मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

महिला उद्यमशीलताको विकास र सशक्तीकरण विषयमा राष्ट्रिय महिला आयोगबाट अन्तर्क्रिया कार्यक्रम आयोजना

प्रकासित मितिः 2021-06-11

आज मिति २०७८।०२।२८ गतेका दिन राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीको अध्यक्षतामा मुलुकका विभिन्न पेशा¸ उद्यम र व्यवसायमा संलग्न महिला उद्यमी व्यवसायीहरूको सहभागितामा “महिला उद्यमशीलताको विकास र सशक्तीकरण विषयक अन्तर्क्रिया कार्यक्रम” भर्चुअल माध्यमबाट सञ्चालन गरियो । बैठकमा महिला उद्यमशीलता विकासका लागि नेपाल सरकारकाले कार्यान्वयनमा ल्याएका विभिन्न नीति तथा कार्यक्रमहरूका साथै महिला उद्यमीहरूले उद्यम¸ व्यवसाय सञ्चालनको सन्दर्भमा भोग्नुपरेका कठिनाइ र चुनौतीका साथै आयोगबाट पहल हुनुपर्ने विषयमा समेत विस्तृत छलफल भयो । कार्यक्रममा देशभरिबाट महिला उद्यमी महासंघमा आबद्ध महिला उद्यमीहरू लगायत विभिन्न पेशा र व्यवसायमा संलग्न महिलाहरू गरी करिब जना  ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीले महिलालाई राजनीतिक रूपमा मात्र नभएर सामाजिक र आर्थिक रूपमा समेत सशक्तीकरण गर्न सकेमात्र समाजमा महिलाको स्थान र प्रतिष्ठा उच्च हुने र यसबाट महिला उपर हुने लैङ्गिक हिंसाका घटनालाई पनि नियन्त्रण गर्न सहयोग पुग्ने कुरा बताउनुभयो । महिलालाई आर्थिक रूपमा सशक्तीकरण गर्न महिलालाई आर्थिक स्रोत साधन र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने, महिलालाई सीप र इलम सिकाई उत्पादनशील काममा आबद्ध गर्नुपर्ने तथा महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको उचित बजारीकरण गर्नुपर्ने खाँचो रहेको कुरा औँल्याउनुभयो। आज महिलाले घरभित्रदेखि घरबाहिरसम्मको बहुमुखी भूमिका निर्वाह गर्नुपरिरहेको सन्दर्भमा उद्यमशीलताको विकासले महिलाको जीवनलाई सहज र सम्मानित बनाउन सहयोग पुग्ने कुरा उहाँले बताउनुभयो ।

अन्तर्क्रिया कार्यक्रमको शुरुमा आयोगका माननीय सदस्य श्री विद्याकुमारी सिन्हाले राष्ट्रिय महिला आयोगले महिला हक¸ अधिकारको क्षेत्रमा गरिरहेका विभिन्न कार्यहरूको बारेमा जानकारी प्रस्तुत गर्नुहुँदै महिला उद्यमशीलताको विकासका लागि आयोगको तर्फबाट के कस्ता पहलहरू हुन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा महिला उद्यमीहरूबाट राय सुझाव समेत सङ्कलन गर्ने उद्देश्यले आयोगले यस किसिमको अन्तर्क्रिया कार्यक्रम राखेको कुरा बताउनुभयो ।

आयोगका माननीय सदस्य श्री कृष्णकुमारी पौडेल खतिवडाले कोभिड-१९ को नियन्त्रणका सन्दर्भमा जारी भएको निषेधाज्ञा र लकडाउनका कारण धेरै महिला उद्यमी व्यवसायीहरूको उद्यम व्यवसाय बन्द भई बेरोजगार बस्नुपर्ने स्थितिमा पुगेकोले उनीहरूको पुनःस्थापना र पुनरुत्थानका लागि सम्बन्धित क्षेत्रले प्राथमिकताका साथ सहुलियतपूर्ण कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले महिलालाई राजनैतिक रूपमा मात्र अधिकार दिएर पर्याप्त नहुने र महिलालाई आधुनिक सीप र प्रविधिको ज्ञान दिएर आयआर्जनको कार्यमा बढी भन्दा बढी मात्रामा संलग्न गराई आत्मनिर्भर बनाउन खाँचो रहेको कुरा औँल्याउनुभयो ।

अन्तर्क्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव श्री दीपक काफ्लेले उद्यमी महिलाहरुका लागि नेपाल सरकारले कार्यान्वयनमा ल्याएका नीति तथा विभिन्न व्यवस्थाहरुको बारेमा जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसैगरी महिला उद्यमी महासंघका अध्यक्ष श्री रीता सिंहले उद्यमी महिलाहरूले देशको अर्थतन्त्रमा पु¥याएको योगदान र हाल  महिला उद्यमशीलतामा देखिएका समस्या र समाधानको उपाय तथा सुझावहरू बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न नेपाल सरकार तथा वाणिज्य बैङ्कहरूले विभिन्न नीति तथा कार्यक्रमहरू लागू गरेता पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, अझै पनि महिला उद्यमीहरूले विना धितो सरल रूपमा कर्जा प्राप्त गर्न कठिनाइ रहेको, उत्पादित वस्तुको  बजारीकरणमा समस्या रहेको, साना तिना उद्यम व्यवसाय गर्न इच्छुक महिलाहरूलाई स्थानीय तहमा सहुलियत र सुविधा प्राप्त गर्न कठिनाइ रहेको¸ सहुलियतको वितरण न्यायोचित ढंगले हुन नसकेको¸ महिलाको  सीप र आधुनिक प्रविधिमा सहज पहुँच स्थापित हुन नसकिरहेकोले यसलाई सबै मिलेर सम्बोधन गर्नुपर्ने खाँचो रहेको कुरा औँल्याउनु भयो । कार्यक्रममा सहभागी वक्ताहरूले जबसम्म महिला आर्थिक रूपमा आफैँ आत्मनिर्भर हुन सक्दैनन् तबसम्म उनीहरू अन्य क्षेत्रमा अघि बढ्न नसक्ने तथा समाजका अरू गतिविधिहरूमा कम मात्रामा मात्र सहभागी हुनसक्ने भएकोले अब राजनीतिक अधिकारसँगसँगै महिलाको आर्थिक विकासलाई पनि राज्यले प्राथमिकता दिएर अघि बढ्नुपर्ने सुझाव राख्नुभयो ।

अन्तर्क्रिया कार्यक्रमको शुरुमा आयोगका सचिव मनोज कुमार आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहभागी सबैलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन आयोगका वरिष्ठ महिला विकास अधिकृत (उपसचिव) मीरा शेरचनले गर्नुभएको थियो ।

२०७८ जेठ २८ गते शुक्रवार

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram