२४ मंसिर २०७४
राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ को मिति २०७४।८।२५ देखि संचालनमा आउने भएको छ । लैङ्गिक हिंसाविरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन अर्थात् डिसेम्बर १० (मंसिर २४) को अवसर पारेर एक समारोहबीच यो सेवाको शुभारम्भ गरिएको हो । यस हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ मा महिला हिंसा वा सामाजिक कुरीतिबाट पीडित भएको वा महिला अधिकार प्रयोग गर्न नदिएको वा कुनै व्यक्ति वा संस्थाले महिला अधिकारको प्रयोग गर्नबाट बञ्चित गरेको विषयमा पीडित व्यक्ति वा निजको तर्फबाट जो सुकैले खबर गर्न सकिनेछ ।
हेल्पलाइनमा आएका उजुरीहरुको मुद्धा व्यवस्थापन प्रणाली ऋबकभ ःबलबनझभलत क्थकतझ ९ऋःक्० मा दर्ता भएपछि प्रारम्भिक छानविनबाट हिंसा भएको वा अधिकारबाट वञ्चित भएको देखिए मुद्दाको प्रकृति अनुसारका आवश्यक सेवाहरू जस्तै सुरक्षित बास, स्वास्थ्य उपचार सेवा, मनोसामाजिक परामर्श, बालबालिकाका लागि विशेष सहयोग वा कानुनी सेवाका लागि सम्बन्धित सेवा प्रदायक संस्थामा पठाइन्छ । यसरी पठाइएका सेवाग्राहीको सेवा प्रवाहको अवस्था कस्तो रहेको छ र कहाँ पुगेको छ भन्ने कुरा यो प्रणालीबाट सहजै अनुगमन वा त्चबअपष्लन गर्न सकिनेछ ।
हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ को शुभारम्भ भएपछि समारोहका प्रमुख अतिथि महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले राष्ट्रिय महिला आयोगले संचालन गरेको हेल्पलाइन सेवा मार्फत हिंसापीडित महिला तथा वालिकाहरुले तत्कालै उजुरी गरी आवश्यक सेवा तथा परामर्श प्राप्त गर्न यो संरचनाले सहयोग पुग्ने अपेक्षा गर्नु भयो र राष्ट्रिय महिला आयोगको यो कार्यको प्रशंसा गर्नुभयो ।
राष्ट्रिय महिला आयोगमा हाल हिंसामा परेका महिला उजुरी दर्ता गर्न मौखिक वा लिखित उजुरी दिन सकिने कानूनी व्यवस्था भएपनि स्वयम् आफैं उपस्थित भएपछि मात्र छानविन र सिफारिस गर्ने विगतको कार्यप्रक्रियालाई परिष्कृत गरेर पीडित जहाँ भए पनि आफैं वा अरूले समेत टेलिफोन, मोवाइल वा एस.एम.एस. वा अनलाईन जुनसुकै विधिबाट उजुरी दिन पाउने व्यवस्थाले पीडितलाई उजुरी दर्ता गर्न सहज पहुँच हुने भएको छ । यो सेवाले राष्ट्रिय महिला आयोगले विगतमा गर्दै आइरहेको काम कारबाहीलाई प्रविधिमार्फत अझ छिटो–छरितो तरिकाले हिंसा प्रभावितलाई सहयोग पु¥याई न्याय प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।
सर्वोच्च अदालतका माननीय न्यायाधिश सपना प्रधान मल्लले डरबाट पनि स्वतन्त्रतको आवश्यकता रहेको उजागर गर्नु भएको छ । वहाँले डर धम्कि र त्रास सबै हिंसाका स्वरुप हुन् भन्ने कुरा पनि प्रस्ट्याउनु भयो । टोल फ्रिको सार्थकता तब सम्भव हुन्छ जब सुन्ने र सहयोग गर्ने व्यक्ति चौबिसै घण्टा तयार र तत्पर रहन्छ । वहाँले जीवन धान्ने पूर्वाधारको व्यवस्था, सामाजीक सुरक्षाको प्रत्याभूतिले वास्तविक अर्थमा लैंगिक हिंसा न्यूनिकरणमा सहयोग पु–याउने आशा व्यक्त गर्नुभयो ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा प्रवत्ता माननीय मोहना अन्सारीले लैङ्गिक हिंसा मानव अधिकारको उल्लंघन हो र जो कोही पनि यसबाट प्रभावित हुन सक्छ भन्दै यसका बिरुद्धमा एकजुट भएर आवाज उठाउनु जरुरी रहेको विचार व्यक्त गर्नु भएको थियो । राष्ट्रिय मानव अधिकार आयोग यस हेल्पलाइनको सफल कार्यान्वयनका