राष्ट्रिय महिला आयोगको आ.ब. २०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रममा चारबटा जिल्लामा पत्रकारसंग अन्र्तक्रिया कार्यक्रम राखिएकोमा रामेछाप जिल्ला पनि एक थियो । रामेछाप जिल्लाको सदरमुकाम मन्थली मिति २०७५।२।३० गते आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन ।

कार्यक्रममा उपस्थित हुनुभएका आमन्त्रित अतिथि एवं वक्ताहरु ः
१.शाखा अधिकृत श्री मधु अर्याल
२. अध्यक्ष पत्रकार महासघं रामेछाप श्री रमेश ढुगेंल
३.शाखा अधिकृत श्री भरत धमला

राष्ट्रिय महिला आयोगबाट मन्थलीमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा संलग्न टोलीः

१. शा.अ. ः श्री मधु अर्याल
२. शा.अ. ः श्री भरत धमला
३. ना.सु. ः श्री लक्ष्मीदेवी श्रेष्ठ
४. ना.सु. ः श्री मीना
५. ह.स.चा. ः श्री रामचन्द्र थापा

कार्यक्रम संयोजन
अध्यक्ष, पत्रकार महासघं, तनहुँ

कार्यक्रम स्थल ः
पत्रकार महासघंको कार्यालय, दमौली

पृष्ठभूमी
राष्ट्रिय महिला आयोगको प्रमुख कामकर्तब्य र अधिकार मध्ये महिला अधिकारका विविध विषयमा जनचेतना अभिबृद्धि गर्नु पनि एक हो । यसै सन्र्दभमा आयोगले देशका विभिन्न जिल्लाहरुमा पत्रकारहरुसगं गर्ने अन्रक्रिया पनि एक हो जो केही वर्षदेखी निरन्तर गर्दै आएको छ । यस आ.ब. २०७४।०७५ मा अन्तरक्रिया कार्यक्रम गर्ने विभिन्न जिल्लामध्ये रामेछाप जिल्लालाई पनि छानिएको थियो । रामेछाप जिल्लामा उक्त कार्यक्रम मिति २०७५।२।३० गते आयोजना गरिएको थियो । जिल्लामा पत्रकारसगंको अन्तरक्रिया गर्नुको मुख्य उद्देश्य सम्बन्धित जिल्लामा महिलाको सम्पति माथिको अधिकार, नागरिकता प्राप्ति, महिला स्वास्थ्यको अधिकार, स्थानिय तहमा हुने विकास निर्माणमा महिला सहभागिताको साथै महिला माथि हुने सबै प्रकारका हिंसा, महिला सशक्तिकरणको अवस्था, सशक्तिकरणको लागि गरिएका ब्यवस्था , ती ब्यवस्थामा महिलाको चेतना, पहुँच, लगाएतका विषयमा के–कस्ता समाचार प्रकाशन प्रशारण भईरहेका छन् ? ती समाचारमा महिलाको पहुँचको अवस्था कस्तो रहेको छ ? पत्रकारिताको क्षेत्रमम महिला सहभागिता कस्तो रहेको छ ? सहभागि भएका महिला पत्रकारलाई कार्यक्षेत्रमा के कस्ता समस्या पर्ने गरेका छन ? के कस्ता सहज पक्ष रहेका छन् ? जानकारी आदान प्रदान गर्ने, देखिएका समस्या समाधानका लागि सम्बधित तहमा शिफारिश गर्ने रहेको थियो ।