Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | 1145
  • info@nwc.gov.np
  • ६ चैत्र २०८२, शुक्रबार
  • Mobile app
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

वीरेन्द्रनगर, १ सुर्खेत निवासी १६ वर्षीय बालिका इनिसा वि.क को सामूहिक बलात्कार पछि हत्या भएको बारे ध्यानाकर्षण सम्बन्धमा


मितिः २०८२ फागुन २८ गते

माननीय ओमप्रकाश अर्यालज्यू

गृहमन्त्री, नेपाल सरकार ।

 

विषयः ध्यानाकर्षण गरिएकोवारे ।

वीरेन्द्रनगर, १ सुर्खेत निवासी १६ वर्षीय बालिका इनिसा वि.क को सामूहिक बलात्कार पछि हत्या भएको प्रारम्भिक विवरण स्थानीय प्रशासनबाट आयोगले प्राप्त गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत यसरी महिला तथा बालबालिकामाथि निरन्तर हत्या, हिंसा र बलात्कार हुनु विडम्वनापूर्ण विषय हो । समाजमा कायम रहेको पितृसत्ता र जातव्यवस्थाको प्रभावले संविधानमा उल्लेख गरिएका संवैधानिक हकहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा निरन्तर यस्ता घटना भईरहेको देखिन्छ । अहिलेको समयमा समेत यस्ता घटनाहरु भैरहनु देशकै लागि लज्जास्पद विषय हो । यिनै घटनाका सम्वन्धमा राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगका पदाधिकारीहरुको संयुक्त वैठक वसी गम्भीर छलफल गरी तपसिल वमोजिम नेपाल सरकार, गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदछौ ।

१. हामी यस घटनाको निष्पक्ष र प्रभावकारी छानविन तथा अनुसन्धान गर्न नेपाल सरकार गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

२. घटनाका दोषीलाई कडा कारवाही गरी पीडितलाई न्याय दिन र पीडित परिवारलाई सुरक्षा व्यवस्था गरी उचित क्षतिपूर्ति उपलव्ध गराउन हार्दिक अनुरोध गर्दछौं ।

३. यसका साथै रौतहट र पर्सा सहित देशका विभिन्न भागमा महिला, दलित र किशोरीमाथि भैरहेका हिंसा र विभेदका घटनाहरुको समेत गम्भीर छानविन गरी दोषीलाई कडा कारवाही गर्न, पीडितलाई न्याय प्रदान गर्न र कानुन कार्यान्वयन गर्ने निकायलाई जवाफदेहि वनाउन अनुरोध गर्दछौ ।

४. पितृसत्ता र जात व्यवस्थाले निम्त्याएको संरचनागत र नीतिगत विभेदलाई व्यावहारिक रुपमा अन्त्य गर्नका लागि कानुनी सुधार र सामाजिक सांस्कृति रुपान्तरणका कार्यक्रम अगाडि वढाउन समेत हार्दिक अनुरोध गर्दछौ ।

 

…………………………………

देवराज विश्वकर्मा

Honorable Chairperson

राष्ट्रिय दलित आयोग

 

…………………………………

कमला कुमारी पराजुली

Honorable Chairperson

राष्ट्रिय महिला आयोग

 

Attached Files

S.N. Title Download
1 IMG-scaled.jpg (PDF)