राष्ट्रिय महिला आयोगले महिलाको हक हितको संरक्षण र सम्बद्र्धन गरी विकासको मूल प्रवाहमा महिलालाई प्रभावकारी रुपमा समाहित गर्नुका साथै महिलाको समग्र विकास गरि लैङ्गिक न्याय कायम गर्ने आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको छ । महिला विरुद्धको भेदभाव र हिंसा अन्त्यका लागि राष्ट्रिय महिला आयोगले आफ्नो क्रियाकलापहरुलाई प्रभावकारी ढंगले सम्पादन गर्दै आएको छ ।
राष्ट्रिय महिला आयोगको मुख्य जिम्मेवारि अन्तर्गत हिंसा पीडित महिलाहरुको उजुरी सुनेर उनीहरुलाई न्यायको सुनिश्चितताको साथै अन्य आवश्यक सेवाहरु समेत उपलब्ध गराउने रहेकोे छ । यसै कार्यलाई थप प्रभावकारि बनाउन र उजुरी प्रक्रियालाई पनि छिटो छरितो बनाउनका लागि राष्ट्रिय महिला आयोगमा चौविसै घण्टा संचालनमा रहने हेल्पलाईन सेवाको साथमा सूचना प्रविधिमा आधारित विधुतिय मुद्दा व्यवस्थापन प्रणालीको स्थापना गरिएको छ जसमा लैङ्गिक हिंसामा परेका महिलाहरुले आपूm जुनसुकै हिंसामा परेमा तुरुन्तै सम्पर्क गर्न सक्नेछन् । यस हेल्पलाईनले लैङ्गिक हिंसामा परेका,पर्न लागेका वा परिसकेका व्यक्ति र समूहलाई सेवा पु¥याउने लक्ष्य लिएको छ ।
यसै अनुरुप आयोगले यस आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत नुवाकोट जिल्लास्थित विधालयहरुमा लैङ्गिकतामा आधारित हिंसा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।

लैङ्गिकतामा आधारित हिंसा भनेको के हो ?
लिङ्गकोे आधारमा शारिरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि गरिने कुनै पनि कार्यलाई लैंङ्गिकतामा आधारित हिंसा ९न्भलमभच द्यबकभम ख्ष्यभिलअभ० भनिन्छ । लैङ्गिकतामा आधारित हिंसाको प्रभाव पिडितमा तत्कालै वा लामो समय पछि पनि देखिन्छ र लामो समय सम्म असर रहन्छ। लैंङ्गिकतामा आधारित हिंसा घर भित्र, बाहिर, कार्यस्थल, बजार जहाँ तहि घट्न सक्छ । कुनै पनि खालका हिंसाको कारण व्यक्तिको वृद्घिविकास देखि समग्र समाज, देश र विश्वकै विकासमा प्रभाव पर्ने गर्दछ । त्यसैले सबै तह र तप्कावाट कुनै पनि खालको हिंसाको विरोध गर्नु अति आवश्यक देखिन्छ ।

कार्यक्रमको उद्देश्यहरूः
ड्ड राष्ट्रिय महिला आयोगको काम, कर्तव्य तथा सम्बोधन परियोजनाको ’boutमा जानकारी दिनु,
ड्ड लैङ्गिक हिंसा वा महिला माथि हुने हिंसा, त्यसको परिणाम तथा बच्ने उपाएका ’boutमा संक्षिप्त सूचना दिनु,साथसाथै खबर गरौ ११४५ को जानकारी गराउनु
ड्ड महिला माथि हुने हिंसाका लागि रहेका कानुनी प्रावधानहरुको जानकारी

कार्यक्रमका सहभागीहरुः
यस कार्यक्रममा ४० जना विधार्थीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा समग्ररुपमा ६१ जना सहभागीहरु उपस्थित रहेका थिए जसमध्ये ३४ जना महिला र २७ जना पुरुष थिए । ४० जना सहभागीहरु १९ वर्ष मुनिका रहेका थिए भने बाकीँ १९ वर्ष माथीका थिए ।
सचेतनामूलक कार्यक्रम
यस कार्यक्रममा सम्बोधन परियोजनाका व्यवस्थापक पलिता थापाले राष्ट्रिय महिला आयोगको काम, कर्तव्य तथा सम्बोधन परियोजनाको ’boutमा जानकारी दिनु भएको छ । साथसाथै लैङ्गिक हिंसा भएमा विधमान कानुनी प्रावधानका ’boutमा सम्बोधन परियोजनाका मुद्धा व्यवस्थापक विमला खड्काले जानकारी गराउनु भयो । सहायक जिल्ला शिक्षा अधिकारीज्यूले राष्ट्रिय महिला आयोगको संविधानमा व्यवस्था आफैमा ठूलो फड्को रहेको बताउनु भयो । उहाँले नुवाकोट जिल्लामा यौनजन्य अपराधका घटनाहरु र बेचबिखनका घटनाहरु बढी मात्रामा रहेको बताउनु भयो । सहभागी विधार्थीहरुको प्रतिनिधित्व गर्दै सुजन अछामीले हिंसाका घटनाहरुलाई संचार माध्यमद्धारा मूलप्रवाहिकरण गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ । कार्यक्रमकक अर्का सहभागी शिक्षिका निशा लामाले कार्यक्रमको महत्वपूर्ण सन्देश सबैतिर पर्याउने अठोट व्यक्त गर्नु भयो ।
आयोगका सचिव श्री अनिल कुमार ठाकुरज्यूले कार्यक्रममा उठेका जिज्ञाशाहरुलाई सम्बोधन गर्दै, राष्ट्रिय महिला आयोगले आगामी दिनहरुमा अझ बढी जिम्मेवारीका साथ कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो ।

कार्यक्रममा उठेका जिज्ञाशाहरुः
१. दुर्गम भेगका महिलाहरुको खबर गरौं ११४५ मा कत्तिको पहुँच रहन्छ ?
यस प्रश्नको उत्तर दिदैं आयोगका सचिव श्री अनिल कुमार ठाकुरज्यूले देशव्यापी रुपमा ११४५ मा निःशुल्क सम्पर्क गर्न र यसबाट सेवा लिन सकिने बताउनु भयो ।
२. अशिक्षित महिलाहरुलाई न्यायीक समितिहरु को सान्दर्भिकता ?
यस प्रश्नमा स्चिवज्यूले अझैबढी सचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको कुरा औंल्याउनु भएको छ ।

३. कहिलेदेखि वास्तविकतामा राज्यले आमाको नामबाट नागरिकता प्रदान गर्नेछ ?
यस प्रश्नको जवाफ दिदै आयोगका सचिवज्यूले यस सम्बन्धमा पैरवी गर्ने जानकारी दिनु भयो ।
४. शिक्षित महिलाहरु पछाडी पर्नुका कारण के होला ?
सामाजिक मुल्य र मान्यताका कारणले पनि शिक्षित महिलाहरु पछाडी परेको हुन सक्ने कुरा स्चिवज्यूले बताउनु भयो ।
५. महिला मन्त्रालय र राष्ट्रिय महिला आयोगका बीचमा कार्य विभाजन र समन्वय के–कस्तो रहने छ ?
यसमा सम्बन्धित निकायहरु बसेर छलफल गरी कार्यविभाजन गरिने स्चिवज्यूले जानकारी दिनु भयो ।

अनुसुचीः कार्यक्रमका झलकहरु