मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

छानबिन र स्थलगत अनुगमनको प्रतिवेदन

प्रकासित मितिः 2021-02-17

राष्ट्रिय महिला आयोगले भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ ।

राष्ट्रिय महिला आयोगको अध्यक्ष सहित पदाधिकारीहरुको टोली गएर बैतडी घटनाको स्थलगत प्रतिवेदन माननीय गृह मन्त्रीलाई फाल्गुन ५ गते हस्तान्तरण गरियो।

स्थलगत प्रतिवेदनले पीडकलाई चाँडो भन्दा चाँडो कारवाहीको दायरामा ल्याई हदनै सम्म दण्ड सजाय गर्न र पिडितको परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिको सिफारिस सहित माननीय गृह मन्त्री श्री राम बहादुर थापाज्यू समक्ष राष्ट्रिय महिला आयोगको माननीय अध्यक्ष कमला पराजुलीज्युको नेतृत्वमा आयोगको टोलीले माघ २१ गते बैतडी जिल्लामा घटेको भागीरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाको छानबिन र स्थलगत अनुगमनको प्रतिवेदन बुझाएको छ।

स्थलगत अध्ययन र अनुगमनका लागि राष्ट्रिय महिला आयोगका आयुक्त माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडाज्यूको नेतृत्वमा आयोगको टोली बैतडीको दोगडाकेदार पुगेको थियो।

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram