मंसीर ९, २०७५

लैङ्गिक  हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार भन्ने राष्ट्रिय नाराको साथ नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको छ । अभियानको पहिलो दिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय  र राष्ट्रिय महिला आयोगको संयुक्त आयोजनामा महिला हिंसा बिरुद्धको सचेतनामुलक  ¥याली सम्पन्न भएको छ । भृकुटीमण्डपबाट शुरु भई  भद्रकाली हुदै शान्तिवाटिकामा पुगि समापन भएको सो ¥यालीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सम्बोधन गर्नुभएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले लैङ्गिक हिंसाविरुद्ध सरकार ठोस रुपमा अगाडी बढ्ने बताउनुभयो । सचेतनामुलक अभियान स्थानीय तहसम्म पु¥याउने, हिंसाका घटनामा शुन्य शहनशीलताको अवलम्वन गरिने उहाँको भनाई छ ।

 

 

सो ¥यालीका सहभागीहरुले लैङ्गिक  हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार , ओरेन्ज दि वल्र्डः  हिअर मिटु , महिला हिंसा मुक्त समाजः आजको आवश्यकता , समान सहभागिताको सुनिश्चितताः आजको आवश्यकता, महिला हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गरौ लगायतका सन्देश सहितका प्लेकार्ड बोकेका थिए ।

¥यालीमा  साथी, एटविन, माईती नेपाल , जागरण नेपाल, शक्ति समूह, आशा नेपाल, लगायतका अन्य गैरसरकारी संस्थाहरु पनि सहभागी भएका थिए । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धि बहादुर खड्का, राष्ट्रिय महिला आयोगका सचिव अनिल कुमार ठाकुर लगायतको सहभागिता रहेको थियो ।