मिति २०७९।०५।२१ गते राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला कुमारी पराजुलीको अध्यक्षतामा लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम होटल यलो प्यागोडा जमलमा सम्पन्न भयो । कार्यक्रममा माननीय सदस्यज्यूहरु कृष्ण कुमारी पौडेल खतिवडा, विद्या कुमारी सिन्हा र सावित्रा कुमारी शर्माको उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रममा स्रोत व्यक्तिको रुपमा डा. लक्ष्मी तामाङ्गले लैङ्गिक हिंसाका कारण महिलाको प्रजनन् स्वास्थ्यमा पर्ने असरका विषयमा र मातृका देवकोटाले लैङ्गिक हिंसाका कारण महिलाको मानसिक स्वास्थ्यमा पर्ने असरबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । आयोगका सचिव श्री कविराज पौडेलज्यूबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।आयोगका माननीय सदस्य कृष्ण कुमारी पौडेल खतिवडाज्यूले पनि आफ्नो भनाई राख्नु भएको थियो । खुला छलफलमा महत्वपूर्ण सुझावहरु मुख्य सरोकारवालाहरुबाट आएपछि निश्कर्ष सहित अध्यक्षबाट कार्यक्रम समापन भयो। कार्यक्रममा अतिथीको रुपमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलज्यू उपस्थित भई आफ्नो मन्तव्य व्यक्त भएको थियो । र काठमाडौं जिल्ला समन्वय समितिका सदस्य सपना परियार पनि अतिथीको रुपमा उपस्थित हुनु भई मन्तव्य व्यक्त गर्नु भएको थियो ।