घटनाको वस्तुस्थिति
कञ्चनपुर जिल्ला कञ्चनपुर नगरपालिका भित्रको बलत्कार गरी विभत्स हत्या भएकी निर्मला पन्तको हत्याको सम्बन्धमा राष्ट्रिय महिला आयोग र संकल्पको टोली घटनास्थलमा पुगी सत्यतथ्य बुझने क्रममा सम्वन्धित सरकारी निकाय र पीडितको घरदैलोसम्म गएर अनुगमन गरी प्राप्त भएका तथ्यहरुको प्रतिवेदन ।

घटनाको परिचय
२०७५ साल साउन ११ गते बिहानको ११ः०० बजेतिर सरस्वती उच्च माध्यमिक विद्यालय मौहुलियामा कक्षा ९ मा पढने छोरी निर्मला पन्तको साथी रोशनी बमको घरमा होमवर्क गर्न जाने भनेर हिडेको । बेलुकी साँझ करीब ६ः०० बजे सम्म निर्मला घरमा नआएको र आमा दुर्गा पन्त रोशनीको घरमा सोध्न जाँदा निर्मला २ः०० बजे तिर नै यहाँबाट हिडेको भन्ने जानकारी प्राप्त भएको । आमाले अरु साथीहरुको गइ कि सोचेर घर फकिएको । त्यसपछि पुनः १० बजे तिर गाउँको कुनै लक्ष्मण भन्ने व्यक्तिलाई साथी लिएर सोध्न जाँदा म छोरी होमवर्क गर्न भनेर यही आएको हो त्यसैले केही भएमा तिमीहरु जवाफदेही हुनुपर्छ भनेर रोष प्रकट गरेपछि रोशनीकी दिदी बबिता बमले तेरो छोरीको हामीले ठेक्का लिएको छ कतै पोइल गइकि भन्ने ठाडो जवाफ दिएको जानकारीमा आएको । पटक पटक प्रहरीलाई बोलाउँदा समेत प्रहरी रातीको समयमा नआएको र बिहान खोजी गरुलाँ जस्तो गैर जिम्मेवारीपूर्ण जवाफ दिएको भन्ने जानकारीमा आएको छ । त्यसै रात करीब ११ बजे देखि बिहानको ३ बजेसम्म केही नभएको पछि खोलाको पारी पट्टि उखुबारीमा साइकल त्यहाँ भन्दा केही अगाडी चप्पल र केही अगाडी शव बरामद भएको भन्ने जानकारी प्राप्त हुन आएको । भोली पल्ट करीब ५ बजे तिर खोला पारी साईकल भेटिएको र खोज्ने व्रmममा त्यसको केही पर उखुबारीमा विभत्स तरिकाले निर्मलाको शव भेटिएको ।

महिला र मानवअधिकारवादी सँगको छलफल ः
— कञ्चनपुरमा विगत १ महिनामा श्रृखलाबद्ध घटना घटी रहेको ।
— प्रदेश नं. ७ मा मात्रै ३ महिना भित्रमा २५ वटा बलत्कार, ३ वटा बलत्कार पछि हत्या र १५ वटा जवरजस्ती करणी उद्योग गरेको ।
— निर्मला पन्तको वलत्कार पछि निर्ममतापूर्वक हत्या गरिएको ।
— ५ वर्षे बालिकालाई जबरजस्ती करणी उद्योग गर्न खोज्दा प्रहरीद्वारा पव्रmाउ गरिएको ।
— जघन्य जस्तो अपराधमा प्रहरीले घटनामा फितलो अनुसन्धान गरेको भन्ने जनगुनासो ।
— घटनालाई राजनीतिकरण गर्न खोजेको आभास भएको ।
— घटनामा हालसम्म कुनै व्यक्ति पव्रmाउ गर्न नसक्नुले जनता डर त्रासको वातावरण सिर्जना भएको,

पीडितसँग छलफल
— मेरो छोरी निर्मला पन्त साथी रोशनी बमको घरमा जान्छु भनि म सँग मिति २०७५।४।१० गते ११ बजे तिर गएको,
— करीब साँझ ६ बजे सम्म नफर्किएकोले म त्यसको घरमा बुझन जाँदा २ बजे तिर नै फर्किएको जवाफ पाएको,
— त्यसपछि पुन ः छिमेकीको मद्दतले बेलुका १० बजे तिर जाँदा मेरो छोरी तिम्रो घरमा आएको हो केही भए तिमीहरु नै जिम्मेवारी हुने भने पछि रोशनीको दिदी बबिता बमले तेरो छोरीको जिम्मा हामीले लिएको छ र हामीलाई दोष दिने कतै पोइल गइ कि भन्ने जवाफ पाइएको,
— प्रहरीलाई छोरीको ’boutमा जानकारी दिएकोमा तत्काल प्रहरीबाट कुनै किसिमको सहयोग नभएकोले घटना घटेको हो भन्ने पीडितको दावी रहेको,

— प्रहरीको जवाफमा अहिले राती भइसक्यो भोलीपल्ट सोधपुछ गर्ने जस्तो गैरजिम्मेवारी जवाफ पाएको पीडितको गुनासो ।
— मृतकको साइकल खोला पारी उखुबारीमा भेटिएकोले अब शव पनि भेटिन्छ भन्ने जानकारी साथी रोशनीले भनेको जानकारी आएको । रोशनीलाई लाश भइसक्यो भनेर कसरी जानकारी भयो त भन्ने पीडितको प्रश्न ।

प्रमुख जिल्ला अधिकारीसँगको छलफल
— यस घटनालाइ प्राथमिकता दिइ सरकारले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ऋद्यक्ष् टोली खटाएको
— यस घटनामा केन्द्रीय अनुसन्धान टोली, क्षेत्रीय प्रहरीको टोली र जिल्लाको प्रहरीहरुलाई परिचालन गरिएको,
— पीडित पक्षले घटनाको जानकारीको सम्बन्धमा यथार्थ कुरा नखोलेको जस्तो पाइएको,
— डाक्टरी रिपोर्टमा मृत्युको कारणमा घाँटी थिची हत्या भएको भन्ने जानकारी ।
प्रहरीसँगको छलफल
— प्रहरीसँगको छलफलमा प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको
— शव खोलापारी उखुबारीमा मृत अवस्थामा भेटिएको केही र प्रमाण नष्ट भएको हो कि भन्ने जानकारी
— घटनास्थलमा प्रहरी पुग्नु अघि नै धेरै व्यक्तिहरुको भिड लागी सकेको हुँदा केही प्रमाण नष्ट भएको हो कि भन्ने शंका
— जघन्य अपराध जस्तो घटनामा अति नै संवेदनशिल भएर अनुसन्धान भइरहेको जानकारी ।
केन्द्रीय अनुसन्धान टोलीसँगको छलफल
— केन्द्रीय अनुसन्धान टोली सूक्ष्म तरिकाले लागि परेको अवस्थाको ’boutमा जानकारी दिनु भएको
— केही प्रमाणहरु नष्ट भइसकेको हुँदा कारवाहीमा अलि समस्या उत्पन्न भएको,
— पीडितलाई न्याय र पीडकलाइ सजाय दिलाउन गहरिएर अनुसन्धान भएको जानकारी
— शंकास्पद व्यक्तिलाई अनसुन्धानका व्रmममा सोधपुछ भइरहेको जानकारी
महिला आयोगलाई सुझाव
— विगत ३ महिनामा प्रदेश नं ७ मा श्रृखलाबद्ध घटनाहरु घटिरहेको,
— महिला तथा बालबालिकाको हकहितको सरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यका स्थापना भएको राष्ट्रिय महिला आयोग केन्द्रीय तहमा मात्र सीमित रहेको,
— प्रदेश तहमा आयोगको शाखा कार्यालय स्थापना हुनुपर्ने अतिआवश्यक देखिएको,
आयोगले सम्बन्धित निकायमा गर्ने सिफारिश
— कञ्चनपुरमा भएका घटनाको ’boutमा सरकार तथा सम्वन्धित निकायमा ध्यानाकषर्ण गराउने
— पीडितलाइ उचित न्याय दिन तथा जघन्य अपराधमा संलग्न अपराधी पत्ता लगाएर कानूनको दायरामा ल्याउन गहिरिएर अनुसन्धान गर्न सिफारिश गर्ने
— घरेलु हिंसा र महिला हिंसा न्यूनीकरण गर्न मादक पदार्थ , लागू औषधलाई नियन्त्रण गर्नु पर्ने देखिन्छ । खुला सिमानाका कारण यस्ता गतिविधहरु बढेको भन्ने जानकारी भएको हुँदा सो नियन्त्रणका लागि सरकारी सयन्त्र चनाखो हुनु पर्ने भएको हुँदा यस तर्फ ध्यान दिन सरकारलाई सिफारिश गर्ने
प्रतिवेदक
श्री धु्रवराज क्षेत्री (शा.अ.),राष्ट्रिय महिला आयोग
श्री लिली थापा संकल्प (अध्यक्ष), संकल्प
श्री शोभा बस्नेत (महासचिब), संकल्प