राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुली ज्यूको अध्यक्षता साथै माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल ज्यू र माननीय सदस्य श्री सावीत्रा कुमारी शर्मा ज्युको उपस्थितीमा अन्तरास्ट्रिय नारा “ Orange the world, end violence against women now “ र राष्ट्रिय नारा “ घरैबाट शुरु गरौ , महिला हिंसा आन्त्य गरौ ‘ भन्ने मूल सन्देशका साथ आयोगले बुधबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै विहीबारदेखि सुरु हुन लागेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका बारेमा जानकारी गराएको छ ।
अभियानबारे जानकारी दिदैँ आयोगका माननीय अध्यक्ष श्री कमला पराजुली ज्युले ७५ प्रतिशत हिसां घर, नजिकका आफन्तबाट हुने गरेको पाइएको जानकारी दिनुभयो । हिंसामा परेकाले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले नै अधिकांश महिला हिंसा विरुद्ध उजुरी गर्न नआएको उहाको भनाई थियो ।