मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

महाशाखा/शाखाहरूको कार्य विवरण

प्रशासन तथा योजना शाखाको कार्य विवरण

  • आयोगका कर्मचारी प्रशासन सम्बन्धी कार्य ,
  • कर्मचारीको सुविधा सम्बन्धी (निवृत्तिभरण, उपदान, औषधिउपचार, संचयकोष आदि) कार्य,
  • आयोगका कर्मचारीहरुको कार्यविवरण, कार्यसम्पादन, मूल्याङ्कन सम्बन्धी कार्य,
  • कर्मचारीहरुको विवरण तथा अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
  • आयोगका कर्मचारीहरुको क्षमता र वृत्ति विकासका निमित्त आवश्यक आन्तरिक तथा बाह्य तालिमका निमित्त नियमित वार्षिक बजेट सहितको कार्ययोजना तयार गर्ने कार्य,
  • स्वदेश तथा विदेशमा सन्चालन हुने तालिम गोष्ठी र अध्ययनका लागि प्रारम्भिक प्रकृया अगाडि बढाउने कार्य,
  • तालिम गोष्ठीको व्यवस्थापन,
  • सवारी साधन व्यवस्थापन सुरक्षा, संरक्षण र लिलामसम्बन्धी कार्य,
  • प्रचलित कानुन बमोजिम खरिद सम्बन्धी कार्य,
  • जिन्सी निरीक्षण र व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • आयोगको भौतिक सम्पत्तिको सुरक्षा एवं मर्मत संभार, लिलाम, मिन्हा र सरसफाई कायम राख्ने सम्बन्धी कार्य,
  • आयोगको विद्युतीय उपकरणहरु तथा सवारीसाधनहरुको सुरक्षा, मर्मत एवं व्यवस्थापन सम्बन्धी कार्य,
  • आयोगको मूलदर्ता, चलानी, जनसम्पर्क तथा रिसेप्सन सम्बन्धी कार्य,
  • नागरिक वडापत्र र गुनासो व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • आयोगको मासिक, चौमासिक र वार्षिक प्रतिवेदन सम्बन्धी कार्य,
  • आयोगसँग सम्बन्धित तथ्याङ्क संकलन र व्यवस्थापन, सूचना संकलन, संग्रह, अभिलेख सम्बन्धी कार्य,
  • संचार माध्यम एवं महिला सरोकारका क्षेत्रमा कार्यरत संघ संस्थाहरुको विवरण अद्यावधिक गर्ने कार्य,
  • पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य,
  • सूचना केन्द्र स्थापना तथा अध्ययन अनुसन्धानसँग सम्बन्धी कार्य,
  • आयोगको वार्षिक, आवधिक योजना तर्जुमा गर्ने,
  • आयोगले सम्पन्न गरेका कार्य र संचार माध्यमको प्रकाशित विवरणको विश्लेषण गर्ने,
  • लैंगिक समानता, महिला सशक्तिकरण प्रवर्द्धन लगायतको विषयमा आयोगका भावी योजना तर्जुमा गर्न आवश्यक कार्य गर्ने,
  • महिला अधिकार संरक्षणको लागि सरकारी एवं गैर सरकारी संस्था तथा स्थानीय तहको अनुगमन गर्न योजना बनाउने,
  • आयोगबाट प्रकाशन गरिने सामाग्रीको उत्पादन, प्रकाशन र वितरण गर्ने,
  • आयोगले सम्पन्न गरेका कार्य र संचार माध्यमको प्रकाशित विवरणको आधारमा विश्लेषण गरी नीतिगत सुझाव पेश गर्ने,
  • आयोगको वार्षिक कार्यक्रम बनाई पेश गर्ने,
  • मासिक तथा वार्षिक प्रतिवेदन तयार गरी पेश गर्ने,
  • योजना तथा कार्यक्रमको प्रगति तयार गरी समीक्षाको व्यवस्था गर्ने,
  • योजना/आयोजनाको अनुगमन गरी समीक्षा गर्ने, मासिक,चौमासिक र वार्षिक प्रतिवेदन तयार गरी पेश गर्ने,
  • विभिन्न योजना, कार्यक्रम, बजेट स्वीकृतिका लागि पेश गर्ने,
  • सरकारका कार्यक्रमको अनुगमन र समीक्षा गर्ने,
  • वार्षिक कार्यक्रम तर्जुमा र स्वीकृत गर्ने,
  • राष्ट्रिय महिला आयोगको वार्षिक तथा आवधिक कार्ययोजना तथा रणनीतिहरु तयार गर्ने कार्य,
  • आयोगका विभिन्न योजना, कार्यक्रम, बजेट तर्जुमा एवं स्वीकृति सम्बन्धी कार्य,
  • आयोगका कार्यक्रमहरु सन्चालन गर्ने सम्बन्धमा आवश्यक नीति निर्देशनहरु दिने कार्य,
  • आयोजना एवं कार्यक्रम स्वीकृत भएपछि सम्बन्धित निकायलाई जानकारी गराउने कार्य,
  • योजना कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्न आन्तरिक तथा बाह्य अनुगमन तथा मूल्याङ्कन योजना तयार गरी कार्यान्वयन गर्ने कार्य,
  • कार्ययोजना कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका निमित्त सूचाङ्कहरु तथा लक्ष्य निर्धारण गर्ने कार्य,
  • अन्य शाखाहरुको सहकार्यमा आयोगको समग्र योजना सम्बन्धी सम्बन्धी सम्पूर्ण कार्यहरु,
  • आयोगको प्रशासकीय र मानव स्रोत विकास सम्बन्धी सम्पूर्ण कार्य,
  • योजना तथा वार्षिक कार्यक्रमको अनुगमन गरी समीक्षा गर्ने कार्य,

आर्थिक प्रशासन शाखाको कार्यविवरण

  • आयोगको वार्षिक बजेट तर्जुमा, निकासा एवं खर्चको प्रवन्ध सम्बन्धी कार्य,
  • निकासा रकमको खर्च हिसाव रीतपूर्वक राख्ने कार्य,
  • खर्चको फाँटवारी तथा आर्थिक विवरण कार्यालय प्रमुखबाट स्वीकृत गराई सम्बन्धित निकायमा तोकिएको समयभित्र पठाउने र लेखा परीक्षण गराउने कार्य,
  • मातहतका निकायलाई पठाइने बजेट तथा अख्तियारी सम्बन्धी कार्य,
  • आयोगका कार्यक्रमहरुको आर्थिक पक्षको अनुगमन सम्बन्धी कार्य,
  • पेश्की र बेरुजुको लगत राख्ने, सम्परीक्षण गराउने एवं पेश्की फर्छ्यौट गर्ने र अद्यावधिक गराउने सम्बन्धी कार्य,
  • आय-व्ययको आन्तरिक एवं अन्तिम लेखापरीक्षण सम्बन्धी कार्य,
  • प्रचलित कानुनले तोके बमोजिम आर्थिक प्रशासन सम्बन्धी अन्य विविध कार्यहरु,
  • आर्थिक कारोवारका प्रमुखलाई राय प्रदान गर्ने कार्य,
  • "सम्बोधन" परियोजनातर्फको बजेट तर्जुमा, निकासा, खर्च र सोको लेखा परीक्षण गराउने,
  • यूएन-प्रोजेक्टतर्फको बजेट तर्जुमा, निकासा,खर्च र सोको लेखा परीक्षण गराउने,
  • मातहतका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा सुपरिवेक्षकको कार्य,
  • कार्यालय प्रमुखले सुम्पेको आर्थिक प्रशासनसंग सम्बन्धित अन्य कार्य गर्ने,
  • सरुवा बढुवा भै जाँदाको अवस्थामा जिम्मेवारी हस्तान्तरण गर्ने,

