मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

दुईपांग्रे सवारीसाधन (स्कूटर ) खरिदका लागि सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

प्रकासित मितिः 2021-12-27
राष्ट्रिय महिला आयोग

भद्रकाली प्लाजा. काठमाडौँ

 

 

 
दुईपांग्रे सवारीसाधन (स्कुटर) खरिदका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(दोस्रो पटक प्रकाशित मितिः २०७८।०९।१२)

सूचना नं NWC/०२/०७८/७९

यस आयोगको आ.व. २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तल उल्लेख गरिए अनुसारको दुई पांग्रे सवारी साधन (स्कुटर) खरिद गर्नु पर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त, मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक फर्म वा कम्पनीबाट निम्नानुसारका शर्तहरुको अधीनमा रही सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।

Contract Package No. मेशिनको विवरण l परिमाण/संख्या दरभाउपत्र दस्तुर रू जमानत रकम रू
१.NWC/NCB/S2W-SQ01 Scooter 2-wheelers ३ (तीन) रू १०००।- रु १६०००।-

१. सम्बन्धित कार्यको लागि इजाजत प्राप्त भई नवीकरण भएको फर्म/कम्पनी दर्ता प्रमाणपत्र, आयकर तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र आ.व. २०७६।७७ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिका साथ राष्ट्रिय वाणिज्य बैंकमा यस कार्यालयको कोड २२२००३५०१ अन्तर्गत राजस्व संकेत १४२२९ मा पछि फिर्ता नहुने गरी रू १०००।-(एक हजार रूपैयाँ) जम्मा गरेको भौचर पेश गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयबाट दरभाउपत्र खरिद गर्न सकिनेछ।

२. रीत पूर्वक भरिएको दरभाउपत्रको प्रत्येक पानामा सहीछाप गरी, खामबन्दी गरी, खामको बाहिरी भागमा यस कार्यालयलाई सम्बोधन गरी Contract Package Number, सवारी साधनको विवरण, दरभाउपत्रदाताको नाम, पत्राचार गर्ने आधिकारिक ठेगाना स्पष्ट खुलाई फर्म/कम्पनीको छाप लगाई खामलाई सिलबन्दी गरी यो सूचना प्रथम पटक प्रकाशित भएको १६ औं  दिनको १२:०० बजे भित्र यस कार्यालयको खरिद एकाइमा दर्ता गराउनु पर्नेछ। यसरी दर्ता हुन आएका सिलबन्दी दरभाउपत्रहरु सोही दिन दिनको २:०० बजे यस कार्यालयका प्रतिनिधिहरु र दरभाउपत्रदाताहरु वा निजका प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । दरभाउपत्रदाता वा निजका प्रतिनिधिको अनुपस्थितिमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

३. दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदाको लगतै कार्यालय खुलेको दिन सोही समयमा हुनेछ।

४. सिलबन्दी दरभाउपत्र साथ जमानत वापतको रकम को.ले.नि.का. काठमाडौको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको धरौटी खाता नं १२०१२००/००१-००२-५२४ मा यस कार्यालयको कार्यालय कोड २२२००३५०१ मा जम्मा गरी सोको सक्कलै बैंक भौचर वा दरभाउपत्रको मान्यता अवधि ४५ दिनमा कम्तिमा ३० दिन थप गरी हुन आउने ७५ दिन अवधिसम्म म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त "क" वर्गको वाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी भएको सक्कलै बैंक जमानत (बैंक ग्यारेन्टी) पेश गर्नु पर्नेछ।

५. दरभाउपत्रमा रकम उल्लेख गर्दा अङ्कमा र अक्षरमा स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ। अङ्क र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । म्याद नाघी आएको र रीत नपुगेको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।

६. एक कम्पनी/फर्मको नाममा खरिद गरिएको दरभाउपत्र अर्को कम्पनी/फर्मको नामबाट दाखिला गर्न पाइने छैन ।

७. दरभाउपत्रदाताले आफ्नो प्रस्ताव साथ दरभाउपत्र सम्बन्धी कारवाहीमा निजी स्वार्थ नबाझिएको र सो सम्बन्धी कसुरमा कारवाहीमा नरहेको स्वघोषणा अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

८. नेपाल सरकारको हितलाई ध्यानमा राखी दरभाउपत्र स्वीकृत गर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने वा स्वीकृत नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

९. दरभाउपत्रका सम्बन्धमा थप कुरा बुझ्न परेमा कार्यालय समयभित्र यस कार्यालयमा रहेको खरिद एकाइमा सम्पर्क राख्न सकिनेछ ।

१०. यस सूचनामा वा दरभाउपत्र सम्बन्धी कागजातमा उल्लेख नभएको कुनै कुराहरुको हकमा सार्वजनिक खरिद ऐन २०६३ एवं नियमावली २०६४ र प्रचलित नेपाल कानून अनुसार हुनेछ ।

 

 

 

 

 

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram