मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता

प्रकासित मितिः 2021-02-25

राष्ट्रिय महिला आयोगले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा बालिकामाथि हुने यौनजन्य दुर्व्यवहार र यौन हिंसाको कारण, चुनौती र समस्या समाधानका उपाय विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता फाल्गुन १३, २०७७ गते संचालन गर्यो।

काठमाडौँ, ललितपुर, र भक्तपुर जिल्लाको ११ सामुदायिक विद्यालयबाट २२ जना विद्यार्थीहरुले आफ्ना वक्तृत्व कला प्रस्तुत गरे।

हरेक विद्यालयबाट एक छात्र र एक छात्राको सहभागिता थियो। हरेक सहभागीलाई छ मिनट समय उपलब्ध थियो।

विजेताहरु:

  • प्रथम स्थान: श्री जस्मिन भुजेल, कक्षा १०, पद्मकन्या मा वि, नगद पुरस्कार: रु. २०,०००
  • दोस्रो स्थान: श्री करुणा बुढाथोकी, कक्षा १२, सैनिक आवसीय, नगद पुरस्कार: रु. १५,०००
  • तेस्रो स्थान: श्री समीर गिरी, कक्षा १०, विश्वामित्र मा वि, नगद पुरस्कार: रु. १०,०००
  • सान्त्वना: श्री सौरभ पौडेल, कक्षा १२, सैनिक आवसीय, नगद पुरस्कार: रु. ५,०००

विजेता विद्यार्थीहरुलाई आयोगको १९ औं वार्षिकोत्सव (फाल्गुन २३, २०७७ गते) पुरस्कृत गरिनेछ।

कार्यक्रमका निर्णायक मण्डल
डा. बिन्दु शर्मा ज्यू, उपप्रध्यापक, रत्नराज्य क्याम्पस
श्री ऋतु राज भण्डारी ज्यू
श्री बबिता बस्नेत ज्यू, पत्रकार

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram