मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

लैङ्गिक विज्ञ तथा लैङ्गिक क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरु सूचीकृत गराउने सम्बन्धी सूचना

प्रकासित मितिः 2021-06-30

राष्ट्रिय महिला आयोग

भद्रकाली प्लाजा, काठमाण्डौं

प्रथम पटक प्रकाशित मितिः २०७८/०३/०२

दोश्रो पटक प्रकाशित मितिः २०७८/०३/१७

लैङ्गिक विज्ञ तथा लैङ्गिक क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरु सूचीकृत गराउने सम्बन्धी सूचना

महिला हक अधिकारको संरक्षण र संवर्द्धन, लैङ्गिक समानता, महिला सशक्तीकरण तथा लैङ्गिक हिंसा नियन्त्रणको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको संवैधानिक निकाय राष्ट्रिय महिला आयोगले आफूले तर्जुमा गर्ने नीति, रणनीति, योजना तथा वार्षिक कार्यक्रमहरुमा आवश्यक सल्लाह, सुझाव, र पृष्ठपोषण प्राप्त गर्न, आयोगबाट लैङ्गिक समानता, महिला अधिकार र महिला सशक्तीकरणको विषयमा सञ्चालन हुने विभिन्न प्रकृतिका कार्यक्रमहरूमा स्रोत व्यक्तिको रूपमा सहयोग प्राप्त गर्न तथा आयोगबाट हुने अध्ययन, अनुसन्धान लगायतका कार्यक्रमहरूमा विशेषज्ञ सेवा, परामर्श सेवा लगायतका आवश्यक सेवाहरू प्राप्त गर्ने प्रयोजनले लैङ्गिक सरोकारको क्षेत्रमा कार्य गरिरहनुभएका विज्ञ तथा संघसंस्थाहरूको रोष्टर तयार गर्न लागेको छ । यस सन्दर्भमा तपसीलमा लेखिएका योग्यता तथा कार्यअनुभव भएका व्यक्ति तथा संघसंस्थाहरूमध्ये उक्त रोष्टरमा सूचीकृत हुन इच्छुक दक्ष/विज्ञ व्यक्ति तथा सङ्घ-संस्थाहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस आयोगमा सूचीकृत हुन Online माध्यमबाट रीतपूर्वकको निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

लैङ्गिक विज्ञहरूको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव

मानविकी, व्यवस्थापन, कानून, विज्ञान वा समाज शास्त्र कुनै विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरी महिला अधिकार, मानवाधिकार र लैङ्गिक सरोकारको क्षेत्रमा विशेषज्ञता हासिल गरेको ।
लैङ्गिक सरोकारका विषयमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको ।
लैङ्गिक समानता, महिला मानवाधिकार, महिला सशक्तीकरण¸ लैङ्गिक मूलप्रवाहीकरण, लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी विषयमा अध्ययन, अनुसन्धान गरी अनुसन्धानात्मक कृति/लेख रचना प्रकाशन गरेको,
महिलाको हक, अधिकार सम्बन्धी तालिम/प्रशिक्षण, कानून तर्जुमा, सुधार तथा परिमार्जनका क्षेत्रमा कार्य गरेको ।
लैङ्गिक सरोकारका विषयमा राष्ट्रिय/अन्तर्राष्ट्रिय मञ्चहरूमा स्रोत व्यक्ति, विज्ञ वा परामर्शदाताको रूपमा काम गरेको ।
लैङ्गिक क्षेत्रमा कामगर्ने सङ्घसंस्थाहरूको आवश्यक योग्यता र अनुभव

लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकार वा महिला हित तथा कल्याणको क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको।
प्रचलित कानून अनुसार दर्ता भई समाज कल्याण परिषद्‍मा आबद्ध भएको तथा वार्षिक रूपमा नवीकरण हुँदै आएको ।
नेपाल सरकारबाट तोकेको न्यूनतम मापदण्डको अधीनमा रही कार्य गर्दै आएको।
सूचीकृत हुनका लागि पेश गर्नुपर्ने कागजातहरू

व्यक्तिको हकमा

(क) व्यक्तिको शैक्षिक योग्यता तथा कार्य अनुभव खुल्ने संक्षिप्त वैयक्तिक विवरण (Curriculum Vitae)/ पासपोर्ट साइजको फोटो सहित।

(ख) माथिल्लो शैक्षिक उपाधि, नेपाली नागरिकताको प्रमाणपत्र ।

(ग) सम्बन्धित क्षेत्रमा कार्य अनुभव पुष्टि हुने कागजात।

(घ) कुनै सङ्घसंस्थामा कार्यरत वा आबद्ध भएको भए सो संस्थाको सिफारिश पत्र  । स्वतन्त्र व्यक्ति (फ्रिलेन्सर) को रूपमा कार्यरत बौद्धिक व्यक्तिको हकमा संस्थाको सिफारिश पत्र आवश्यक  नपर्ने

संस्थाको हकमा

 

संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN), करचुक्ता प्रमाणपत्र,
संस्थाको संक्षिप्त विवरण खुल्ने कागजात (प्रोफाइल, ब्रोस्योर, बुकलेट आदि),
अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,
संस्थाको कार्य प्रकृति र संस्थाले प्रदान गर्ने सेवाको विवरण तथा पछिल्लो ५ वर्षको प्रगति विवरण,
संस्थामा आबद्ध सञ्चालक, पदाधिकारी तथा स्रोत व्यक्तिहरूको नामावली ।
फारम लिङ्कः https://docs.google.com/forms/d/1q1liB5m4TRmK5L1G-IMRc1fMgJAE0sUTCBpNJ1yIpqI/edit

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram