१. उजुरी, छानबिन र कानुनी कारबाही सम्बन्धी कार्यहरू
उजुरी लिने, अनुसन्धान गर्ने, मेलमिलाप गराउने र कानुनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारीहरू:
-
उजुरी दर्ता र प्रारम्भिक छानबिन: आयोगमा प्राप्त हुन आएका उजुरीहरूको दर्ता, कारबाही र प्रारम्भिक छानबिन सम्बन्धी कार्य।
-
हेल्पलाइन र उजुरी व्यवस्थापन: आयोग र हेल्पलाइन (११४५) अन्तर्गत प्राप्त उजुरीहरूको व्यवस्थापन सम्बन्धी कार्य।
-
सिफारिस र आदेश: उजुरी व्यवस्थापनको क्रममा आवश्यकता अनुसार सम्बन्धित निकायहरूमा समन्वयका लागि सिफारिस र आदेश तयार गरी पेश गर्ने।
-
तत्काल घटना अनुगमन र मुद्दा दायर: तत्कालीन घटनाको अनुगमन गरी सोको अनुसन्धान गर्ने र मुद्दा दायर गर्नुपर्ने तथा महिला हिंसा र महिला अधिकार प्रयोग गर्न नदिएको विषयमा मुद्दा दायर गर्ने सम्बन्धी कार्य।
-
मेलमिलाप र अनुगमन: कानुन बमोजिम मिलापत्र (मेलमिलाप) गराउने सम्बन्धी कार्य तथा उजुरी सिफारिसको अनुगमन सम्बन्धी कार्य।
-
आयोग विरुद्धका रिट: आयोग विरुद्ध परेका रिट निवेदन सम्बन्धी कानुनी कार्य।
२. पीडित सुरक्षा, परामर्श र राहत सम्बन्धी कार्यहरू
पीडित महिला तथा उनीहरूका आश्रितहरूलाई तत्काल आवश्यक पर्ने सेवा र संरक्षण सम्बन्धी कार्यहरू:
-
पीडित सेवा सिफारिस: पीडितका लागि आवश्यक मनोसामाजिक परामर्श, निःशुल्क कानुनी सहायता, अल्पकालीन तथा दीर्घकालीन आश्रय (सेफ हाउस) तथा पुनस्र्थापना जस्ता सेवाका लागि सिफारिस गर्ने सम्बन्धी कार्य।
-
आश्रित बालबालिका सेवा: पीडितसँग आश्रित बालबालिकाहरूका लागि विशेष सेवा सम्बन्धी कार्य।
-
सरोकारवालासँग समन्वय: महिला हिंसा नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरी निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने कार्य।
३. कानुनी राय, अध्ययन तथा नीतिगत सुझाव सम्बन्धी कार्यहरू
कानुनको अध्ययन, व्याख्या, लैङ्गिक विश्लेषण र आयोग तथा सरकारलाई राय दिने कार्यहरू:
-
कानुनी राय प्रदान: आयोगलाई आवश्यक परेको विषयमा कानुनी राय दिने; साथै नीति निर्माण, कानुन निर्माण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनको विषयमा कानुनी राय प्रदान गर्ने।
-
कानुनी व्यवस्थाको अध्ययन: महिलासँग सम्बन्धित कानुनी व्यवस्था र सोको कार्यान्वयनको सम्बन्धमा अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य।
-
कानुन निर्माण र लैङ्गिक विश्लेषण: आवश्यक कानुन निर्माण सम्बन्धी कार्यका साथै महिलाका हक हितसँग सम्बन्धित नीति तथा कानुनहरूको अध्ययन, अनुसन्धान तथा लैङ्गिक विश्लेषण गरी सरकार समक्ष पेश गर्ने सुझाव तयार गर्ने।
-
सूचना अभिलेखीकरण: महिला हिंसाका घटनासँग सम्बन्धित सूचनाहरूको अभिलेखीकरण र अध्ययन गर्ने/गराउने सम्बन्धी कार्य।