मंसीर २, २०७५

लैगिक हिंसाका सवालमा राष्ट्रिय महिला आयोगले गरिरहेका  कामहरुको जानकारी लिने र सहकार्यको वातावरण बनाउने उद्धेश्यले मलेसियास्थित  सवाह राज्यको  विमिन एड्भाईजरी काउन्सिल ले महिला आयोगसँग छलफल गरेको छ । छलफलका क्रममा राष्ट्रिय महिला आयोगका सचिव श्री अनिल कुमार ठाकुरले आयोगले हालसम्म प्राप्त गरेको उपलव्धिको ’boutमा बताउनुभएको थियो । आयोगले मुख्यरुपमा महिला अधिकारको सम्वर्धन तथा संरक्षणका लागि सचेतनामूलक कार्यक्रम, महिलाका अधिकारको संरक्षणका निम्ति बनेका कानुनहरुको अनुगमन तथा मुल्याङ्कन, अध्ययन तथा अनुसन्धान, हेल्पलाईन सेवा  जस्ता कार्यहरु गरिहेको छ ।

छलफलको क्रममा  काउन्सिलले लैगिक हिंसा सम्वोधनको लागि संचालन भएको हेल्पलाईन सेवा, नेपालका केही लैगिक सूचकहरु , आयोगको विभिन्न निकायसँगको सहकार्य, बालविवाह , तेस्रो लिङ्गीका अधिकार लगायतका विषयमा जिज्ञासा राखेको थियो ।

सो भ्रमण टोलीले नेपालका अन्य सरकारी तथा गैरसरकारी  निकायहरुसँग पनि भेटघाट गरेको थियो । “लैगिकता तथा महिला विकासको सन्दर्भमा नेपालमा भएका कार्यक्रमहरुको ’boutमा जानकारी लिने, नेपालका सिकाईहरु संकलन गर्ने तथा आयोगसँग सहकार्यको वातावरण सिर्जना गर्नु भ्रमणको उद्धेश्य हो ”, काउन्सिलकी सल्मा  हजि अहमदले बताउनुभयो ।

“हामी जे जति कार्यहरु गर्छौ, ती कार्यहरु विभिन्न सरकारी र गैरसरकारी निकायसँग गरेका सहकार्य र साझेदारिताबाट सफल भएका हुन् , त्यसैले हामी सहकार्यको  लागि खुल्ला छौँ  ”, आयोगका सचिव ठाकुरले भन्नुभयो ।

छलफलमा सहभागी सवाह विमिन एड्भाईजरी काउन्सिल भ्रमणटोलीले राष्ट्रिय महिला आयोगले संचालन गरिरहेको लैगिक हिंसा संवोधनको लागि संचालन भईरहेको “खबर गरौं ११४५” निःशुल्क हेल्पलाईन सेवा को सफल कार्यान्वयनबाट आफूहरुले धेरै सिक्न सक्ने बताएका थिए ।