ । आयोगमा आयोजित एक कार्यक्रमबीच अनुगमन टोलीको प्रतिवेदन आज सार्वजनिक गरिएको छ । अनुगमन प्रतिवेदनमा नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्दले प्रदान गरेको सेवाको अवस्था, सेवा केन्द्रको भौतिक पूर्वाधार, केन्द्रले हिंसा रोकथामका लागि चालेको कदम समेटिएको छ । साथै अनुगमनमा आधारित रहेर केही सुझावहरु पनि प्रदान गरिएको छ ।

आयोगका सहसचिव श्री युवराज सुवेदीको नेतृत्वको अनुगमन टोलीले कपिलवस्तु र रुपन्देहीको महिला तथा बालबालिका सेवा केन्द्रको अनुगमन गरेको थियो भने आयोगकी शाखा अधिकृत ममता विष्टको नेतृत्वको टोलीले महिला तथा बालबालिकाका सेवा केन्द्र कालिमाटी, महिला तथा बालबालिका सेवा केन्द्र जाउलाखेल, महिला तथा बालबालिका सेवा केन्द्र दरबारस्क्वायर भक्तपुरको क्षेत्रगत अनुगमन गरेको थियो । सो अनुगमन प्रतिवेदनमा नेपाल प्रहरीको सेवा केन्द्रहरुले लैङ्गिक हिंसा प्रभावितलाई मनोसामाजिक परामर्श, तत्काल उद्धार, मेलमिलाप ,सम्प्रेषण र कानुनी सहायता समेत प्रदान गरेको उल्लेख छ ।

प्रतिवेदनमा सेवा केन्द्रहरुले विद्यालय स्तरीय सेचतनामूलक कार्यक्रम संचालन गरिरहेको उल्लेख छ । साथै, ललितपुर र भक्तपुर जिल्लामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम संचालन भईरहेको र रुपन्देहीमा विभिन्न संघ÷संस्थासँग समन्वयमा सडक नाटक, लगायतका कार्यक्रमहरु भईरहेको पनि उल्लेख छ ।

प्रतिवेदनले सेवा केन्द्रमा गरिनुपर्ने आवश्यक सुधारको ’boutमा पनि औल्याएको छ । महिला तथा बालबालिकाका सेवा केन्द्रमा दरबन्दी अनुसारको जनशक्तिको व्यवस्था हुनुपर्ने,साधन÷स्रोत र बजेटको व्यवस्थापन हुनुपर्ने, तत्काल उद्धारका लागि साधन स्रोतको व्यवस्था गरिनुपर्ने, स्थानीय सरकार र संघ संस्था वीच सहकार्यलाई जोड दिनुपर्ने लगायतका सुझावहरु अनुगमन टोलीले प्रदान गरेको छ ।