मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission
a group of people participating in the program

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा जातीय विभेद सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम

प्रकासित मितिः 2019-11-29

राष्ट्रिय महिला आयोग द्वारा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मंगलबार दक्षिणकाली नगरपालिकामा जातीय विभेद सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम संचालन भयो। कार्यक्रममा  प्रमुख अतिथी दक्षिणकाली नगरपालिका का नगर प्रमुख श्री मोहन बस्नेत र विशेष अतिथी उप-मेयर बसन्ती तामांग डंगोलका साथै प्रमुख महिला विकास अधिकृत मीरा शेरचन, दलित महिला सदस्यहरु, र सम्बन्धित कर्मचारीहरुको उपस्थितिमा कार्यक्रमको संचालन महिला आयोगको सूचना अधिकारी ध्रुव राज क्षेत्री द्वारा सम्पन्न भयो।

प्रमुख अतिथिले १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभ्यान दक्षिणकाली नगरपालिकामा आयोजना गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो। सबै तह र तपकाबाट लागे भविष्यमा हिंसा न्यूनीकरण हुन सक्ने बताउनु भएको थियो। श्रीमान सचिव ज्यूको कार्यपत्र मा राष्ट्रिय महिला आयोग को स्थापना काल देखि हाल सम्म गरेका काम कारवाहीको बारेमा जानकारी गराउनु भएको थियो। यसका साथै २ वटा कार्यपत्र प्रस्तुत भएको थियो।

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram