मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा साझा प्रतिबद्धता कार्यक्रम

प्रकासित मितिः 2021-11-25
"हिंसामुक्त समाज सभ्य समाजको आधार हो। लैङ्गिक भेदभाव, हिंसा र दुर्व्यवहार रहित न्यायपूर्ण समाजको निर्माणमा ऐक्यबद्धता जनाउँदै समाजमा विद्यमान हानिकारक अभ्यासहरू (बालविवाह, दाइजो, तिलक, छाउपडी, लिङ्ग पहिचान सहितको गर्भपतन, बोक्सीको आरोप, जातीय छुवाछुत र विभेद आदी) र महिला माथि हुने कुनै पनि हिंसा हामी गर्दैनौँ, सहन्नौँ र भएमा सशक्त प्रतिकार गर्ने सामूहिक प्रतिबद्धता गर्दछौ।"
आज २५ नोभेम्बर २०२१ का दिन मनाइने महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका साथ-साथै आजै देखी सुरु हुने महिला हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा यसरी सबै आदरणीय उपस्थितले आ-आफ्नो बलियो समर्थन दिनु भएको छ। माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीज्यू , राष्ट्रिय महिला आयोगको माननीय अध्यक्ष कमला कुमारी पराजुलीज्यू र सदस्यहरू कृष्ण कुमारी खतिवडाज्यू तथा सावित्रा कुमारी शर्माज्यू एवम् विभिन्न संवैधानिक निकायका सदस्यज्यूहरू, विकास साझेदार संस्थाहरूका प्रमुख तथा प्रतिनिधिज्यूहरू , महिला अधिकारी तथा अभियन्ताज्यूहरू , आदरणीय सञ्चारकर्मीज्यूहरु , नेपाल सरकारका विशिष्ट श्रेणीका सबै कर्मचारीहरू, महिला हक, हित र अधिकारका लागि निरन्तर लागिरहनु भएका सामाजिक अभियन्ताज्यूहरू , महिला अधिकारकर्मी र समानताको पक्षमा अनवरत कलम चलाइरहनु भएका लेखक, साहित्यकार तथा सञ्चारकर्मी साथीहरूको माझमा राष्ट्रिय महिला आयोगमा यो प्रतिबद्धता गरिएको हो।

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram