राष्ट्रिय महिला आयोगले माननीय सदस्य जया घिमिरेको अध्यक्षतामा मिति २०७८ कार्तिक ११ गते सप्तरी जिल्लामा “विद्यालयस्तरमा हुने महिला हिंसा निवारणका लागि विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम” आयोजना गरेको थियो । उक्त कार्यक्रममा सप्तरी जिल्लाका १० वटा विद्यालयका ८० भन्दा बढि विद्यार्थीहरु, शिक्षकहरु र व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।