घटनाको वस्तुस्थिति ः
कैलाली जिल्ला गौरीगंगा नगरपालिका वडा नं. ११ बस्ने माया वि.क. गौरीगंगा नगरपालिकाले गणकको रुपमा काममा लगाएको सो काममा जाँदा मिति २०७५।३।१२ गते देखि वेपत्ता भएको मृतकको शव मिति २०७५।३।१५ गते मात्र प्राप्त भइ निजको बलत्कार पछि हत्या भएको जानकारीमा आएको हुँदा राष्ट्रिय महिला आयोग र संकल्पको टोली घटनास्थलमा पुगी सत्यतथ्य बुझने क्रममा सम्वन्धित सरकारी निकाय र पीडितको घरदैलोसम्म गएर अनुगमन गरी प्राप्त भएका तथ्यहरुको प्रतिवेदन ।

घटनाको परिचय ः
निज मृतक माया वि.क. र गणेश बडुवाल तथ्याङक संकलनको कार्यमा खटिएको । गणेश बडुवालले गलत मनसाय राखी निजसँग केही कुरा गरेको र माया वि.क.ले गणेश वडुवाललाई गाली गरेको भन्ने जानकारी भएको । मृतककी आमा देवसरा वि.क. रोजागारीको सिलसिलामा कुवेतको ओमलिया भन्ने स्थानमा रहेको र घटना पश्चात् निज नेपालमा फर्किएको बुझिएको । जेठी छोरी र दुइवटा भाइमात्र र बुबा घरमा रहेको अवस्था । मिति २०७५ साल साउन १२ गते तथ्याङक सकलन गर्न जाँदा घरमा नआएको र बुबाले कता गइ त चिन्तामा रहेको र सामान्य खोजविन गर्ने क्रम जारी रहेको थियो । बुबाले यस्तो अमानविय घटना घटेको होला भन्ने कल्पना समेत नगरको जानकारी गराएका छन् । मिति २०७५ साल साउन १५ गते माया वि.क.ले चढेको साइकल अरु व्यक्तिले लिइ त्यसै गाउँबाट आउँदै गरेको भाइले देखेको र साइकल चढने व्यक्तिसँग सोध्दा यो साइकल त मेरो दिदीको हो कताबाट पाउनु भो भनि सोध्दा आनाकानी गरी लिएर गएको र भाइले पनि घरमा आइ यो कुरा बताएको । पुनः त्यही व्यक्ति फेरी साइकल लिइ त्यही गाउँको बाटो आइरहेको अवस्थामा सबैले सोधखोज गर्ने क्रममा मैले यो साइकल त मैले चपरथली बनमा भटेको भनेपछि सबै मिली खोजविन गर्ने क्रममा चप्पल र मृतकको शव प्राप्त भएको । मृतकको अवस्था अर्धनग्न अवस्थामा रहेको, शलले हात पछाडी तिर लगी बाँधेको र मुखमा केही कोचेर बोल्न नसक्ने अवस्था गराएको र मुखको सामान हताउँदा ४÷५ वटा दाँत टुटेको अवस्थामा फेला परेको प्रहरी प्रतिवेदनमा समेत उल्लेख भएको छ । उक्त कार्यमा निम्न व्यक्तिको सहभागिता देखिएकोले पुर्पक्षका लागि थुना रहेको जानकारी पाइएको ।
१. गौरीगंगा न.पा. ११ बस्ने वर्ष २१ को सुरज चौधरी — १
२. गौरीगंगा न.पा. ११ सिउपुर बस्ने वर्ष ३० को गणेश बडुवाल — १
३ गौरीगंगा न.पा. ११ सिउपुर बस्ने वर्ष २७ को मुन्ना भन्ने मनोज बोगटी — १
४ गौरीगंगा न.पा. ११ सिउपुर बस्ने वर्ष १९ को तपेन्द्र बोगटी — १
५ गौरीगंगा न.पा. ११ सिउपुर बस्ने वर्ष २० को भुवन खाती — १

महिला अधिकार र मानव अधिकारकर्मीसँग छलफल ः
— बलत्कार र हत्या र जबरजस्ती करणी उद्योगको घटनाहरु बढी रहेको,
— मादक पदार्थ सेवन र लागू औषध सेवनको कारणले पनि घटना बढी रहेको,
— खुला सिमानाको कारणले पनि यस्ता घटनाहरु वृद्धि हुँदै गएको,
— सरकारी संयन्त्रले गम्भीर नभएको हो कि भन्ने लागेको,
— घटनाहरुलाई होस्टाइल गर्ने सम्भावना बढेको

पीडितसँगको छलफल ः

— पीडकलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने,
— प्रहरीले यो मुद्दामा अत्यन्त संवेदनशिल भएर काम गरिरहेको,
— पीडकलाई छुटाउन लागि परीरहेको अवस्थामा कतै न्याय त मर्दैन भन्ने शंका उब्जिएको,
— आजीवन कारावासको कानून बनाइनु पर्ने माग पीडितको रहेको,
— गौरीगंगा नगरपालिकाले गणकका रुपमा खटिएको बेलामा विभत्स हत्या भइ मृत्यु भएका परिवारलाई रु. १,००,०००। ( एक लाख ) दिने घोषणा गरेता पनि सम्वन्धित पीडित पक्षले जबसम्म न्याय पाइदैन उक्त रकम नबुझने जानकारी गराएको ।
जिल्ला न्यायाधिवक्तासँगको छलफल ः
— पीडकलाई बयान गराइ सकिएको
— पीडकले साविती बयान दिइ सकिएको
— अरु पक्षसँग सुनुवाइको व्रmममा रहेको
प्रहरीसँगको छलफल ः
— पीडकको घरमा मृतकको मोबाइल भेटिएको
— ऋबिि म्भतबष् िको आधारमा अपराधी पत्ता लागेको
— घटना घटाइ दिल्ली पुगिसकेको अपराधीलाई परिवारको मद्दतले झिकाउन सफल रहेको
प्रमुख जिल्ला अधिकारीसँग छलफल ः
— घटना बढ्दो अवस्था रहेको चिन्ता व्यक्त
— सशक्त रुपमा खुला सिमाना तर्फ सचेतनाको कार्यव्रmम गर्ने तयारी
— सुरक्षा समितिको बैठक बसी हिंसा न्यूनीकरणमा पहल गर्ने प्रतिबद्धता
राष्ट्रिय महिला आयोगको सम्वन्धित निकायमा सल्लाह र सुझाव ः
कैलालीमा भएको घटनाका दोषी उपर कारवाहीका लागि महिला आयोगले माथिल्लो निकायमा सिफारिश गर्ने,
— पीडितलाइ उचित न्याय दिन तथा जघन्य अपराधमा संलग्न अपराधी पत्ता लगाएर कानूनको दायरामा ल्याउन गहिरिएर अनुसन्धान गर्न सिफारिश गर्ने
— खुला सिमाना भएको कारणले युवा वर्ग लागुऔषधमा फसेको जानकारी पाएको हुँदा त्यस तर्फ नियन्त्रण गर्न गतिविधि बढाउन सम्वन्धित निकायमा सिफारिश गर्ने,
— त्यसैगरी मादक पदार्थको कारणले घरेलु हिंसा र महिला हिंसा बढी रहेको अवस्थामा नियन्त्रण गर्न, गस्तीलाई बढाउन सम्वन्धित निकायमा सिफारिश गर्ने ।
प्रतिवेदक
श्री धु्रवराज क्षेत्री (शा.अ.),राष्ट्रिय महिला आयोग
श्री लिली थापा संकल्प (अध्यक्ष), संकल्प
श्री शोभा बस्नेत (महासचिब), संकल्प

राष्ट्रिय महिला आयोगको चिनारी
पृष्ठभूमि ः
— राष्ट्रिय महिला आयोगको स्थापना तत्कालिन सरकारको कार्यकारी निर्णयबाट मिति २०५८ साल फागुण २३ गते ९ ठतज ःबचअज द्दण्ण्द्द० मा भएको ।
— राष्ट्रिय महिला आयोगले आफ्नो काम कत्र्तव्य महिला आयोग ऐन, २०६३ र राष्ट्रिय महिला आयोग नियमावली २०६५ को व्यवस्था अनुसार गर्दै आएको ।
— आयोगमा १ जना अध्यक्षका साथै ४ जना सदस्य रहने व्यवस्था भएको ।
— आयोगका पदाधिकारीहरुको सेवा अवधि ४ वर्ष हुने व्यवस्था रहेको थियो ।
— हालसम्म आयोगले ४ वटा पदाधिकारीहरुको कार्यकाल सम्पन्न गरिसकेको अवस्था छ ।
— हालको परिवर्तित व्यवस्था अनुरुप नेपालको संविधान ( २०७२) द्वारा राष्ट्रिय महिला आयोगले संवैधानिक मान्यता प्राप्त गरी भाग २७ धारा २५२ मा व्यवस्था गरिएको छ । साथै धारा २५३ आयोगको काम, कर्तव्य र अधिकार र २५४ मा प्रदेश तहमा कार्यालय खोल्न सक्ने व्यवस्था रहेको छ ।
— वर्तमान संविधान बमोजिम आयोगको ऐन २०७४÷६÷२९ गते प्रमाणिकरण भइ लागूभएको र सोही ऐन अनुसार काम कारवाही सञ्चालन गर्दै आएको र नियमावली निर्माणको चरणमा रहेको ।
राष्ट्रिय महिला आयोगको उद्देश्य ः
— महिलाहरुको हकहितको संरक्षण एवम् सम्वद्र्धन गर्न,
— विकासको मूल प्रवाहमा महिलाहरुलाई प्रभावकारीरुपमा समाहित गर्न,
— महिला हिंसा र घरेलु हिंसा न्यूनीकरण गनर्,
— लैङिगक न्याय कायम गर्न,
— हिंसा पीडित महिलाहरुलाई सामाजिक, आर्थिक, साँस्कृतिक एवम् राजनीतिक रुपमा सशक्तिकरण गर्न,
राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार
महिला आयोग ऐन २०७४ बमोजिम आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिमको रहेको छ ।
— महिलाको हकहितसँग सरोकार राख्ने नीति तथा कार्यव्रmमको तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेश गर्ने,
— नेपाल पक्षधर भएको अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता अन्तर्गतको दायित्व कार्यान्वयन भए नभएको विषयमा अनुगमन गरी त्यसको प्रभावकारी पालन वा कार्यान्वयनको उपाय सहित नेपाल सरकारलाई सुझाव दिने ।
— महिला सशक्तिकरण का लागि महिलासँग सम्वन्धित नीतिगत कानूनी व्यवस्था तथा नेपाल सरकारका कार्यव्रmमको समीक्षा, अनुगमन तथा मूल्याङकन गर्ने र त्यस्ता नीति तथा कार्यव्रmमको लैङिगक न्यायको दृष्टिकोणबाट प्रभावकारी भए नभएको विश्लेषण गरी सुधारको लागि नेपाल सरकारलाई सुझाव दिने ।
— महिला विरुद्धको हिंसा वा विभेदको कारणबाट उत्पन्न कुनै समस्या वा विशेष अवस्थाको ’boutमा अध्ययन अनुसन्धान गरी त्यस्तो अवस्था उत्पन्न हुन नदिनको लागि अवलम्बन गर्नु पर्ने रणनीतिहरुको ’boutमा नेपाल सरकारलाई सुझाव दिने

राष्ट्रिय महिला आयोगले सम्पन्न गरेको कार्यव्रmम ः
— सार्वजनिक सुनुवाइ
— कर्मचारी क्षमता अभिवृद्धि कार्यव्रmम
— सामाजिक कुरीति दाइजो लगायत यौनजन्य दुव्र्यवहार
— लैङिगक हिंसा न्यूनीकरणका प्रचार प्रसार
— प्रथा परम्परा तथा सामाजिक कुरीतिका महिला विरुद्ध हुने हिंसा सम्बन्धी छलफल र अन्तरव्रिmया
— हेल्पलाईन सञ्चालन प्रचार प्रसार
— विद्यालय तहमा महिला अधिकारी सचेतना कार्यव्रmम
— रेडियो नेपालबाट महिला अधिकार सम्वन्धी साप्ताहिक कार्यव्रmम
— संघसंस्थाहरुसँग सहकार्य

राष्ट्रिय महिला आयोगको चुनौती ः
— लैङिगक विषयमा दक्षता भएका कर्मचारीहरुको पदस्थापन गर्न व्यवस्था नहुनु
— आयोगको उपस्थिति केन्द्रमा मात्र सीमित हुनु
— आयोगप्रतिको जनधारणा
— आयोगको आफ्नै भौतिक संरचना नहुनु
— अधिकारहरुको सीमितता
छलफलका विषय ः
१ आयोगको कार्य विस्ता गर्न प्रादेशिक तहमा कार्यालय खोल्ने
२. ज्भउिष्लिभ को सेवा प्रभावकारी देखिएकोले प्रदेश र स्थानीय तहसँग समन्वय गरी शाखा विस्तार गर्ने ’bout
३ देवानी र फौजदारी संहिता लगायत महिला हक अधिकारसँग सम्वन्धित विषयलार्य बोधगम्य बनाइ न्यायिक समिति लगायत महिला जनप्रतिनिधिहरुलाई तालिम÷ अभिमुखीकरण कार्यव्रmम गर्ने सम्बन्धमा
४. वर्तमान सन्दर्भमा प्रादेशिक र स्थानीय तहको आयोगसँग सहकार्य गर्ने सम्बन्धी