मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

प्रेस विज्ञप्ति २०७८ असोज १७

प्रकासित मितिः 2021-10-03

आज मिति २०७८ असोज १७ गते राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रिय महिला आयोगको तर्फबाट आयोगका माननीय अध्यक्ष श्री कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

उक्त अवसरमा सम्माननीय राष्ट्रपतिले लामो समयको संघर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठुलो उपलब्धिको रूपमा रहेको कुरा उल्लेख गर्नुहुँदै सबै किसिमका लैङ्गिक विभेद अन्त्य गर्दै समानतामा आधारित समाज निर्माण गर्न आयोगले प्रतिबद्धतासाथ कार्य गर्नुपर्ने कुरा बताउनुभयो । आयोगले गत आर्थिक वर्षमा सम्पादन गरेका सबै कार्यहरूलाई समेटी निर्धारित समयभित्रै प्रतिवेदन पेश गरेकोमा खुसी व्यक्त गर्नुहुँदै उहाँले आयोगलाई आगामी दिनमा अन्य संवैधानिक निकायहरूसँग समेत आवश्यक समन्वय र सहकार्य गरी महिला हक अधिकारको संरक्षण र संवर्द्धन तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्न समेत निर्देशन दिनुभयो ।

राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीले राष्ट्रिय महिला आयोगबाट आर्थिक वर्ष २०७७/७८ मा सम्पादित काम कारवाहीहरूलाई समेटी तयार गरिएको चौधौँ वार्षिक प्रतिवेदन पेश गर्ने अवसर प्रदान गर्नुभएकोमा आयोगको तर्फबाट सम्माननीय राष्ट्रपतिज्यूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै प्रतिवेदनमा समेटिएका मुख्य-मुख्य विषयहरू बारेमा संक्षेपमा प्रकाश पार्नुभएको थियो । प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका माननीय सदस्यहरू श्री कृष्णकुमारी पौडेल खतिवडा, श्री विद्याकुमारी सिन्हा, श्री जया घिमिरे र श्री सावित्राकुमारी शर्मा सहित आयोगका सचिव, उपसचिव लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो । प्रतिवेदनमा समेटिएका मुख्य विषयहरू संलग्न अनुसूचीमा उल्लेख भएबमोजिम रहेका छन् ।

२०७८ असोज १७ गते (श्यामप्रसाद श्रेष्ठ)

उपसचिव एवं प्रवक्ता

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram