Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | 1145
  • info@nwc.gov.np
  • १ माघ २०८२, बुधबार
  • Mobile app
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

आवास गृह तथा पुन:स्थापना केन्द्रहरुको सूचीकरण तयार पार्ने सम्बन्धी सूचना


आवास गृह तथा पुनःस्थापना केन्द्रहरुको सूचीकरण तयार पार्ने सम्बन्धी सूचना ।

राष्ट्रिय महिला आयोगको महत्वपूर्ण हटलाइन (खवर गरै ११४५) सेवा लाई प्रभावकारी बनाउने उद्देश्यले घरेलु तथा लैंगिक हिसाबाट पीडित/प्रभावित बालिका, किशोरी तथा महिलाहरुको शारीरिक उपचार, मनोसामाजिक परामर्श, कानुनी सहायता, संरक्षण तथा सुरक्षित आश्रयस्थल, सशक्तीकरण सहितको घरायसी पुनर्मिलन गराईरहेका, सबै प्रदेश तथा स्थानीय तहसम्म संचालनमा रहेका, अल्पकालिन तथा दीर्घकालिन आवास गृह/संरक्षण केन्द्र तथा पुनःस्थापना केन्द्रहरुको सूची यही गोपं मा प्रकाशित मितिदेखि १५ दिन भित्र आयोगको इमेल info@nwc.gov.np मा सूचीकृत हुनका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरण आयोगको.. वेभसाइट www.nwc.gov.np बाट हेर्न सकिनेछ ।

राष्ट्रिय महिला आयोग

भद्रकाली प्लाजा

८. सेवा प्रदायक संस्थाको छनौटका आधारहरूः

(१) हिंसा पीडित/प्रभावितहरूलाई दफा ४ को खण्ड (घ) मा उल्लेख भएबमोजिमका सेवाहरू उपलब्ध गराउने प्रयोजनका लागि आयोगले यस कार्यविधि बमोजिम सेवा प्रदायक संस्थाहरूको छनौट गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम संस्था छनौट गर्दा देहायको कुराहरूलाई आधार लिनुपर्नेछः-

(क) प्रचलित कानून बमोजिम दर्ता भई नियमित रूपमा नवीकरण भएको,

(ख) गैर नाफामूलक र सेवामुखी कार्य प्रकृति भएको,

(ग) प्रचलित कानून बमोजिम स्थायी लेखा नम्बर प्रमाणपत्र लिएको

(घ) अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र भएको,

(ङ) सम्बन्धित क्षेत्रमा कम्तीमा ५ (पाँच) वर्षको कार्य अनुभव भएको,

(च) सेवा सञ्चालनको लागि कुनै नियामक संस्थाबाट इजाजत पत्र वा आवद्धता पत्र लिनुपर्ने भए सो लिएको,

(छ) संस्थाको वार्षिक कार्ययोजना भएको,

(ज) सुरक्षित आश्रयस्थल, बालकल्याण गृह, मनोसामाजिक परामर्श केन्द्र, स्वास्थ्योपचार संस्था र प्रशिक्षण/तालिम केन्द्रको हकमा नेपाल सरकार बा सम्बन्धित नियामक संस्थाबाट तोकिएको न्यूनतम मापदण्ड पालना भएको,

(झ) सम्बन्धित सेवा प्रवाहको लागि आवश्यक भौतिक पूर्वाधारहरू (भवन, जग्गा आदि), आवश्यक साधनस्रोत (logistics) तथा पर्याप्त र दक्ष जनशक्ति भएको,

(ञ) आपत्कालीन अवस्थामा हिंसा पीडित महिला तथा बाल-बालिकाको उद्धारका लागि आवश्यक सवारी साधन भएको वा सोको व्यवस्था गर्न सक्ने क्षमता भएको,

(ट) आश्रयस्थल सेवा उपलब्ध गराउने सेवा प्रदायकको हकमा न्यूनतम प्राथमिक स्वास्थ्योपचार सेवा, मनोपरामर्श सेवा, कानूनी परामर्श सेवा र तत्काल संरक्षण सहयोग प्रदान गर्नसक्ने क्षमता भएको,

(ठ) संस्थाको सम्पूर्ण आर्थिक कारोबार बैङ्क खाताबाट सञ्चालन हुने तथा सूचना प्रविधि-मैत्री कार्यालय व्यवस्थापन भएको,

(ड) कार्यवाताबरण स्वच्छ, स्वस्थ र मर्यादित साथै लैङ्गिक मैत्री रहेको,

( ढ) प्रदान गरिएका सेवाहरूलाई समयमा नै “खबर गरौं ११४५ हेल्पलाइन सेवा” अन्तर्गतको मुद्दा व्यवस्थापन प्रणाली (Case Management System) मा अभिलेखीकरण गर्नसक्ने क्षमता भएको।