Mobile app 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
Bhadrakali Plaza, Kathmandu, Nepal
Logo of National Women Commission

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

प्रकासित मितिः 2023-12-12

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानी ऐक्यबद्धता" भन्ने नारा सहित विश्वव्यापी रुपमा मनाइएकोफ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।२४ गते (१० डिसेम्बर¸ २०२३)का दिन औपचारिक कार्यक्रम समापन भयो । कार्यक्रममा राष्ट्रिय महिला आयोगद्वारा सञ्चालित "खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रमको रुपमा पनि यो कार्यक्रम आयोजना गरिएको हो । आयोगका माननीय अध्यक्ष कमला कुमारी पराजुलीज्यूको अध्यक्षता गर्नु भएको कार्यक्रममा महिला¸ बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री सुरेन्द्र राज आचार्यज्यू प्रमुख अतिथीको रुपमा उपस्थित हुनु भई कार्यक्रमलाई सम्बोधन गर्नु भयो । कार्यक्रममा आयोगका सचिव श्री कमल बहादुर राजलवटज्यूले कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । खवर गरौं हेल्पलाइन सेवा र राष्ट्रिय महिला आयोगबाट पीडितलाई प्रवाह भएको सेवाको सवालमा आयोगका सूचना अधिकारी चन्द्रा थापाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी माननीय सदस्य सावित्रा कुमारी शर्माले धन्यवाद ज्ञापन मन्तव्य व्यक्त गर्नु भयो भने आयोगका सेवाग्राही तथा साझेदार निकाय ल्याक नेपालको अध्यक्ष अनिता थपलियाको समेत मन्तव्य रहेको थियो । अन्त्यमा १६ दिने अभियान सफल भएको जानकारी गराउँदै कार्यक्रमको निश्कर्षमा "हिंसाको अन्त्य गर्ने" रहेको जानकारी सहित कार्यक्रमका अध्यक्ष एवं आयोगका माननीय अध्यक्षबाट कार्यक्रमको औपचारिक समापन भयो ।

Events

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram