मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

लिलाम बिक्रि सम्बन्धि बोलपत्र आवहानको सुचना

प्रकासित मितिः 2019-08-29

लिलाम बिक्री  सम्बन्धी  बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मिति २०७६।०५।१२

Lilam Sarsaman

यस आयोगमा रहेका पुराना भई काम नलाग्ने तथा प्रयोगमा नरहेका विभिन्न फर्निचर, कम्प्यूटर, सवारी साधन लगायत अन्य मालसामान तथा उपकरणहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्नुपर्ने भएकोले इच्छुक व्यत्तिः, फर्म, संस्था वा कम्पनीबाट निम्न सर्तको अधिनमा रही सूचना प्रकाशित भएको मितिले २१ (एक्काईस) दिन भित्र यस आयोगबाट बोलपत्र खरिद गरी कार्यालय समय भित्र बुझाउनु हुन यो बोलपत्र आव्हान गरिएको छ ।

१. इच्छुक बोलपत्र दाताहरुले यो सूचना प्रकाशित भएको  मितिले २१ औं  दिनको (मिति २०७६।०६।०१ गते कार्यालय समय भित्र राजश्व खाता नं. १४२२९ राष्ट्रिय महिला आयोगको कोड नं.२२२००३५०१ मा रु.१०००।–(फिर्ता नहुने गरी) राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखामा जम्मा गरी सोको भौचर पेश गरी यस आयोगबाट बोलपत्र फाराम खरिद गरी फर्म÷कम्पनी दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, हाल सम्म नवीकरण भएको तथा आ.व.२०७४÷०७५ सम्मको कर चुक्ता प्रमाणपत्र तथा ब्यक्तिको हकमा नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित यस आयोगमा आवेदन गर्नुपर्नेछ ।

२. खरिद गरिका बोलपत्रहरुको यो सूचना प्रकाशित भएको मितिले २२ औं दिन (२०७६।०६।०२ गते) दिनको १२ बजे भित्र यस आयोगमा दाखिला गर्नुपर्नेछ । यसरी म्याद भित्र दाखिला भएका बोलपत्रहरु सोही दिनको २.०० बजे  बोलपत्रदाताहरु वा निजहरुको प्रतिनिधिको उपस्थित बीच लिलाम बढाबढ हुनेछ ।

३. बोलपत्र खरिद एवं दाखिला गर्ने दिन विदा परेमा  भोलिपल्ट कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।

४. बोलपत्रमा आफूले कवोल गरेको रकमको १० प्रतिशत रकम बराबरको नगदै नेपाल राष्ट्र बैंक काठमाण्डौको १२०१२००००१००२५२४ कोष तथा लेखा नियन्त्रक कार्यालय खातामा दाखिला गरी सोको सक्कल भौचर वा नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट जारी भएको कम्तीमा ९० दिन म्याद भएको बैंकको जमानत पेश गर्नुपर्नेछ ।

५. लिलाम सकार गर्ने फर्म संस्था, कम्पनी, वा व्यक्तिले बोलपत्र स्वीकृति भएको मितिले १५ दिनभित्र कबुल गरेको मूल्य बैंक दाखिला गरी लिलाम भएको मालसामान उठाई लग्नुपर्नेछ । अन्यथा धरौटी जफत गरी नियमानुसार हुनेछ ।

६. लिलाम हुने सवारी साधन लगायत अन्य जिन्सी मालसामानहरु हेर्न चाहने  फर्म, संस्था, कम्पनी वा व्यक्तिहरुले सूचना प्रकाशित भएको मिति देखि सार्वजनिक विदाको दिन वाहेक कार्यालय समयमा यस आयोगमा सम्पर्क गरी हेर्न सक्नुहुनेछ ।

७. लिलाम भएका सवारी साधनहरु पुुनः दर्ता हुने छैनन् ।

८. यस सूचनामा उल्लेख नभएका कुराहरु आर्थिक कार्यविधि नियमावली २०६४ वमोजिम हुनेछ ।

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram