मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

प्रेस-विज्ञप्ति (२०७७/१०/३०)

प्रकासित मितिः 2021-02-12

सत्य तथ्य छानवीन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन आयोगको अपिल

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ७ स्थित श्री सनातन धर्म मा.वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया किशोरी भगिरथी भट्ट मिति २०७७ माघ २१ गते दिउँसोबाट हराएर भोलिपल्ट दिउँसो करिव ४:३० बजे लवलेक सामुदायिक वनमा शंकास्पद विभत्स अवस्थामा मृत भेटिएको घटनाको वारेमा अध्ययन अनुगमनका लागि आयोगको मिति २०७७।१०।२५को निर्णयानुसार आयोगका माननीय सदस्य श्री कृष्ण कमारी खतिवडाको नेतत्वमा कर्मचारी उर्मिला रोक्का सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा टोलीले प्रदेश सभा सदस्य, बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, घटनाको अनुसन्धान अधिकृत सुदुरपश्चिम प्रहरीका DIG, प्रहरी प्रमुख, सुदुरपश्चिम प्रदेशका सुरक्षा निकायका प्रमुख, विद्यालय व्यवस्थापन समिति, सुरक्षाकर्मी तथा मानवअधिकारकर्मी, पीडितका परिवार र समुदायका व्यक्ती, सनातन धर्म मा.वि.का प्रधानाध्यापक र शिक्षक-कर्मचारीहरु, जिल्ला सरकारी वकिल, जिल्ला अस्पतालका डाक्टर लगायतसँग सोधपुछ र स्थलगत अवलोकन गरेको छ । मिति २०७७।१०।२९ गते सम्मको घटना विवरण र पोष्टमार्टम रिपोर्टलाई अध्ययन गर्दा पीडकको पहिचान हुन सकिरहेको छैन।

विहान आफ्नो घरबाट विद्यालय गएकी बालिकामाथि बलात्कार गरी हत्या गरेको कुरा पुष्टि भएको छ। यो घटना अत्यन्त निन्दनीय, दुखद् र भत्सर्नायोग्य रहेको साथै महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी अन्तराष्ट्रिय महासन्धी १९७९, बालअधिकार सम्बन्धी महासन्धि १९८९, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरीक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धि १९६६, नेपालको संविधान र प्रचलित कानुनले प्रत्येक व्यक्तीको सम्मानपूर्वक बाँच्न पाउने तथा न्याय प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेकोमा सो को समेत हनन् भएको छ ।

समग्र घटनाको अवस्था हेर्दा राज्यको तर्फबाट तत्कालै अध्ययन अनुसन्धान शुरु भएको छ। DIG को नेतृत्वमा CIB को टोली स्थलगत रुपमा प्रतिबद्द भएर कारवाहीको प्रक्रियामा लागी रहेको कुरा सराहनिय छ। बैतडीस्थित प्र.जि.अ. मोहनराज जोशीको अत्यन्तै प्रभावकारी भूमिकाको कारण छिट्टै पीडकलाई कानुनी दायरामा ल्याउने विश्वास आयोगले गरेको छ। पीडितको बुबा भर्खरै वितेका, दाजु बैदेशिक रोजगारीका लागि भारतमा गएका र आमा एक्लै घरमा भएको अवस्थामा यस्तो घटना भएको र हालसम्म पनि पिडितको परिवार र खासगरी आमाको अवस्था भावनात्मक रुपमा विक्षिप्त (Traumatic) भएको देखियो। पिडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिको लागि आयोग सरकारसँग अपिल गर्दछ।

समाजमा बढ्दै गईरहेको सामाजिक विकृति र विसंगति सँगै आर्थिक र पारिवारिक अवस्था कमजोर भएका परिवारका वालिका, किशोरी र महिलाहरु जताततै जोखिममा रहने गरेको अवस्था छ। पीडकले त्यस्तै कमजोर परिवार पहिल्याई अपराधिक कार्य गर्ने गरेको देखिएको हुँदा यसतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण होस् भन्ने आयोगको जोडदार माग रहेको छ।

शान्ता अधिकारी भट्टराई

सचिव

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram