Mobile app 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
Bhadrakali Plaza, Kathmandu, Nepal
Logo of National Women Commission

राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्तिको एक वर्ष

प्रकासित मितिः 2022-02-04

आज मिति २०७८ माघ २१ गते राष्ट्रिय महिला आयोगको संवैधानिक हैसियत प्राप्त भए पश्चात पदाधिकारी नियुक्तिको एक वर्ष पुरा भएको छ । सोही अवसरमा आज माननीय अध्यक्ष कमला कुमारी पराजुलीको अध्यक्षतामा माननीय सदस्य कृष्ण कुमारी पौडेल कुमारी खतिवडा, माननीय सदस्य विद्या कुमारी सिन्हा, माननीय सदस्य जया घिमिरे र माननीय सदस्य सावित्रा कुमारी शर्माको उपस्थितिमा राष्ट्रिय महिला आयोगमा पदाधिकारीको नियुक्ति पश्चातको १ वर्षभित्र (२०७७ माघ २१ देखि, २०७८ माघ २०) सम्म सम्पन्न भएका कार्यहरुको सम्बन्धमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विभिन्न सञ्चार माध्ममा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

माननीय अध्यक्ष कमला कुमारी पराजुलीले आयोगले १ वर्षको अवधिमा ४९ जिल्लामा पुगी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको, जसमा विद्यालयस्तरीय देखि स्थानीय निकायमा न्यायिक समितिहिरुसँगको अन्तरक्रिया र अन्य विभिन्न समसामयिक सरोकारका विषयमा ६९ वटा कार्यक्रम भएको बताउनु भयो । आयोगले पदाधिकारीको नियुक्ति पश्चात योगमायाको योगदान स्मरण गर्दै असार २२ गते योगमाया स्मृति दिवस मनाउनुको साथै आयोगले सञ्चालन गर्ने कार्यक्रमहरुलाई समेत योगमाया महिला जागरण कार्यक्रम नामाकरण गरेको र पदाधिकारी नियुक्तिको पहिलो वर्ष महिला हिंसा विरुद्ध १६ दिने अभियानकै सन्दर्भमा भोजपुरको मझुवावेंसीमा पुगेर महिला अधिकार र महिलामाथि हुने हिंसा विरुद्ध अभियानमा योगमायाको योगदानको स्मरण गर्दै कार्यक्रम गरिएको समेत बताउनु भयो ।

मन्तव्यकै क्रममा अध्यक्षले आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायहरुलाई महिलाका विविध विषयहरुमा सिफारिसहरु समेत प्रदान गर्दै आयोगले १ वर्षभित्र धेरै पहलहरु गरेको तर अझ गर्न बाँकी धेरै कार्यहरु प्रष्ट पार्नुभएको थियो । यसै वर्ष आयोगले महिलाका विविध पक्षहरुलाई समेटेर महिलाको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा समेत रहेको बताँउदै आयोगको कार्यलाई थप प्रभावकारी बनाँउदै आगामी दिनमा पनि सल्लाह र सुझावका लागि समेत सञ्चारकर्मीहरु समक्ष अनुरोध गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका माननीय सदस्य कृष्ण कुमारी पौडेल कुमारी खतिवडाले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै आयोगले एक वर्षको अवधिमा पूर्वदेखि पश्चिमका विभिन्न ठाँउमा पुगी हिंसा पीडितको घटनाको स्थलगत अनुगमन गरी विभिन्न निकायमा सिफारिस गरी सहयोग पुगेको बताउनुभयो । आयोगले गम्भीर प्रकृतिका मुद्दामा स्थलगत अनुगमन गरी लैङ्गिक हिंसा निवारण कोषबाट सहयोग उपलब्ध गराएको समेत बताउनुभयो । आगामी दिनमा आयोगले आफ्नो कार्यलाई थप प्रभावकारी बनाँउदै आयोगको आफ्नै भवन निर्माण र प्रदेशमा कार्यालय स्थापनाका लागि पहल गर्ने बताउनुभयो । महिला माथि हुने विभिन्न प्रकारका हिंसा सम्बोधनका लागि आगामी दिनमा समन्वय र सहकार्य वृद्धि गर्दै महिलाको समस्याको सम्बोधनको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आयोगलाई सहयोग गर्ने सरकारी तथा गैर सरकारी निकायकलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।
आयोगका माननीय सदस्य विद्या कुमारी सिन्हाले १ वर्षको अवधिमा आयोगले धेरै महत्वपूर्ण कार्यहरु गरेको र अझ विशेषगरी मधेश प्रदेशका गम्भीर प्रकृतिका मुद्दाहरुमा स्थलगत अनुगमन गरी सम्बन्धित निकायलाई सिफारिस प्रदान गर्नुको साथै निष्पक्ष छानबीनको लागि समेत पहल गरेको बताउनुभयो । मधेश प्रदेशमा बालविवाह, दाइजो, घरेलुहिंसा र यौनजन्य हिंसा बढिरहेको पहिले त्यस्ता धेरै घटनाहरु बाहिर नआउने , उजूरीमा पुहुँच नहुने अवस्था थियो तर अहिले महिला आयोगमा धेरै उजुरीहरु आईरहेको र आयोगप्रति विश्वास बढेकोले आगामि दिनमा त्यस्ता हिंसा विरुद्ध सचेतना जगाउदै आयोगले आफ्नो कार्यलाई अझ शसक्त बनाँउदै लग्ने बताउनु भयो ।

कार्यक्रममा आयोगका सचिव श्री शैलजा रेग्मी भट्टराईले संवैधानिक आयोगको पदाधिकारीको नियुक्तिले आयोगलाई थप गती प्रदान गरेको बताँउदै १ वर्षको अवधिमा आयोगबाट सम्पन्न भएका कार्यहरुको साथै आयोगको भावी योजना र कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

पदाधिकारीहरुको पदवहालीको १ वर्षको अवसरमा राष्ट्रिय महिला आयोगबाट मह जोडीसँग निर्माण गरेको सचेतना मूलका पिएसए ( जिंगल) समेत सार्वजनिक भयो ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुबाट आयोगको कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न सुझावहरु प्राप्त भएका छन् ।
ड्ड उपत्यका बाहिरका घटनाहरुलाई स्थानीय तहमा नै सम्बोधन गर्नका लागि राष्ट्रिय महिला आयोगको प्रदेश कार्यालय र संयन्त्रको निर्माण गर्ने
ड्ड राष्ट्रिय महिला आयोगले महिलासँग सम्बन्धित विभिन्न विषयहरुको सम्बोधन गर्नका लागि सरकारका विभिन्न मन्त्रालय र निकायहरुसँग समन्वया गर्ने
ड्ड राष्ट्रिय महिला आयोगले महिलासँग सम्बन्धित विषयहरुलाई समेटेर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने
ड्ड आयोगभित्र पदाधिकारीबीच सकारात्मका वातावरण निर्माण गरी सम्पूर्ण महिलाहरुको हितको लागि कार्ययोजना बनाई काम गर्ने
ड्ड महिलाका लागि उपलब्ध सेवाहरुसम्बन्धी सचेतनामूलक सामाग्री बनाई प्रचार प्रसार गर्ने
ड्ड राष्ट्रिय महिला आयोगले गरेको कामको अभिलेखीकरण गरी समय समयमा सार्वजनिकिकरण गर्नुपर्ने

 

Events

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram