Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १७ चैत्र २०८१, सोमबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायविचको अन्तर्क्रिया कार्यक्रम


IMG

राष्ट्रिय महिला आयोगको स्वीकृत वार्षिक कार्यक्रम अनुसार अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायविचको अन्तर्क्रिया कार्यक्रम राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला पराजुलीज्यूको अध्यक्षता, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष माननीय डा. रामकृष्ण तिमल्सेनाज्यूको प्रमुख आतिथ्य, राष्ट्रिय महिला आयोगका माननीय सदस्य कृष्ण कुमारी खतिवडा , माननीय सदस्य श्री जया घिमिरे, माननीय सदस्य श्री सावित्रा कुमारी शर्माको उपस्थिति, राष्ट्रिय समावेशी आयोगका माननीय सदस्य विष्णुमाया ओझाज्यूको आतिथ्य तथा राष्ट्रिय योजना आयोग, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि राष्ट्रिय अपाङ्ग महिला महासंघ लगायत अपाङ्गता अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख एवं प्रतिनिधि तथा सञ्चारकर्मीहरु समेतको सहभागितामा अपाङ्गता महिला महासंघ नेपालका अध्यक्ष श्री निर्मला धिताल र राष्ट्रिय महिला आयोगका सचिव श्री कविराज पौडेलद्वारा कार्यरत प्रस्तुत भई सघन रुपमा विषयवस्तु माथि छलफल र आ- आफ्नो निकायबाट अपाङ्गता भएका महिलाका सवाललाई संवोधन गर्ने प्रतिवद्धता र निष्कर्ष सहित सम्पन्न भयो ।