उजुरी तथा मुद्दा व्यवस्थापन शाखा

  • आयोगमा पीडितको उपस्थिति र अन्य कुनै माध्यमबाट प्राप्त हुन आएका उजुरीहरू दर्ता किताबमा दर्ता गर्ने कार्य,
  • उजुरी कार्वाही र प्रारम्भिक छानविन गर्ने कार्य,
  • उजुरी छानविन सम्बन्धमा कुनै अधिकृत कर्मचारीलाई तोक्ने वा समिति गठन गर्ने सम्बन्धी कार्य,
  • उजुरी उपर छानविन गर्ने कार्य,
  • घटना अनुसन्धान गरी मुद्दा दायर गर्नु पर्ने भएमा सम्बन्धित निकायमा सिफारिस गर्ने कार्य,
  • उजुरी व्यवस्थापनको क्रममा आवश्यकता अनुसार सम्बन्धित निकायहरुमा समन्वयका लागि सिफारिस र आदेश गर्ने कार्य,
  • ऐन नियममा भए बमोजिम मेलमिलाप सम्बन्धी कार्य,
  • आयोगलाई कानूनी राय दिने कार्य,
  • सेवाग्राहीलाई कानूनी परामर्श दिने कार्य,
  • आयोगले निर्णय गरेर तोकेका अन्य कार्य,
  • आयोगमा संचालनमा रहेको UN WOMEN तर्फको प्रोजेक्टको फोकल पर्सन भै कार्य गर्ने,
  • शाखाका कर्मचारीलाई मेलमिलाप, मनोपरामर्श, Stress Management सम्बन्धी तालिमहरु सञ्चालन सम्बन्धी कार्य,
  • सामाजिक मनोविमर्श सम्वन्धी कार्य,
  • उजुरी सिफारिसको अनुगमन सम्बन्धी कार्य,
  • महिला हिंसा र महिला अधिकार प्रयोग गर्न नदिएको विषयमा मुद्दा गर्नु पर्ने भएमा सम्बन्धित निकायमा सिफारिस गर्ने, सुरक्षा केन्द्र वा पुनर्स्थापनाका लागि सिफारिस गर्ने कार्य,
  • महिला समानता तथा सशक्तिकरणका लागि वाधकको रुपमा रहेका परम्परागत, हानीकारक अभ्यास, प्रथा, परम्परा, कुरीति विरुद्धका अभियान आमसहभागितामा सञ्चालन गर्ने र यस्तो कार्यमा सरोकारवाला निकायसँग सहकार्य, संलग्नता तथा समन्वयमा गर्ने कार्य,
  • आयोग विरुद्ध परेका निवेदनको लिखित जवाफ तयार गर्ने कार्य,
  • हेल्पलाइन सम्बन्धी कार्य,
  • तत्काल Response गर्नुपर्ने अवस्थामा आयोग लगायत अन्य निकायहरुसँग समन्वय गर्ने कार्य,
  • आयोगलाई आवश्यक पर्ने नियमावली कार्यविधि मापदण्ड तर्जुमा सम्बन्धी कार्य गर्ने,
  • पीडितसँग आश्रित बालबालिका विशेष सेवाको लागि सिफारिस गर्ने कार्य,
  • महिला अधिकारसंग सम्बन्धीत ऐन कानुन कार्यान्वयनमा आइपरेका व्यवधान समस्याहरुको अध्ययन अनुसन्धान गरी समस्या समाधानका उपाय पहिल्याउने,
  • घटनासँग सम्बन्धित सूचनाहरुको अभिलेखीकरण र अध्ययन गर्ने गराउने कार्य,
  • महिला विरुद्ध सवै प्रकारका हिंसा र विभेद अन्त्य गर्न त्यस्तो हिंसा र विभेद सृजना गर्ने, कुरीति र अन्धविश्वास हटाउन आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने कार्य,
  • लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने कार्य,

महिला विकास समन्वय शाखाको कार्यविवरण

  • नेपालको संविधानमा महिला हक अधिकारसँग सम्बन्धित प्रावधान तथा व्यवस्था अनुसार महिला विकास तथा सशक्तीकरण, मूलप्रवाहीकरण सम्बन्धी नीति, कार्यक्रमको अनुगमन गरी आयोग समक्ष प्रतिवेदन पेश गर्ने कार्य,
  • लैङ्गिक विकास र सशक्तीकरणसँग सम्बन्धित नीतिको समयानुकूल परिमार्जन बारे अवश्यक राय पेश गर्ने कार्य,
  • स्थानीय तहमा महिला विकास सम्बन्धी कार्यको व्यवस्थापन गर्न इकाई, जनशक्त्तिको व्यवस्थापन र कार्यक्रमको कार्यान्वयन बारे अनुगमन गर्ने कार्य,
  • लैङ्गिक सम्पर्क विन्दुहरुको अवस्थाको लेखाजोखा, लैङ्गिक सम्पर्क विन्दुको हालको भूमिका तथा सांगठनिकीकरण तथा सम्पर्क विन्दुबाट भएका कार्यहरुको कार्यान्वयन पक्षको अनुगमन तथा समीक्षा गरी प्रभावकारी भूमिका कार्यान्वयनको लागि पृष्ठपोषण सहित पेश गर्ने कार्य,
  • महिला तथा किशोरीमाथि हुने तथा भइरहेका हिंसा नियन्त्रणको लागि निरोधात्मक, उपचारात्मक कार्यक्रम सञ्चालन गर्ने, महिला हिंसा नियन्त्रणको लागि सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरी निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने कार्य,
  • महिला समानता तथा सशक्तीकरणको लागि वाधकको रुपमा रहेका परम्परागत हानीकारक अभ्यास, प्रथा, परम्परा, कुरीति विरुद्ध अभियान, आमसहभागितामा सञ्चालन गर्ने र यस्तो कार्यमा सरोकारवाला निकायसँग सहकार्य, सहभागिता तथा समन्वय गर्ने कार्य,
  • महिलाहरुको आर्थिक सशक्तीकरणका लागि पूंजी, स्रोत साधन र प्रविधिमा पहुँच तथा आत्मनिर्भर, रोजगारी तथा उद्यमशीलता प्रवर्धनको लागि सम्बन्धित सरोकारवाला निकायसँग निरन्तर छलफल तथा समन्वय गर्ने कार्य,
  • महिला केन्द्रित अर्थतन्त्र तथा वजार व्यवसायका क्षेत्रको सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरी सुझाव तथा कार्यान्वयनका लागि पेश गर्ने कार्य,
  • दिनानुदिन वढिरहेका महिला तथा किशोरी माथिका हिंसा न्यूनीकरणका लागि सामाजिक मनोविज्ञान तथा मनोसामाजिक परामर्श सेवालाई विस्तार गर्ने र यस्तो कार्यमा कार्यरत संस्था तथा स्थानीय तहहरूसँग समन्वय तथा सहकार्य गर्ने कार्य,
  • महिला समानता, सशक्तीकरण, हिंसा न्युनीकरणको लागि पुरुष, किशोर, किशोरीहरु, अभिभावकहरुको सहभागिता वढाउने कार्यक्रमहरु सञ्चालन गर्न सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्ने कार्य,
  • महिला विकास सम्बन्धी विभिन्न समसामयिक विषयमा आवश्यक अनुसन्धान गर्न/गराउन आवश्यक समन्वय सहकार्य गर्ने कार्य,
  • आयोगको लागि विभिन्न राष्ट्रिय-अर्न्तराष्ट्रिय सहयोग परिचालन गर्न प्रशासन तथा योजना शाखासँग समन्वय गरी आवश्यक पहल गर्ने कार्य,
  • जोखिम व्यवस्थापनका सवै चक्रहरु तथा प्रतिकार्यमा महिला तथा संकटासन्न समूहको विशेष संरक्षणको सम्बन्धमा गरिएका कार्यहरुको अनुगमन तथा पृष्ठपोषण सम्बन्धी कार्य,
  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्बन्धमा समन्वय तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्य,
  • आयोगले निर्णय गरेर तोकेका अन्य कार्य,
  • माथि उल्लेखित कार्यमा सम्बन्धित सरकारी, गैरसरकारी निकायसँगको समन्वय तथा सहकार्यमा गर्न तोकिएका अन्य कार्य,

