क) प्रशासकीय कार्यहरू

कर्मचारी व्यवस्थापन, भौतिक स्रोतको परिचालन, र दैनिक कार्यालय सञ्चालन सम्बन्धी जिम्मेवारीहरू:

  • कार्यालय सञ्चालन र समन्वय: अन्य शाखाहरूसँगको समन्वयमा विस्तृत रूपमा कार्यालय सञ्चालन गराउने तथा कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने।

  • भौतिक स्रोत साधनको व्यवस्थापन: आयोगको सवारी साधन लगायत भौतिक स्रोत साधनको संरक्षण तथा व्यवस्थापन गर्ने।

  • कर्मचारी प्रशासन: आयोगमा रहेका कर्मचारीहरूको व्यक्तिगत विवरण व्यवस्थापन, दरबन्दी तथा प्रशासनिक व्यवस्थापन सम्बन्धी कार्य।

  • वृत्ति र क्षमता विकास: आयोगका कर्मचारीहरूको क्षमता र वृत्ति विकासका साथै तालिम, गोष्ठी, सेमिनार, र बैठक सम्बन्धी कार्य।

  • पुरस्कार र सजाय: कर्मचारीहरूको पुरस्कार तथा विभागीय सजाय सम्बन्धी कार्य।

  • खरिद र जिन्सी: कार्यालयका लागि खरिद गर्नुपर्ने सामानको पहिचान र सिफारिस गर्ने सम्बन्धी कार्य।

  • नागरिक सेवा र गुनासो: नागरिक वडापत्र र कार्यालयमा प्राप्त हुने गुनासो व्यवस्थापन सम्बन्धी कार्य।

  • पुस्तकालय व्यवस्थापन: कार्यालयको पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य।

  • हेल्पलाइन सेवा व्यवस्थापन: हिंसा पीडित महिलालाई सहयोग पुर्याउन सञ्चालित "खबर गरौं ११4५" हेल्पलाइन सेवा व्यवस्थापन सम्बन्धी कार्य।

  • विविध कार्य: अन्य शाखाको कार्य विवरणमा नपरेका (तत्काल आइपर्ने) अन्य प्रशासनिक कार्यहरू गर्ने।

ख) योजनासम्बन्धी कार्यहरू

नीति, बजेट, अनुगमन, तथ्यांक, र प्रतिवेदन लेखन जस्ता रणनीतिक जिम्मेवारीहरू:

  • रणनीतिक योजना तर्जुमा: आयोगको वार्षिक तथा आवधिक कार्ययोजना र रणनीतिक योजना तर्जुमा सम्बन्धी कार्य।

  • बजेट तथा कार्यक्रम: वार्षिक बजेट योजना तथा कार्यक्रम तयारी गर्ने।

  • कार्ययोजना र अनुगमन: स्वीकृत वार्षिक कार्यक्रमको कार्ययोजना (Work Plan) कार्यान्वयन तथा अनुगमनका निमित्त सूचकहरू (Indicators) तथा लक्ष्य निर्धारण सम्बन्धी कार्य।

  • प्रतिवेदन तयारी: आयोगको मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य।

  • तथ्यांक र सूचना व्यवस्थापन: तथ्यांक संकलन र व्यवस्थापन, सूचना संकलन, संग्रह, अभिलेखन र सम्पादन सम्बन्धी कार्य।

  • अध्ययन, अनुसन्धान र सूचना केन्द्र: सूचना केन्द्रको व्यवस्थापन तथा अध्ययन-अनुसन्धानसँग सम्बन्धित सामग्रीहरूको संकलन र अभिलेख व्यवस्थापन गर्ने।

  • प्रकाशन र वितरण: आयोगबाट प्रकाशन गरिने सामग्रीहरूको उत्पादन, प्रकाशन र वितरण योजना तयार गर्ने।