मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

राष्ट्रिय महिला आयोगबाट लै‌गिक हि‌सा नियन्त्रणसम्बन्धमा पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना

प्रकासित मितिः 2021-07-21

राष्ट्रिय महिला आयोगले आज मिति २०७८ साउन ५ गते मुलुकमा बढ्दो लैंगिक हिंसा नियन्त्रण र रोकथामको विषयमा आयोगबाट भइरहेका कार्यहरू र आगामी दिनमा चाल्नुपर्ने कदमहरू सम्बन्धमा विभिन्न सञ्चार माध्यमसँग आबद्ध पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्‍यो । आयोगका माननीय अध्यक्ष कमलाकुमारी पराजुलीको अध्यक्षतामा आयोजित उक्त अन्तर्क्रिया कार्यक्रममा आयोगका माननीय सदस्यहरू श्री कृष्णकुमारी पौडेल खतिवडा, श्री विद्याकुमारी सिन्हा, श्री जया घिमिरे र श्री सावित्राकुमारी शर्मा लगायत विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू तथा आयोगका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोगका अध्यक्ष माननीय कमलाकुमारी पराजुलीले मुलुकमा महिला हिंसाको घटना दिनानुदिन बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै महिलामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न सम्बन्धित सबै पक्षसँग समन्वय र सहकार्य गर्न आवश्यक रहेको कुरा बताउनुभयो । हिंसा पीडित जोसुकै महिला तथा बालबालिकालाई न्याय दिलाउन र दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आयोगले कुनै पूर्वाग्रह नराखी निरन्तर कार्य गरिरहेको कुरा बताउनुभयो । साथै, आयोगले सञ्चालन गरिरहेको खबर गरौँ ११४५ हेल्पलाइन मार्फत देशभरका हिंसा पीडित र प्रभावित महिलाहरूलाई न्याय दिलाउन, सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउन आयोगले समन्वय गरिरहेको कुरा राख्नुभयो । धर्म, संस्कृति र परम्पराका नाममा महिला उपर हुने हानिकारक प्रथा र परम्पराका साथै सबै किसिमका हिंसालाई अन्त्य गर्न छाउपडी प्रथा तथा बोक्सीको आरोप लगाउने लगायतका सामाजिक कुरीतिहरूलाई अन्त्य गर्न आयोगले विभिन्न सचेतनामूलक, प्रवर्द्धनात्मक तथा उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको कुरा बताउनुभयो ।

कार्यक्रममा आयोगका सदस्य माननीय कृष्णकुमारी पौडेल खतिवडाले महिला हिंसाका घटनालाई आयोगले गम्भीरतापूर्वक लिने गरेको कुरा बताउनु हुँदै विगत पाँच महिनाको अवधिमा आफ्नो नेतृत्वमा आयोगबाट भएका सिन्धुपाल्चोक, चितवन, बाँके लगायतका विभिन्न जिल्लामा गरिएका स्थलगत अनुगमन निरीक्षण, सचेतनामूलक कार्यक्रमको सञ्चालन र सरकारका सम्बन्धित सरोकारवाला निकायहरूलाई दिएको निर्देशन सम्बन्धमा प्रस्तुति गर्नुभयो । यसैगरी माननीय सदस्य विद्याकुमारी सिन्हाले महोत्तरी, सर्लाही लगायतका जिल्लामा महिला हिंसा सम्बन्धमा भएका घटनाको स्थलगत अनुगमन गरी स्थानीय प्रशासनलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारवाही गर्ने सम्बन्धमा आयोगबाट भएका पहलहरू सम्बन्धमा जानकारी प्रस्तुत गर्नुभयो । उहाँले मुलुकका जुनसुकै जिल्लामा लैङ्गिक हिंसाका घटना बढिरहेको र त्यसमा प्रदेश नम्बर दुईमा यस किसिमका हिंसा अझ बढी मात्रामा घट्ने गरेकोले सोको नियन्त्रणका लागि विशेष प्रयास गर्नुपर्ने कुरा औँल्याउनुभयो ।

अन्तर्क्रिया कार्यक्रममा विभिन्न सञ्चार माध्यमसँग आबद्ध पत्रकारहरूले महिला हिंसाका  सबै प्रकृतिका घटनालाई आयोगले गम्भीरतासाथ ग्रहण गर्नुपर्ने, महिला हिंसालाई नियन्त्रण गर्न सबै निकायहरूबीच समन्वय र सहकार्य सुदृढ गर्नुपर्ने कुरामा जोड दिनुभयो । महिला हिंसाका घटनालाई नियन्त्रण गर्न पुरुषलाई सचेतनामूलक कार्यक्रम र महिलालाई क्षमताअनुसार आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोगी हुने व्यावसायिक तालिम तथा प्रशिक्षणको खाँचो रहेको कुरामा जोड दिनुभयो । साथै, उहाँहरूले स्थानीय तहमा न्यायिक समितिको क्षमता अभिवृद्धि गरी क्रियाशील बनाउन सके महिला हिंसाका घटनालाई तत्काल सम्बोधन गर्न सहयोग पुग्ने कुरा बताउनुभयो ।

कार्यक्रममा आयोगका सचिव मनोजकुमार आचार्यले लैङ्गिक हिंसा नियन्त्रणका क्षेत्रमा आयोगबाट भइरहेका गतिविधिहरूबारेमा प्रस्तुति राख्नुभएको थियो । प्रस्तुतिको क्रममा उहाँले विगत तीन महिनामा आयोगको हेल्पलाइन मार्फत ३४८ वटा महिला हिंसाका घटना दर्ता भएकोमा  मानसिक हिंसाका घटना सबैभन्दा बढी संख्यामा रहेको तथ्य प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन आयोगको महिला विकास समन्वय शाखाका उपसचिव श्री अञ्जु ढुङ्गानाले गर्नुभएको थियो ।

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram