१. अन्तर्राष्ट्रिय सन्धि/सम्झौता र प्रतिवेदन सम्बन्धी कार्यहरू
नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूको पालना र प्रतिवेदन तयारी सम्बन्धी जिम्मेवारीहरू:
-
अन्तर्राष्ट्रिय दायित्व अनुगमन: महिलाको हकहितसँग सम्बन्धित कानुन वा नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पूर्ण र प्रभावकारी पालनाका साथै अन्तर्गतको दायित्व कार्यान्वयन भए/नभएको सम्बन्धमा नियमित अनुगमन गरी सही कार्यान्वयनका लागि उपायसहित नेपाल सरकारका लागि सुझाव तयार गर्ने।
-
अन्तर्राष्ट्रिय प्रतिवेदन तयारी: महिला अधिकारसँग सम्बन्धित नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय सन्धि वा सम्झौतामा भएको व्यवस्था अनुसार नेपालले पठाउनुपर्ने प्रतिवेदन तयारीका सम्बन्धमा नेपाल सरकारका लागि सुझाव तयार गर्ने कार्य।
-
अभिलेख तथा सुझाव अद्यावधिक: नेपाल पक्ष राष्ट्र भएका सन्धि सम्झौताको नियमित प्रतिवेदन तथा प्रतिवेदनमाथि सरकारलाई दिइएका सुझाव तथा निष्कर्षको विवरण अद्यावधिक गर्ने सम्बन्धी कार्य।
२. नीति तथा कानुन निर्माण सम्बन्धी कार्यहरू
महिला सशक्तीकरण र आयोगको कार्यक्षेत्रसँग सम्बन्धित नीतिगत र कानुनी सुधारका कार्यहरू:
-
मन्त्रालयगत समन्वय र सञ्चार: महिला सशक्तीकरणको सम्बन्धमा आवश्यक नीति तथा कानुन निर्माण तथा कार्यान्वयनका विषयमा अन्य सम्बन्धित मन्त्रालय/निकायसँग सञ्चार, समन्वय र सहकार्य गर्ने कार्य।
-
नीतिगत अध्ययन अनुसन्धान: आयोगको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा आवश्यक नीति र कानुन निर्माण गर्न अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य।
३. अनुसन्धान, सञ्चार र सिफारिस सम्बन्धी कार्यहरू
सञ्चार माध्यमका सामग्रीको विश्लेषण, संस्थागत अभिलेख र भावी दिशा तय गर्ने कार्यहरू:
-
सञ्चार माध्यमका समाचार विश्लेषण: सञ्चार माध्यममा प्रकाशित महिला सरोकारका समाचारहरूको विश्लेषण गरी आवश्यक नीतिगत सुझाव तयार गर्ने सम्बन्धी कार्य।
-
संस्थागत कार्य विश्लेषण: आयोगले सम्पन्न गरेका कामहरूको विश्लेषण तथा भावी कार्यदिशाका सम्बन्धमा आवश्यक सुझाव तयार पार्ने सम्बन्धी कार्य।
-
सरोकारवाला संस्थाहरूको अभिलेख: सञ्चार माध्यम एवं महिला सरोकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरूको विवरण अद्यावधिक गर्ने सम्बन्धी कार्य।