Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • ९ फाल्गुन २०८१, शुक्रबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम


IMG

“Unite! Invest to Prevent Violence Against Women and Girls ” “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला कुमारी पराजुलीज्यूको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा माननीय अर्थमन्त्री डा. प्रकाश शरण महतज्यू प्रमुख अतिथीको रुपमा उपस्थित हुनु भई सम्बोधन गर्नु भयो । अभियान शुभारम्भ समारोहको उद्देश्य सहित राष्ट्रिय महिला आयोगका माननीय सदस्य कृष्ण कुमारी पौडेल खतिवडाज्यूले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । संवैधानिक निकायका माननीय सदस्यज्यूहरु¸ संवैधानिक निकायका सचिवज्यूहरु¸ विभिन्न मन्त्रालयका लैङ्गिक सम्पर्क व्यक्तिहरु¸ गैरसरकारी एवं सामाजिक संघसंस्थाका प्रतिनिधीहरु र सञ्चारकर्मी तथा अधिकारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा लैङ्गिक हिंसा न्युनिकरणमा संलग्न सरोकारवालाहरुलाई उत्प्रेरित गर्ने गरी विज्ञ स्रोत व्यक्ती डा. राजु अधकारीले उत्प्रेरणात्मक प्रवचन गर्नु भएको थियो भने राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य लिली थापाज्यू¸ राष्ट्रिय योजना आयोगका सदस्य माननीय अनिता ढुङ्गानाज्यू¸ निर्वाचन आयुक्त माननीय जानकी तुलाधरज्यू लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।