ध्यानाकर्षण

ध्यानाकर्षण

None

 ध्यानाकर्षण

 

मिति २०८३।०५।१० को भोटेकोशीको भीषण बाढीबाट सृजना भएको विपद्‍मा आफ्‍ना परिवारका सदस्य गुमाएका महिलाले हराएका व्यक्तिको खोजीका लागि सरकारसँग अनुरोध गर्दा विपद् पीडित महिलालाई सहानुभूति र संवेदनशीलता प्रकट गर्नुपर्ने अवस्थामा अपमानजन्य र अमर्यादित भाषा प्रयोग गरी विभिन्न सामाजिक सञ्जाल मार्फत गाली-गलौज गरेको विषयमा यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

विपद प्रभावित व्यक्तिहरू मध्येपनि महिलाहरूमा गहिरो मनोसामाजिक असर परिरहेको र आफ्‍नै पति गुमाएका महिलामा परेको मनोवैज्ञानिक असर दर्दनाक रहेकोमा खोजी र उद्दार कार्यका लागि राज्य संयन्त्र, संघसंस्था एवं नागरिक समाज समेत सक्रीय रहेको अवस्था छ। 

विपद्‍मा परेका व्यक्तिलाई मानवीय सहयोग गर्नु राज्य र एक सभ्य समाजको कर्तव्य पनि हो। विपद् प्रभावित व्यक्तिलाई आर्थिक, भौतिक, मानवीय एवं मनोवैज्ञानिक तरिकाबाट सहयोग गर्न जुट्नु पर्ने सन्दर्भमा गाली-गलौज गर्ने र अमर्यादित भाष्यको प्रयोगबाट पीडितलाई अझ बढी चोट पुर्‍याउने कार्यमा संलग्न नहुन सबैमा अनुरोध गरिन्छ।

यसरी प्रविधीको दुरुपयोग गर्दै सामाजिक सञ्जालहरूबाट पीडितमाथि अपमानजनक टिका-टिप्पणी गर्ने व्यक्ति वा पक्षलाई प्रचलित कानूनबमोजिम कारवाहीको प्रकृया अगाडि बढाउँदै पीडितलाई न्यायको प्रत्याभूति गराउन आयोगबाट सम्बद्ध पक्षको ध्यानाकर्षण गरिन्छ। 

 

 

काली प्रसाद पराजुली

सचिव

२०८३ भाद्र २२ गते सोमबार