राष्ट्रिय महिला आयोगबाट योगमाया स्मृति दिवस कार्यक्रम आयोजना
2021-07-06
l-aab-aa

आज मिति २०७८ असार २२ गते राष्ट्रिय महिला आयोगले महिला जागरणका क्षेत्रमा अतुलनीय योगदान गर्ने सामाजिक सुधार अभियानकी प्रणेता विदुषी योगमायाको स्मृतिमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै तथा योगमायाको व्यक्तित्व र योगदान सम्बन्धमा छलफल र परिसंवाद कार्यक्रम आयोजना गरी योगमाया स्मृति दिवस मनाएको छ । माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री लीलानाथ श्रेष्ठको प्रमुख आतिथ्य र राष्ट्रिय महिला आयोगका मानननीय अध्यक्ष श्री कमलाकुमारी पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघीय महिला विरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (CEDAW Committee) बाट नेपालको छैटौँ आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्थासम्बन्धमा आयोगको पहलमा तयार भई भर्खरै प्रकाशन गरिएको अध्ययन प्रतिवेदन समेत माननीय मन्त्रीज्यूले सार्वजनिक गर्नुभयो । भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा विभिन्न मन्त्रालय¸ विभाग तथा सरोकारवाला संस्थाका वरिष्ठ प्रतिनिधिज्यूहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि माननीय महिला¸ बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री लीलानाथ श्रेष्ठले राणा शासनको कठोर युगमा नागरिकलाई लेख्ने बोल्न तथा संगठन खोल्न बन्देज लगाइएको तथा मानव अधिकारको कुनै गुञ्जायस नभएको अवस्थामा पनि महिला जागरण र सामाजिक सुधारका लागि योगमायाले साहसपूर्ण तरिकाले गरेको योगदान हामी सबैका लागि प्रेरणादायी रहेको कुरा बताउनुभयो । उहाँले योगमायाको व्यक्तित्व र कृतित्वबाट आजका पुस्ताले प्रेरणा लिई महिला हक अधिकारको क्षेत्रमा अझ बढी समर्पित भएर काम गर्न आवश्यक रहेको कुरा मन्तव्यका क्रममा राख्नुभयो । नारीहरूको इज्जत र हक अधिकारको संरक्षणको कार्य राज्यको प्राथमिक दायित्व भएको कुरा उल्लेख गर्दै यस कार्यमा नागरिक समाजका संघसंस्थाहरूको सहयोगको पनि उत्तिकै खाँचो रहेको कुरा उहाँले औँल्याउनु भयो । उहाँले मुलुकमा लैङ्गिक हिंसाका घटना हुन नदिन महिलाको चेतना अभिवृद्धिदेखि महिलालाई राजनैतिक, आर्थिक र सामाजिक रूपमा समेत सशक्तीकरण गर्दै अघि बढ्न आवश्यक छ भन्नुभयो ।

 

राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमलाकुमारी पराजुलीले आयोगको इतिहासमा पहिलो पल्ट योगमाया दिवस मनाउन लागिएकोमा आयोगको तर्फबाट खुशी व्यक्त गर्दै योगमायाले उठान गरेका महिला विरुद्धका सबैखाले भेदभाव¸अन्याय¸अत्याचार¸कुसंस्कारका विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकारको सशक्त यात्रा आज पनि जारी रहेको र त्यो अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको कुरा बताउनुभयो । उहाँले आज भन्दा एक शताब्दी अगाडिको राणाकालीन शासनको अन्धकारको युगमा महिला समानता¸ स्वतन्त्रता र जागरणको शंखनाद गर्ने योगमाया वास्तवमै साहसिक र परिवर्तनकामी महिला भएको कुरा बताउनुभयो । तत्कालीन समाजमा विद्यमान सतीप्रथा¸बालविवाह¸बहुविवाह¸अनमेल विवाह¸घरेलु हिंसा र दुर्व्यवहार जस्ता महिलाप्रतिका अमानवीय कुप्रथाको खुलेर र जीउज्यानको कुनै पर्वाह नगरी विरोध र विद्रोह गर्न उत्रिनुभएकी योगमाया सबै नेपाली नारीहरूको निम्ति आदरणीय र प्रेरणादायी व्यक्ति भएको कुरा बताउनुभयो । छोरा र छोरीबीचको सामाजिक विभेदलाई अन्त्य गर्दै लैङ्गिक समानता कायम गर्न योगमायाले गरेको त्याग तपस्याको हामी सबैले उच्च मूल्याङ्कन गर्नुपर्ने कुरा उहाँले औँल्याउनुभयो । साथै, उहाँले आज योगमाया स्मृति दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसंघीय महिला विरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (CEDAW Committee) बाट नेपालको छैटौँ आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्थासम्बन्धमा तयार भएको अध्ययन प्रतिवेदन सार्वजनिक हुनु अत्यन्त समसामयिक भएको विचार समेत व्यक्त गर्नुभयो ।

 

आयोगका माननीय सदस्य श्री कृष्णकुमारी पौडेल खतिवडाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आजभन्दा करिब ८० वर्ष पहिले आफ्ना ६८ जनाभन्दा बढी अनुयायीहरूका साथ अरुण नदीमा जलसमाधि लिनुभएकी महिला स्वतन्त्रता र अधिकार आन्दोलनकी अभियन्ता श्री योगमाया न्यौपानेको व्यक्तित्व र योगदान नेपालमा मात्र नभएर विश्व महिला आन्दोलनमै अद्वितीय छ भन्नुभयो । महिलाको न्याय र समाजमा सम्मानपूर्ण स्थान सुनिश्चितताका लागि विदुषी योगमायाले आफ्नो जीवनकालमा गर्नुभएको संघर्ष र बलिदान हामी सबैको लागि गौरवको विषय रहेको चर्चा गर्दै यही कुरालाई हृदयङ्गम गरी राष्ट्रिय महिला आयोगले योगमायाको व्यक्तित्व र योगदान सम्बन्धमा चर्चा परिचर्चा गर्ने उद्देश्यले यो स्मृति कार्यक्रम आयोजना गर्ने निर्णय गरेको कुरा बताउनुभयो ।

 

युएन् सिड समितिका सदस्य एवं राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष श्री वन्दना राणाले आयोगले योगमाया स्मृति दिवस मनाउने परम्परा शुरु गरेकोमा प्रसन्नता व्यक्त गर्दै अधिकारको लागि आवाज उठाउने कुनै संघ संस्था र फोरम नभएको समयमा पनि स्वस्फूर्त रूपमा महिला हक अधिकारको लागि योगमायाले गरेको योगदानको हामी सबैले मुक्त कण्ठले प्रशंसा गर्नुपर्ने कुरा बताउनुभयो । आयोगको पहलमा तयार भई प्रकाशन भएको संयुक्त राष्ट्रसंघीय महिला विरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (CEDAW Committee) बाट नेपालको छैटौँ आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनले सिड महासन्धिको कार्यान्वयन सम्बन्धमा हाल सम्मको स्थितिलाई उजागर गर्नुका साथै कार्यान्वयन गर्न बाँकी विषयमा समेत नेपाल सरकार लगायत सम्बन्धित सबै निकायहरूलाई आवश्यक पहलकदमी लिन सहयोग पुर्‍याउने विचार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा प्रदेशस्तरमा समेत सिड महासन्धिको कार्यान्वयनको अवस्था समीक्षा गरी प्रतिवेदनमा विवरण समावेश गर्न आवश्यक रहेको कुरा औँल्याउनुभयो ।

 

कार्यक्रमको सञ्चालन राष्ट्रिय महिला आयोगका उपसचिव श्री लक्ष्मी आचार्य पराजुलीले गर्नुभएको थियो ।

 

                                               (लक्ष्मी आचार्य पराजुली)

                                                     उपसचिव

२०७८ असार २२ गते

 

 

 

आयोग नवनियुक्त माननीय सदस्यरुलाई स्वागत गर्दै
2021-06-25
aa-lii
आज मिति २०७८ असार १० गते राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीले आयोगमा नयाँ नियुक्त भई आउनु भएका माननीय सदस्य श्री जया घिमिरे तथा माननीय सदस्य श्री सावित्रा कुमारी शर्मालाई शपथ ग्रहण गराउनुभयो।
शपथ ग्रहण कार्यक्रममा माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडा, माननीय सदस्य श्री विद्या कुमारी सिन्हा लगायत आयोगका कर्मचारीहरुको उपस्थिति थियो।
आयोग नवनियुक्त माननीय सदस्यरुलाई स्वागत गर्दै उहाँहरुको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।
दक्ष/विज्ञ/संस्थाको सूचीमा नाम समावेश गर्ने फाराम:
2021-06-30
httpsdocsgooglecomformsd1q1lib5m4trmk5l1g-imrc1fmgjae0sutcbpnj1yipqiedit

 https://docs.google.com/forms/d/1q1liB5m4TRmK5L1G-IMRc1fMgJAE0sUTCBpNJ1yIpqI/edit

 

राष्ट्रिय महिला आयोग

भद्रकाली प्लाजा, काठमाण्डौं

प्रथम पटक प्रकाशित मितिः २०७८/०३/०२

दोश्रो पटक प्रकाशित मितिः २०७८/०३/१७

लैङ्गिक विज्ञ तथा लैङ्गिक क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरु सूचीकृत गराउने सम्बन्धी सूचना

महिला हक अधिकारको संरक्षण र संवर्द्धन, लैङ्गिक समानता, महिला सशक्तीकरण तथा लैङ्गिक हिंसा नियन्त्रणको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको संवैधानिक निकाय राष्ट्रिय महिला आयोगले आफूले तर्जुमा गर्ने नीति, रणनीति, योजना तथा वार्षिक कार्यक्रमहरुमा आवश्यक सल्लाह, सुझाव, र पृष्ठपोषण प्राप्त गर्न, आयोगबाट लैङ्गिक समानता, महिला अधिकार र महिला सशक्तीकरणको विषयमा सञ्चालन हुने विभिन्न प्रकृतिका कार्यक्रमहरूमा स्रोत व्यक्तिको रूपमा सहयोग प्राप्त गर्न तथा आयोगबाट हुने अध्ययन, अनुसन्धान लगायतका कार्यक्रमहरूमा विशेषज्ञ सेवा, परामर्श सेवा लगायतका आवश्यक सेवाहरू प्राप्त गर्ने प्रयोजनले लैङ्गिक सरोकारको क्षेत्रमा कार्य गरिरहनुभएका विज्ञ तथा संघसंस्थाहरूको रोष्टर तयार गर्न लागेको छ । यस सन्दर्भमा तपसीलमा लेखिएका योग्यता तथा कार्यअनुभव भएका व्यक्ति तथा संघसंस्थाहरूमध्ये उक्त रोष्टरमा सूचीकृत हुन इच्छुक दक्ष/विज्ञ व्यक्ति तथा सङ्घ-संस्थाहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस आयोगमा सूचीकृत हुन Online माध्यमबाट रीतपूर्वकको निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

लैङ्गिक विज्ञहरूको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव

  1. मानविकी, व्यवस्थापन, कानून, विज्ञान वा समाज शास्त्र कुनै विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरी महिला अधिकार, मानवाधिकार र लैङ्गिक सरोकारको क्षेत्रमा विशेषज्ञता हासिल गरेको ।
  2. लैङ्गिक सरोकारका विषयमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको ।
  3. लैङ्गिक समानता, महिला मानवाधिकार, महिला सशक्तीकरण¸ लैङ्गिक मूलप्रवाहीकरण, लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी विषयमा अध्ययन, अनुसन्धान गरी अनुसन्धानात्मक कृति/लेख रचना प्रकाशन गरेको,
  4. महिलाको हक, अधिकार सम्बन्धी तालिम/प्रशिक्षण, कानून तर्जुमा, सुधार तथा परिमार्जनका क्षेत्रमा कार्य गरेको ।
  5. लैङ्गिक सरोकारका विषयमा राष्ट्रिय/अन्तर्राष्ट्रिय मञ्चहरूमा स्रोत व्यक्ति, विज्ञ वा परामर्शदाताको रूपमा काम गरेको ।

लैङ्गिक क्षेत्रमा कामगर्ने सङ्घसंस्थाहरूको आवश्यक योग्यता र अनुभव 

  1. लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकार वा महिला हित तथा कल्याणको क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको।
  2. प्रचलित कानून अनुसार दर्ता भई समाज कल्याण परिषद्‍मा आबद्ध भएको तथा वार्षिक रूपमा नवीकरण हुँदै आएको ।
  3. नेपाल सरकारबाट तोकेको न्यूनतम मापदण्डको अधीनमा रही कार्य गर्दै आएको।

सूचीकृत हुनका लागि पेश गर्नुपर्ने कागजातहरू

व्यक्तिको हकमा

(क) व्यक्तिको शैक्षिक योग्यता तथा कार्य अनुभव खुल्ने संक्षिप्त वैयक्तिक विवरण (Curriculum Vitae)/ पासपोर्ट साइजको फोटो सहित।

(ख) माथिल्लो शैक्षिक उपाधि, नेपाली नागरिकताको प्रमाणपत्र ।

(ग) सम्बन्धित क्षेत्रमा कार्य अनुभव पुष्टि हुने कागजात।

(घ) कुनै सङ्घसंस्थामा कार्यरत वा आबद्ध भएको भए सो संस्थाको सिफारिश पत्र  । स्वतन्त्र व्यक्ति (फ्रिलेन्सर) को रूपमा कार्यरत बौद्धिक व्यक्तिको हकमा संस्थाको सिफारिश पत्र आवश्यक  नपर्ने

संस्थाको हकमा

 

  • संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN), करचुक्ता प्रमाणपत्र,
  • संस्थाको संक्षिप्त विवरण खुल्ने कागजात (प्रोफाइल, ब्रोस्योर, बुकलेट आदि),
  • अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,
  • संस्थाको कार्य प्रकृति र संस्थाले प्रदान गर्ने सेवाको विवरण तथा पछिल्लो ५ वर्षको प्रगति विवरण,
  • संस्थामा आबद्ध सञ्चालक, पदाधिकारी तथा स्रोत व्यक्तिहरूको नामावली ।
महिला उद्यमशीलताको विकास र सशक्तीकरण विषयमा राष्ट्रिय महिला आयोगबाट अन्तर्क्रिया कार्यक्रम आयोजना
2021-06-11
l-ul-l-aab-a-aa

आज मिति २०७८।०२।२८ गतेका दिन राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीको अध्यक्षतामा मुलुकका विभिन्न पेशा¸ उद्यम र व्यवसायमा संलग्न महिला उद्यमी व्यवसायीहरूको सहभागितामा “महिला उद्यमशीलताको विकास र सशक्तीकरण विषयक अन्तर्क्रिया कार्यक्रम” भर्चुअल माध्यमबाट सञ्चालन गरियो । बैठकमा महिला उद्यमशीलता विकासका लागि नेपाल सरकारकाले कार्यान्वयनमा ल्याएका विभिन्न नीति तथा कार्यक्रमहरूका साथै महिला उद्यमीहरूले उद्यम¸ व्यवसाय सञ्चालनको सन्दर्भमा भोग्नुपरेका कठिनाइ र चुनौतीका साथै आयोगबाट पहल हुनुपर्ने विषयमा समेत विस्तृत छलफल भयो । कार्यक्रममा देशभरिबाट महिला उद्यमी महासंघमा आबद्ध महिला उद्यमीहरू लगायत विभिन्न पेशा र व्यवसायमा संलग्न महिलाहरू गरी करिब जना  ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीले महिलालाई राजनीतिक रूपमा मात्र नभएर सामाजिक र आर्थिक रूपमा समेत सशक्तीकरण गर्न सकेमात्र समाजमा महिलाको स्थान र प्रतिष्ठा उच्च हुने र यसबाट महिला उपर हुने लैङ्गिक हिंसाका घटनालाई पनि नियन्त्रण गर्न सहयोग पुग्ने कुरा बताउनुभयो । महिलालाई आर्थिक रूपमा सशक्तीकरण गर्न महिलालाई आर्थिक स्रोत साधन र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने, महिलालाई सीप र इलम सिकाई उत्पादनशील काममा आबद्ध गर्नुपर्ने तथा महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको उचित बजारीकरण गर्नुपर्ने खाँचो रहेको कुरा औँल्याउनुभयो। आज महिलाले घरभित्रदेखि घरबाहिरसम्मको बहुमुखी भूमिका निर्वाह गर्नुपरिरहेको सन्दर्भमा उद्यमशीलताको विकासले महिलाको जीवनलाई सहज र सम्मानित बनाउन सहयोग पुग्ने कुरा उहाँले बताउनुभयो ।

 

अन्तर्क्रिया कार्यक्रमको शुरुमा आयोगका माननीय सदस्य श्री विद्याकुमारी सिन्हाले राष्ट्रिय महिला आयोगले महिला हक¸ अधिकारको क्षेत्रमा गरिरहेका विभिन्न कार्यहरूको बारेमा जानकारी प्रस्तुत गर्नुहुँदै महिला उद्यमशीलताको विकासका लागि आयोगको तर्फबाट के कस्ता पहलहरू हुन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा महिला उद्यमीहरूबाट राय सुझाव समेत सङ्कलन गर्ने उद्देश्यले आयोगले यस किसिमको अन्तर्क्रिया कार्यक्रम राखेको कुरा बताउनुभयो ।

 

आयोगका माननीय सदस्य श्री कृष्णकुमारी पौडेल खतिवडाले कोभिड-१९ को नियन्त्रणका सन्दर्भमा जारी भएको निषेधाज्ञा र लकडाउनका कारण धेरै महिला उद्यमी व्यवसायीहरूको उद्यम व्यवसाय बन्द भई बेरोजगार बस्नुपर्ने स्थितिमा पुगेकोले उनीहरूको पुनःस्थापना र पुनरुत्थानका लागि सम्बन्धित क्षेत्रले प्राथमिकताका साथ सहुलियतपूर्ण कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले महिलालाई राजनैतिक रूपमा मात्र अधिकार दिएर पर्याप्त नहुने र महिलालाई आधुनिक सीप र प्रविधिको ज्ञान दिएर आयआर्जनको कार्यमा बढी भन्दा बढी मात्रामा संलग्न गराई आत्मनिर्भर बनाउन खाँचो रहेको कुरा औँल्याउनुभयो । 

 

अन्तर्क्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव श्री दीपक काफ्लेले उद्यमी महिलाहरुका लागि नेपाल सरकारले कार्यान्वयनमा ल्याएका नीति तथा विभिन्न व्यवस्थाहरुको बारेमा जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसैगरी महिला उद्यमी महासंघका अध्यक्ष श्री रीता सिंहले उद्यमी महिलाहरूले देशको अर्थतन्त्रमा पु¥याएको योगदान र हाल  महिला उद्यमशीलतामा देखिएका समस्या र समाधानको उपाय तथा सुझावहरू बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यक्रममा सहभागीहरूले महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न नेपाल सरकार तथा वाणिज्य बैङ्कहरूले विभिन्न नीति तथा कार्यक्रमहरू लागू गरेता पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, अझै पनि महिला उद्यमीहरूले विना धितो सरल रूपमा कर्जा प्राप्त गर्न कठिनाइ रहेको, उत्पादित वस्तुको  बजारीकरणमा समस्या रहेको, साना तिना उद्यम व्यवसाय गर्न इच्छुक महिलाहरूलाई स्थानीय तहमा सहुलियत र सुविधा प्राप्त गर्न कठिनाइ रहेको¸ सहुलियतको वितरण न्यायोचित ढंगले हुन नसकेको¸ महिलाको  सीप र आधुनिक प्रविधिमा सहज पहुँच स्थापित हुन नसकिरहेकोले यसलाई सबै मिलेर सम्बोधन गर्नुपर्ने खाँचो रहेको कुरा औँल्याउनु भयो । कार्यक्रममा सहभागी वक्ताहरूले जबसम्म महिला आर्थिक रूपमा आफैँ आत्मनिर्भर हुन सक्दैनन् तबसम्म उनीहरू अन्य क्षेत्रमा अघि बढ्न नसक्ने तथा समाजका अरू गतिविधिहरूमा कम मात्रामा मात्र सहभागी हुनसक्ने भएकोले अब राजनीतिक अधिकारसँगसँगै महिलाको आर्थिक विकासलाई पनि राज्यले प्राथमिकता दिएर अघि बढ्नुपर्ने सुझाव राख्नुभयो ।

 

अन्तर्क्रिया कार्यक्रमको शुरुमा आयोगका सचिव मनोज कुमार आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहभागी सबैलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन आयोगका वरिष्ठ महिला विकास अधिकृत (उपसचिव) मीरा शेरचनले गर्नुभएको थियो ।

 

२०७८ जेठ २८ गते शुक्रवार

 

राष्ट्रिय महिला आयोगबाट लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी भर्चुअल बैठकको आयोजना
2021-05-28
l-aab-l-b-al-b-aa
राष्ट्रिय महिला आयोगबाट आइसोलेसन सेन्टरको स्थलगत अनुगमन
2021-05-18
l-aab-aail-l-a
राष्ट्रिय महिला आयोगबाट निषेधाज्ञाको अवधिमा लैङ्गिक हिंसा रोकथामका सन्दर्भमा भइरहेका गतिविधि तथा सामना गर्न परिरहेका समस्या समाधानका सम्बन्धमा भर्चुअल अन्तर्क्रिया कार्यक्रमको आयोजना
2021-05-07
l-aab-a-l-i-b-al-a-aa
आयोगका क्रियाकलापका सम्बन्धमा पत्रकारहरुसँग चौमासिक अन्तरक्रिया
2021-04-21
aa-l-b-a
महिला सशक्तिकरण एवं लैंगिक मुलप्रवाहिकरणका सम्बन्धमा बिगतमा भएका असल प्रयासहरु बारे केन्द्र, प्रदेश र स्थानीय तहका विषयमा अन्तरक्रिया कार्यक्रम
2021-04-11
l-e-l-l-b-b-e-al-b-a

राष्ट्रिय महिला आयोगले महिला सशक्तिकरण एवं लैंगिक मुलप्रवाहिकरणका सम्बन्धमा बिगतमा भएका असल प्रयासहरु बारे केन्द्र, प्रदेश र स्थानीय तहका विषयमा अन्तरक्रिया कार्यक्रम चैत्र २९ गते, आइतबार संचालन गर्यो।

National Women Commission welcomes Mr. Manoj Kumar Acharya as its new Secretary.
2021-04-12
national-women-commission-welcomes-mr-manoj-kumar-acharya-as-its-new-secretary
National Women Commission welcomes Mr. Manoj Kumar Acharya as its new Secretary.
A hearty congratulations and best wishes!
interaction program with members of the Judicial Committee at Bharatpur, Chitwan
2021-04-10
interaction-program-with-members-of-the-judicial-committee-at-bharatpur-chitwan

NWC organized an interaction program with members of the Judicial Committee at Bharatpur, Chitwan on April 10, 2021 (Chaitra 28, 2077).

विद्यालयस्तरमा अभिमुखिकरण कार्यक्रम, महोत्तरी जिल्ला
2021-04-09
l-a-ll

राष्ट्रिय महिला आयोगले महिलामाथि हुने हिंसा निवारणको सम्बन्धमा शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसंग विद्यालयस्तरमा अभिमुखिकरण कार्यक्रम चैत्र २७ गते महोत्तरी जिल्लाको जिल्ला समन्वय समितिमा संचालन गर्यो।

national workshop on the status report of CEDAW implementation
2021-03-18
national-workshop-on-the-status-report-of-cedaw-implementation
National Women Commission (NWC) conducted a national workshop on the status report of CEDAW implementation report on March 18, Thursday.
Honorable Chairperson and Members from National Dalit Commission, National Indigenous Commission, and National Inclusion Commission; representatives from Ministry of Women, Children and Senior Citizens, Ministry of Home Affairs, and Ministry of Education, Science and Technology; and representatives from various CSOs along with Nepal Police participated in the program.
Ms. Sumedha Shakya, National Consultant, presented findings on the implementation status of CEDAW Concluding Observations, which was followed by an open floor discussion and feedback collection from the participants.
लैङ्गिक सरोकारका विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक वैठक
2021-03-10
l-l
राष्ट्रिय महिला आयोगले लैङ्गिक सरोकारका विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक वैठक सम्पन्न गर्यो।
सरोकारवालाहरुले विभिन्न विषयका चुनौती तथा हुन सक्ने समाधानका बारे छलफल गरे। प्राप्त सुझाव यी विषयमा रहेका छन् :
- मनोरंजन क्षेत्रमा काम गर्ने महिलाहरुको हक र हित
- सरकारी निकाय सँग समन्वय अनि न्यायीक समितीको क्षमता वृद्धि
- हिंसा प्रभावितहरुको राष्ट्रिय तथ्यांक
- तथ्य खोजीको मिशन
- आयोगको नीति र सिफारिसमा जोड अनि अन्य
राष्ट्रिय महिला आयोग को 19 औं वार्षिकोत्सवको समारोह
2021-03-07
l-aa-19

राष्ट्रिय महिला आयोग को 19 औं वार्षिकोत्सवको समारोह

वार्षिकोत्सव समारोह
2021-03-07

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथी माननीय मन्त्री जुलीकुमारी महतो ज्यू द्वारा आयोगको "महिलासँग सरोकार राख्ने कानूनहरुको जानकारीमूलक पुस्तिका" विमोचन।

शिक्षक, विधार्थि र विद्यालय व्यवस्थापनका पदाधिकारी हरुसंग अभिमुखिकरण कार्यक्रम
2021-03-01
l-a
महिलामाथि हुने हिंसा निवारण को सम्बन्धमा शिक्षक, विधार्थि र विद्यालय व्यवस्थापनका पदाधिकारी हरुसंग अभिमुखिकरण कार्यक्रम मिति २०७७ फाल्गुन १८ गते पाँचथर जिल्लाको याङवरक गाउँपालिकाको च्याङथापुमा संचालन गरिएको थियो।
सो कार्यक्रममा श्री विण्णु मा.वि. लगायत अन्य दुई विधालयका विधार्थि, शिक्षक र विद्यालयका व्यवस्थापनका पदाधिकारीहरुको सहभागिता रहेको थियोे।
पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम फाल्गुन १९ गते
2021-03-03
a-l

राष्ट्रिय महिला आयोगले १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोगको गतिविधीबारे पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम फाल्गुन १९ गते संचालन गर्यो।

स्थनिय तहहरु बिच अन्तरक्रिया कार्यक्रम फाल्गुन ११ गते
2021-02-22
b-a-l
राष्ट्रिय महिला आयोगले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा CEDAW समितिको छैंठौ प्रतिवेदनको निष्कर्ष सुझावको कार्यान्वयनमा स्थनिय तहहरु बिच अन्तरक्रिया कार्यक्रम फाल्गुन ११ गते संचालन गर्यो।
कार्यक्रममा उपत्यकाका तिनवटै जिल्लाका स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, र महिला विकास अधिकृत सहितको उपस्थित रहेको थियो।
विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता फाल्गुन १३, २०७७
2021-02-25
l-l-l
राष्ट्रिय महिला आयोगले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा बालिकामाथि हुने यौनजन्य दुर्व्यवहार र यौन हिंसाको कारण, चुनौती र समस्या समाधानका उपाय विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता फाल्गुन १३, २०७७ गते संचालन गर्यो।
काठमाडौँ, ललितपुर, र भक्तपुर जिल्लाको ११ सामुदायिक विद्यालयबाट २२ जना विद्यार्थीहरुले आफ्ना वक्तृत्व कला प्रस्तुत गरे।
हरेक विद्यालयबाट एक छात्र र एक छात्राको सहभागिता थियो।
हरेक सहभागीलाई छ मिनट समय उपलब्ध थियो।
विजेताहरु:
प्रथम स्थान: श्री जस्मिन भुजेल, कक्षा १०, पद्मकन्या मा वि
नगद पुरस्कार: रु. २०,०००
दोस्रो स्थान: श्री करुणा बुढाथोकी, कक्षा १२, सैनिक आवसीय
नगद पुरस्कार: रु. १५,०००
तेस्रो स्थान: श्री समीर गिरी, कक्षा १०, विश्वामित्र मा वि
नगद पुरस्कार: रु. १०,०००
सान्त्वना: श्री सौरभ पौडेल, कक्षा १२, सैनिक आवसीय
नगद पुरस्कार: रु. ५,०००
विजेता विद्यार्थीहरुलाई आयोगको १९ औं वार्षिकोत्सव (फाल्गुन २३, २०७७ गते) पुरस्कृत गरिनेछ।
कार्यक्रमका निर्णायक मण्डल:
डा. बिन्दु शर्मा ज्यू, उपप्रध्यापक, रत्नराज्य क्याम्पस
श्री ऋतु राज भण्डारी ज्यू
श्री बबिता बस्नेत ज्यू, पत्रकार
छानबिन र स्थलगत अनुगमनको प्रतिवेदन
2021-02-17
b-l-a
राष्ट्रिय महिला आयोगले भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ
राष्ट्रिय महिला आयोगको अध्यक्ष सहित पदाधिकारीहरुको टोली गएर बैतडी घटनाको स्थलगत प्रतिवेदन माननीय गृह मन्त्रीलाई फाल्गुन ५ गते हस्तान्तरण गरियो।
स्थलगत प्रतिवेदनले पीडकलाई चाँडो भन्दा चाँडो कारवाहीको दायरामा ल्याई हदनै सम्म दण्ड सजाय गर्न र पिडितको परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिको सिफारिस सहित माननीय गृह मन्त्री श्री राम बहादुर थापाज्यू समक्ष राष्ट्रिय महिला आयोगको माननीय अध्यक्ष कमला पराजुलीज्युको नेतृत्वमा आयोगको टोलीले माघ २१ गते बैतडी जिल्लामा घटेको भागीरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाको छानबिन र स्थलगत अनुगमनको प्रतिवेदन बुझाएको छ।
स्थलगत अध्ययन र अनुगमनका लागि राष्ट्रिय महिला आयोगका आयुक्त माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडाज्यूको नेतृत्वमा आयोगको टोली बैतडीको दोगडाकेदार पुगेको थियो।
अन्तरक्रिया कार्यक्रम
2021-02-18
a

राष्ट्रिय महिला आयोगले CEDAW समितिको छैंठौ प्रतिवेदनको निस्कर्ष सुझावको कार्यान्वयनमा न्यायिक क्षेत्रको निकायहरु बिच अन्तरक्रिया कार्यक्रम फाल्गुन ६ गते संचालन गर्यो।

Notice
2020-10-12
notice
NATIONAL WOMEN COMMISSION (NWC) IN NEWS
2020-06-12
national-womens-commission-nwc-in-news

Dear All,

Please go through the following link to get the media coverage of National Women Commission...

Link: http://shorturl.at/uJNWY

First Lockdown Report ( Chaitra, 2076-Baisakha 2077)
2020-06-07
first-lockdown-report-chaitra-2076-baisakha-2077

Dear All,

Please go through the following link to reach out the First Lockdown Report ( Chaitra, 2076-Baisakha 2077) published by National Women Commission.

Thank you !!!

विभिन्न जिल्लामा भएको निबन्ध प्रतियोगिताको नतिजा
2020-03-01
ll-e-b

Plus two students from various community colleges compete in an on-the-spot essay competition organized by National Women Commission (NWC) in collaboration with Education Development and Coordination Unit, Kathmandu on the occasion of 18th anniversary of NWC and 2nd anniversary of 1145 Helpline.

आयोगद्वारा महिला चेतना अभिवृद्धि अन्तरक्रिया सम्पन्न #https://www.newsofnepal.com/
2020-02-12
aa-l-a-a-httpswwwnewsofnepalcom

वालिङका समाजिक अगुवा महिलाहरुमाझ एक दिने चेतना अभिवृद्धि र सशक्तिकरण अन्तरक्रिया गरिएको छ ।

संविधानमा महिला अधिकारका कुरा धेरै भएपनि महिलाहरु अझै पनि आफ्नो सशक्तिकरणको भुमिकामा कम देखिएको भन्दै राष्ट्रिय महिला आयोगले एक दिने महिला अधिकारका बारेमा अन्तरक्रिया गरेको हो । महिलाको अधिकार संविधानले सुनिश्चित गरेपनि कानुनको अध्ययन नहुदा महिलाहरुमा धेरै समस्या आउने गरेको आयोगको ठहर छ ।

आयोगको हेल्प लाईनमा देशभरीबाट करिव १५ हजार महिलाले समस्या टिपाउने गरेका छन् राष्ट्रिय महिला आयोगका सचिव दिपेन्द्र काफ्लेले भन्नुभयो,“आयोगमा समस्या आउने वित्तिकै महिलाहरुले न्याय पाएका छन् ।” तर आयोगमा महिलाहरुले फ्रि कल गर्न पाउने व्यवस्था हुदाहुदै पनि महिलाका समस्या भएर पनि कमै आउने गरेको काफ्लेले बताउनुभयो । महिला हिंसा, जवरजस्ती करणी, अंशमुद्धा, नागरिकताबाट बन्चित लगायतका धेरै महिलाहरुका सामाजिक अधिकारबाट पछाडी परेका समस्याहरु अब टोल-टोलमै मिलाउन आवश्यक रहेको काफ्लेले बताउनुभयो । महिला अधिकारको सम्मान हुदा हुदै पनि महिलाहरुले नखोज्ने र अधिकारका पक्षमा नलड्ने प्रबृत्तिले महिला पछाडी पर्न गएको आयोगले जनाएको छ ।

अब महिलाहरु समाजबाट अपहेलित हुदाँ अधिकारका विषयमा सशक्त रुपले अगाडी बढ्न टेवा पुगोस भन्ने उदेश्यले हरेक स्थानीय तहमा रहेका समाजिक अगुवा महिलाहरुलाई चेतना अभिबृद्धि गर्ने अभियान आयोगको रहेको बताइएको छ । हरेक विकास निमाण देखि सहभागितामुलक कार्यक्रममा महिलाको कम्तिमा ३३ प्रतिशत सहभागिता भनिएपनि कार्यन्वयन पक्ष फितलो भएको आयोगका उपसचिव मिरा शेरचनले बताउनुभयो । महिलाहरुले नै सामाजिक काममा खासै अग्रसरता देखाएको पाईदैन शेरचनले भन्नुभयो,“आफ्नो अधिकारका विषयमा प्रष्ट नहुदा र चासो नदेखाउदा सहभागिता मुलक अधिकारबाट बन्चित हुनुपरेको छ ।” जान्नेले नजान्नेलाई नसिकाउने र नजान्नेले जान्न नखोज्ने प्रवृत्ति टोल देखि केन्द्र सम्म रहेको शेरचनले बताउनुभयो ।

कार्यक्रममा सहभागी भएर भन्दा पनि सिकेको कुरारालाई व्यवहारमा उतार्न सकियो भने अर्को पिढीलाई पनि सहजता मिल्ने शेरचनको भनाई थियो । वालिङ नगरपालिका भित्रका आमा समुह, महिला सहकारीका प्रतिनिधि, विभिन्न महिला संघसंस्थाको अगुवाई गर्ने महिलाहरुलाई महिला अधिकारको बारेमा जानकारी गराइएको थियो ।

वालिङ नगरपालिकाले बालबालिका र महिलाहरुका विषयमा विशेष महत्वका साथ काम गरिरहेको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । हरेक विकास निर्माणका योजनामा महिला सहभागिता गराउने देखि लिएर महिलाहरुको नेतृत्व विकासका विषयमा नगरपालिकाले काम गरिरहको कार्यपत्र तिवारीले आयोग समक्ष प्रस्तुत गर्नुभयो । अधिकार दिन्छन् भन्ने पर्खाइमा महिलाहरु बस्नु हुदैन उपप्रमुख तिवारीले भन्नुभयो,“अधिकार लिनका लागि आफै सक्षम भएर अगाडी बढ्नु आवश्यक छ ।”

संविधानले दिएको अधिकार नखोज्दा सामाजिक कामको अग्रसरतामा पछाडी परीएको उहँँको तर्क थियो । महिलाहरुको क्षमता अभिबृद्धिका लागि हरेक स्थानीय तहले छुट्टै कार्ययोजना बनाएर सहजीकरण गर्नुपर्नेमा सहभागि महिलाहरुले जोड दिएका थिए । काममा मात्र इमान्दारिता तर कानुनमा अनविज्ञता हुदा महिलाहरुले चलाएका संघसंस्थामा विवादास्पद समस्या आउने गरेको सहकारी विज्ञ खुमकान्त अर्यालले बताउनुभयो ।

Sharing session with institutional heads of development partners
2019-12-10
sharing-session-with-institutional-heads-of-development-partners

At the completion of the second anniversary of the launch of NWC Helpline 1145, NWC and Institutional Heald of the development partners convened to share the findings. Mr Deependra Kafle, Secretary of NWC started the session with his opening remarks highlighting the impact that the helpline had. Since its launch, the helpline has received 9,801 case services.

Mr Faris Hadad-Zervos, World Bank Country Manager for Nepal, said that the work done through the helpline is the most important for Nepali people. He also shared that World Bank is proud of what has been achieved, but that the journey is a long one.

Ms Jaya Sharma, Senior Social Development Specialist, shed light on the helpline mechanism, the progress so far, and key challenges. It prompted a discussion with the partners about how to make it sustainable in the coming days.

NWC and development partners discussed on the restraints and opportunities in making 1145 helpline sustainable and agreed that the momentum of taking the fight against gender-based violence should not be lost.

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा जातीय विभेद सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम
2019-11-29
l-a-b-a
राष्ट्रिय महिला आयोग द्वारा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मंगलबार दक्षिणकाली नगरपालिकामा जातीय विभेद सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम संचालन भयो। कार्यक्रममा  प्रमुख अतिथी दक्षिणकाली नगरपालिका का नगर प्रमुख श्री मोहन बस्नेत र विशेष अतिथी उप-मेयर बसन्ती तामांग डंगोलका साथै प्रमुख महिला विकास अधिकृत मीरा शेरचन, दलित महिला सदस्यहरु, र सम्बन्धित कर्मचारीहरुको उपस्थितिमा कार्यक्रमको संचालन महिला आयोगको सूचना अधिकारी ध्रुव राज क्षेत्री द्वारा सम्पन्न भयो।
 
प्रमुख अतिथिले १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभ्यान दक्षिणकाली नगरपालिकामा आयोजना गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो। सबै तह र तपकाबाट लागे भविष्यमा हिंसा न्यूनीकरण हुन सक्ने बताउनु भएको थियो। श्रीमान सचिव ज्यूको कार्यपत्र मा राष्ट्रिय महिला आयोग को स्थापना काल देखि हाल सम्म गरेका काम कारवाहीको बारेमा जानकारी गराउनु भएको थियो। यसका साथै २ वटा कार्यपत्र प्रस्तुत भएको थियो।
महिला अधिकार विषयक सार्वजनिक सुनवाई कार्यक्रम
2019-05-13
l-a-ii

राष्ट्रिय महिला आयोगका सचिवज्यूको उपस्थितिमा २०७६।१।३० गते कागेश्वरी मनोहरा नगरपालिकामा महिला अधिकार विषयक सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रमका सहभागीहरु
१. कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख,
२. कागेश्वरी मनोहरा नगरपालिकाका नगर उप प्रमुख,
३. कागेश्वरी मनोहरा नगरपालिकाका सदस्यहरु,
४. कागेश्वरी मनोहरा नगरपालिकाका शाखा प्रमुखहरु,
५. कागेश्वरी मनोहरा नगरपालिकाका प्रहरी प्रमुख,
६. कागेश्वरी मनोहरा नगरपालिकाका प्रशासकीय प्रमुख,
५. सरकारी कार्यालयका कार्यालय प्रमुहरु,
५. कागेश्वरी मनोहरा नगरपालिकाका वडा अध्यक्षहरु,
६. सेवा ग्राही महिलाहरु, हिंसा पीडित महिलाहरु,
७. महिला अधिकारसँग सम्बन्धीत संघ संस्थाका प्रमुख वा प्रतिनिधिहरु,
८. पत्रकारहरु

सम्पादित कार्यक्रमको नमूना परीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
2019-05-06
a

राष्ट्रिय महिला आयोगले मिति २०७६।०१।२३ गते कन्चनपुर जिल्ला शुक्लाफाटाँ नगरपालिकामा स्थानीय तहमा महिला विकास सम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय महिला आयोगको विद्यालय कार्यक्रम
2019-05-13
keg

२०७६।१।३० गते कागेश्वरी मनोहरा नगरपालिकाका निजी तथा सामुदायिक माध्यमिक विद्यालय कक्षा ९ र १० मा अध्ययनरत, प्रति विद्यालयबाट ८÷८ जना छात्र छात्रा तथा १ जना शिक्षक (सामाजिक शिक्षा अध्यापन गराउने) लाई सचेतना कार्यक्रम

 

Four trucks crossed into Nepal on the day the trade point opened, and since then, just one more truck carrying wool has arrived, according to Nepali traders.

 

 


Local traders who spoke to the Post pointed to a host of unresolved issues--numerous restrictions imposed by the Chinese, a lack of protocol for trade, the poor condition of connecting infrastructure, and a shortage of logistics--for the poor showing of what was once Nepal’s second largest trading point, with hundreds of trucks crossing over every day.

 

“The Chinese side has placed stern regulatory measures, even when goods are imported from Khasa,” said Hem Rawal, president of the Nepal Foreign Trade Association.

 

 

Nepali workers transferring goods from Chinese trucks are now expected to don Chinese uniforms, said local officials. Traders, too, say they have been barred from opening offices across the border with Nepali importers required to contact Chinese exporters on mobile phones or online to ascertain the time at which the goods are being shipped across the border.

 

However, government officials said that the border is functioning better than what’s been reported.

 

“At least four trucks are crossing the border every day,” said Kedar Bahadur Adhikari, secretary at the Ministry of Industry.

 

Nepali traders and local officials vehemently denied Adhikari’s assertions.

 

“Just a single business-related movement has taken place since the border point was reopened,” Sang Dorje Sherpa, chairperson of Phulping Katti ward of Bhotekoshi Rural Municipality, told the Post over the phone.

 

“On May 29, some ministers and leaders opened the border point. They went to Khasa, had lunch and returned with a token of love from the Chinese,” Sherpa said. “Since that day, one truck laden with wool arrived at the border point. That truck has been at the Tatopani dry port for the last 20 days due to a lack of documents.”

 

 

Tatopani-Khasa is one of the main land routes for trade with China. Upon a request from Nepal, the border point had been reopened and handed over on May 29, after being closed for four years following the 2015 earthquakes.

 

Along with the border point, the Chinese side had handed over the reconstructed Miteri Bridge, Kodari Highway and Tatopani dry port to Nepali authorities.

 

This time, however, the movement of goods and cargo is being strictly regulated by the Chinese while the Nepali government does not appear willing to comply with the new regulations.

अन्तरक्रिया कार्यक्रम
2019-07-18
mu

राष्ट्रिय महिला आयोगले मिति २०७६।०१।२२ गते डोटी जिल्लाको सिलगडी नगरपालिकामा स्थानीय तहमा महिला विकास सम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न