Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १२ फाल्गुन २०८१, सोमबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

एकद्धार संकट व्यबस्थापन केन्द्र र कोशिश नेपालको महिला तथा बालबालिकाहरुका लागि अल्पकालिन सुरक्षित गृहको अनुगमन


IMG

मिति २०७८।०९।२५ गते  माननीय अध्यक्ष श्री कमला कुमारी पराजुली, सचिव श्री शैलजा रेग्मी र म.वि.अ. श्री रोशनी श्रेष्ठ कर्माचार्यको टोलीद्धारा काठमाडौं थापाथली प्रसुती गृहमा सञ्चालित एकद्धार संकट व्यबस्थापन केन्द्र (OCMC) को अनुगमन गरिएको थियो । OCMC को फोकल पर्सन डा. देवी गुरुङ्ग र इन्चार्ज सुकुमाया लामा लगायतका कर्मचारीहरुसँग भेटी OCMC मार्फत हिंसा पीडित वा प्रभावित व्यक्तीहरुलाई स्वास्थ्य उपचार लगायत कानूनी, मनोसामाजिक परामर्श, सुरक्षा, सुरक्षीत आवास र पूनर्स्थापनाका लागि प्रदान गरिने सेवाहरुको जानकारी लिइएको थियो ।

OCMC बाट गत आर्थिक वर्ष ०७७।०७८ मा विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाहरुबाट सिफारिस गरिएका २८२ जना हिंसा प्रभावितहरुलाई सेवा प्रदान गरिएको थियो ।

नेपालको राजधानीको प्रसुती गृहमा रहेको  एकद्धार संकट व्यबस्थापन केन्द्रमा नेपाल प्रहरी, महिला आयोगको सिफारिसमा विभिन्न स्थानबाट सबै खालका हिंसाबाट पीडित महिलाहरु आउने गरेको तर सेवा दिन जनशक्तीको अभाव रहेको, अझै पनि विभिन्न पालिकाबाट हिंसा प्रभावित महिलाहरुलाई सिफारिस गरी पठाएको अवस्था नरहेको, OCMC को सेवा प्रवाहबारे प्रचार प्रसार नभएको जस्ता चुनौती रहेको बताउनु भएको थियो।

सोही दिन ललितपुर महानगरपालिका वडा नं. २५ मा अवस्थित कोशिश नेपाल महिलाबाट सञ्चालित महिला तथा बालबालिकाहरुका लागि अल्पकालिन सुरक्षित गृहको अनुगमन गरिएको थियो । गृहमा विभिन्न जिल्लाबाट आएका मानसिक रोगका विरामीहरुको उपचार तथा मनोसामाजिक परामर्शका  सेवा  दिई रहेको साथसाथै अतिरिक्त सीपमूलक क्रियाकलापहरुमा सहभागी गराउने गरेको, उपचार पश्चात घर फर्केका महिलाहरुलाई फलोअप गरी अवस्था बुझ्ने र हालसम्म ८०० जना महिला, पुरुष र बालबालिकालाई सेवा प्रदान गरिसकेको जानकारी उक्त गृहका संयोजक संगीता पौडेलले दिनुभएको थियो ।