Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १३ फाल्गुन २०८१, मंगलवार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

सिरहा जिल्लामा न्यायिक समिति तथा पदाधिकारीहरुबीच “लैङ्गिक हिंसा निवारणका असल अभ्यासहरु र न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम”


IMG

राष्ट्रिय महिला आयोगले माननीय सदस्य जया घिमिरेको अध्यक्षतामा मिति २०७८ कार्तिक १२ गते सिरहा जिल्लामा न्यायिक समिति तथा पदाधिकारीहरुबीच “लैङ्गिक हिंसा निवारणका असल अभ्यासहरु र न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम” आयोजना गरेको थियो । उक्त कार्यक्रममा सिरहा जिल्लाका १० भन्दा बढि पालिकाका उप प्रमुख, उपाध्यक्ष, न्यायिक समितिका सदस्यहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय अधिकारी, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, गैर सरकारी निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । उ्रक्त कार्यक्रमको प्रमुख अतिथि माननीय प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । कार्यक्रमको विशेष अतिथिमा जिल्ला समन्वय समितिका उप प्रमुख सरोज यादव हुनुहुन्थ्यो ।