महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम

सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रम

विषय: यौन प्रजनन तथा विवाह सम्बन्धी सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रम

मिति: २०८३।०२।०८

जिल्ला/ठेगाना: रुकुमपूर्व

 

मिति २०८३/२/०८ गते राष्ट्रिय महिला आयोगको स्वीकृत वार्षिक कार्यक्रम अनुसार यौन प्रजनन तथा विवाह सम्बन्धी सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रम संचालन/सहजीकरण आयोगका उपसचिव सीता अधिकारीले गर्नुभयो। उक्त कार्यक्रममा आयोगका माननीय सदस्य श्री सावित्रा कुमारी शर्मा तिवारीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि रुकुम पूर्वका जिल्ला समन्वय समितिका प्रमुख,  मेघ बहादुर श्रेष्ठ रहनुभयो भने प्रमुख जिल्ला अधिकारी सीता परियार, पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीमगर, उपाअध्यक्ष नरपुरा बुढा विशिष्ट अतिथिको रुपमा रहनुभयो।यौन, प्रजनन स्वास्थ्य अधिकार एवं विवाहको सवालसँगै पुथा उत्तरगंगा गाउँपालिकाले यस विषयमा भएगरेका प्रगति, उपलब्धि, समस्या र चुनौतीका सवालमा गाँउपालिकाका स्वास्थ्य शाखाका प्रमुख श्री शेरबहानुर जि. सीले जानकारी गराउनु भएको थियो । राष्ट्रिय स्तरमा भए गरेका उपलब्धि, प्रगति, समस्या तथा चुनौती एवं ग्रमिण परिवेशमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका सवालहरुका बारेमा आयोगका उपसचिव रोशनी देवी कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभयो।कार्यक्रममा गाउँपालिकाका १४ वटै वडाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने महिला सदस्यहरु पनि उल्लेख्यरुपमा सहभागिता रहेको थियो। मुख्य सरोकारवालाहरु विद्यालयका किशोर किशोरी, स्वास्थ्य महिला स्वयमसेवकहरु, महिला बालिकाका हक अधिकारका विषयमा कार्यरत महिला अधिकारकर्मी, आमा समूह, किशोरी संजाल, वालक्लब, सुरक्षा निकाय, संचारमाध्यमका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो। मन्तव्यका क्रममा जिल्लागत रुपमा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला हिंसा, तथा विभेदका सम्बन्धमा प्रमुख अतिथि एवं विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारीबाट विस्तृत जानकारी गराउनुभयो। कार्यक्रमको महत्वपूर्ण पक्ष खुला सत्रमा उठेका जिज्ञासाहरुको संवोधन तथा कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबै सबैप्रति हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन आयोगका माननीय सदस्य श्री सावित्रा कुमारी शर्मा तिवरीले गर्नुभयो।