नीति निर्माण,अन्तर्राष्ट्रिय प्रतिवेदन तयारी र सिफारिस कार्यान्वयन शाखा

  • आवश्यक नीति र कानुन निर्माण गर्न अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने र नेपाल सरकारलाई दिन्पर्ने सल्लाह सुझाव दिने ।
  • महिला र बालबालिकाका हकहित र अधिकारका सम्बन्धमा बनेका अन्तर्राष्ट्रिय संयन्त्र अनुमोदन गर्न नेपाल सरकारलाई सुझाव दिने ।
  • नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय संयन्त्रहरुका व्यवस्थालाई राष्ट्रियस्तरमा नेपाली महिलाहरुले पनि उपभोग गर्न पाउन् गरी महिला र बालबालिकाका हकहित, अधिकारका प्रवर्द्धनका लागि राष्ट्रिय नीति तथा कानुनको निर्माण गरी विभिन्न विकास कार्यक्रम तथा योजनाका बारेमा सम्बन्धित निकायलाई सिफारिस गर्ने ।
  • नीति निर्माण, कानुन निर्माण तथा कार्यान्वयनका विषयमा अन्य सम्बन्धित मन्त्रालय/निकायसंग पनि संचार र सहकार्य गर्ने ।
  • महिला हकहितका लागि नयाँ नीति, कानुनको निर्माण वा बन्न लागेका नीति, कानुनहरुको अध्ययन, अनुसन्धान तथा लैंगिक व्श्लेषण गरी सरकारलाई सल्लाह, सुझाव दिने ।
  • सरकारका नीति, कानुन तथा कार्यक्रमहरुको अध्ययन, अनुसन्धान र लैंगिक विश्लेषण गरी मापदण्डको निर्माण गर्ने र सरकारलाई आवश्यक सल्लाह, सुझाव दिने ।
  • नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय संयन्त्रहरुमा भएका अधिकारका व्यवस्था नेपाली महिलाहरुले पनि पाउन सक्ने गरी आवश्यक नीतिगत, कानुनी र अन्य व्यवस्थापकीय व्यवस्था गरे नगरेको, आवधिकरुपमा बुझाउनु पर्ने प्रतिवेदन समयमा बुझाउन सम्बन्धित निकायसंग समन्वय र सहकार्य गर्ने ।
  • राष्ट्रिय महिला आयोगले आफ्नो प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष बुझाउने र राष्ट्रप्रमुखले त्यो प्रतिवेदन छलफलका लागि सम्बन्धित विधायिक समक्ष पठाउने व्यवस्था रहेको छ । सम्बन्धित समितिबाट छलफलबाट प्राप्त सुझाव र निर्देशनको परिपालना सम्बन्धमा आयोगलाई आवश्यक सल्लाह र सुझाव प्रदान गर्ने ।
  • कामको सिलसिलामा कानुनी र नीतिगत व्यवधान उत्पन्न भएमा सो हटाउन आवश्यक कानुनको व्यवस्था गर्न विद्यमान ऐन कानुनको विश्लेषण र नयाँ कानुन निर्माणका लागि सुझाव र राय संकलन गरी आयोगलाई सघाउने ।
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram