Mobile app 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
Bhadrakali Plaza, Kathmandu, Nepal
Logo of National Women Commission

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

प्रकासित मितिः 2023-03-07

आज मिति २०७९।११।२३ गतेका दिन राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस "DigitalAll: Innovation Technology for Gender Equality, लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार्" नाराका साथ माननीय कार्यवाहक अध्यक्ष श्री विद्या कुमारी सिन्हाको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय सभाका उप सभामुख श्री उर्मिला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य माननीय जया घिमिरे, सदस्य माननीय सावित्रा कुमारी शर्मा¸राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय लिली थापा¸राष्ट्रिय समावेशी आयोगका सदस्य माननीय श्री विष्णुमाया ओझा¸अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य माननीय डा. सुमित्रा श्रेष्ठ अमात्य¸ किसान आयोगका माननीय सदस्यहरु जीवन्ती पौडेल¸ पुष्पा भुषाल¸मञ्जु धितालको पनि अतिथिको रुपमा उपस्थिति रहेको थियो साथै कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि¸सूरक्षा निकायका प्रतिनिधीहरु¸विभिन्न सञ्चारकर्मीहरु¸ राष्ट्रिय महिला आयोगका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो भने प्रमुख महिला विकास अधिकृत सीता अधिकारीज्यूले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram