Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १७ चैत्र २०८१, सोमबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

किर्तिपुर बर्न अस्पतालमा अनुगमन


IMG

मिति २०७८।०७।१२ गते राष्ट्रिय महिला आयोगका माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडाज्यूको नेतृत्वमा कर्मचारी महिला विकास अधिकृत श्री रोशनी श्रेष्ठ सहितको टोलीबाट किर्तिपुर बर्न अस्पतालमा उपचारत  ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ११ बस्ने २७ वर्षिय मुना मगरलाई  मिति २०७८।०७।११ गते विहान ४ बजे नीजकी श्रीमान् राजु देशारले मट्टीतेल खन्याई जलाएको घटनाको बारेमा जानकारी लिन अनुगमन गरीएको थियो ।

अस्पतालका चिकित्सक टोली र पीडितको आफन्तसँग भेट गरी पीडितको अवस्थाबारे बुझि पीडितको उपचारको लागि आयोगले अस्पताल प्रमुख, चिकित्सकहरुसँग समन्वय गर्ने कुरा सदस्यज्यूले  बताउनु भएको थियो । आगोबाट मुनाको शरीरको भाग ५० प्रतिशत जलेर गम्भीर घाइते भएकी छिन् । नीजकी श्रीमान् राजु देशार पक्राउ भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक श्री प्रज्वल महर्जनले बताउनु भएको छ ।

अनुगमन टोलीले अस्पताल  प्रमुख डा. पेरु प्रधानसँग पीडितको उपचारको लागि  सम्बन्धित निकायसँग समन्वय गर्ने कुरा बताउनु भएको थियो ।

श्रीमान् ले ज्यान मार्ने हिसाबले घटना गरेकोले कडा भन्दा कडा सजाय होस् भनी ‍पीडितको माग रहेको छ ।