लागि राष्ट्रिय महिला आयोगलाई कुनै पनि किसिमको सहयोग गर्न तत्पर रहेको प्रतिबद्दता व्यक्त गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्रि श्री विक्रम बहादुर थापा, महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय, ले महिला हिंसा विरुद्दको १६ दिनको क्रार्यक्रम औपचारिकतामा मात्र सिमित हुनु हुदैन र यस अवसरमा बनाइएका विभिन्न कार्यक्रमहरु देशका हरेक कुनाकाप्चामा पु¥याइनु आजको आवश्यकता रहेको तथ्यलाई उजागर गर्नु भयो ।
राष्ट्रिय महिला आयोगले लैङ्गिक समानता कायम गर्ने अभिष्ट प्राप्तिका लागि लैङ्गिक न्याय प्रदान गर्न लैङ्गिकतामा आधारित हिंसाविरुद्घ एकीकृत प्रयासस्वरूप ‘लैङ्गिक हिंसा रोकथाम र सम्बोधनका लागि एकीकृत परियोजना ‘सम्बोधन’ कार्यान्वयनमा ल्याएको छ । यो परियोजना हाल परिक्षण (पाइलट) आयोजनाको रुपमा काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोट जिल्लालाई लक्षित गरी सन् २०१६ देखि सञ्चालनमा ल्याइएको छ । यही परियोजना अन्तर्गत लैङ्गिक हिंसापीडित महिला तथा बालिकाहरूका लागि तत्काल सहयोग प्रदान गर्ने उद्देश्यले आधुनिक सूचना प्रविधिमा आधारित हेल्पलाइन सेवा सञ्चालन गरिएको हो । यो परियोजनामा विश्व बैंकको आर्थिक सहयोग रहेको छ ।
लैङ्गिक हिंसाले व्यक्ति, परिवार एवं समाजमा नराम्रो असर पार्दछ । यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पनि नकारात्मक असर पार्दछ । जबसम्म महिला र पुरुषको समान सहभागिता हुँदैन तबसम्म कुनै पनि देश, समाज र अर्थतन्त्र दिगो हुन सक्दैन । यहि परिप्रेक्षमा विश्व बैंक लैङ्गिक हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको कुरा नेपालका लागि विश्व बैंकका व्यवस्थापक ताकुया कामाताले उक्त समारोहमा आफ्नो भनाई राख्नुभएको थियो ।
नेपाल लैङ्गिकतामा आधारित हिंसा व्यापक रहेका राष्ट्रहरूमध्येमा नै पर्दछ । सन् २०१४ मा विश्व बैंकले गरेको एक अध्ययन अनुसार आफ्नो जीवनसाथीबाट गरिने हिंसा व्यापक रहेका १५ देशहरूमध्येमा नेपाल १४औं स्थानमा रहेको छ भने एकतिहाई महिलाहरू आफ्नै पतिद्वारा भावनात्मक, शारीरिक तथा यौन हिंसामा पर्ने कुरा सो अध्ययनले देखाएको छ । त्यसै गरी नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण सन् २०१६ ले ६६ प्रतिशत महिला जसले कुनै किसिमको शारीरिक वा यौनिक हिंसा सहेका हुन्छन्, उनीहरूले कुनै किसिमको सहयोग वा हिंसाको प्रतिकार गर्न वा रोक्नलाई आफ्ना अनुभव कसैसँग साट्दैनन् । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सन् २०१२ मा निकालेको प्रतिवेदनअनुसार ५२ प्रतिशत महिलाले समाजमा लज्जित हुने डरले र १२ प्रतिशतले उपेक्षित हुने डरले आफूमाथि भएको हिंसाविरुद्ध उजुरी गरेको पाइँदैन ।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियानको अन्तिम दिन तथा राष्ट्रिय महिला आयोगमा स्थापना गरिएको हेल्पलाइन स्थापनाको औपचारिक शुभारम्भ कार्यक्रममा लैङ्गिकताको क्षेत्रमा काम गर्ने व्यक्ति, विकास कार्यकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, लैङ्गिक हिंसामा परेका व्यक्ति, सञ्चारकर्मी तथा जनसमुदायको उपस्थिति रहेको थियो ।

सचिव
राष्ट्रिय महिला आयोग
थप जानकारीका लागि ः
फोन सम्पर्कः ४२५६७०१, ९८५१२२४१५२
फेसबुक ः ल्ध्ऋ ज्भउिष्लिभ ज्ञज्ञद्धछ
वेबसाइट स् धधध।लधअजभउिष्लिभ।नयख।लउ