मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

उदयपुर जिल्लामा अनुगमन र छलफल कार्यक्रम -२०७८ असोज ११ गते

प्रकासित मितिः 2021-10-04

राष्ट्रिय महिला आयोगका माननीय सदस्य श्री कृष्ण कुमारी पौडेलज्यूको नेतृत्वमा कर्मचारी सहितको टोलीले यही २०७८ असोज ११ गते उदयपुर जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्री सुभाष चन्द्र बोहरा, प्रहरी नायब उपरीक्षक श्री बेद प्रसाद गौतम र महिला सेल प्रमुख प्रहरी नायब निरीक्षक श्री उमा गुरुङ्गसँग लैङ्गिक हिंसा निवारणका क्षेत्रमा भएका पहलहरु र कार्यालय संचालन तथा व्यवस्थापन लैङ्गिक मैत्री भए नभएको सम्बन्धमा स्थलगत अनुगमन र छलफल गरेको छ। सोही दिन जिल्ला अस्पताल उदयपुर अन्तर्गत एकद्वार संकट व्यबस्थापन केन्द्रका कर्मचारीहरुसँग भेटी केन्द्रबाट  हिंसा प्रभावित महिलाहरूलाई पु¥याइएका सेवाहरू बारे र सेवा पु¥याउँदा आइपरेका समस्याहरू बारेमा छलफल सहित अनुगमन गरिएको थियो । OCMC का कर्मचारीहरूले आयोगबाट अनुगमन गरेकोमा खुशी व्यक्त गर्दै मुद्दा मामला व्यवस्थापनमा समन्वय गरिदिन केन्द्रका कर्मचारीहरूले आग्रह गर्नु भएको थियो ।

यसैगरी टोलीले जिल्लामा हिंसा प्रभावित महिलाहरुको लागि सुरक्षित आवास गृह संचालन गरिरहेको महिला पुनर्स्थापना केन्द्र ओरेक  को अनुगमन गरेको थियो । उक्त आवास गृह ओरेक र त्रियुगा नगरपालिकाको संयुक्त  आर्थिक सहयोगमा संचालन भैरहेको र केन्द्रबाट हिंसा प्रभावित महिलाहरुको लागि संचालित गतिविधिहरुको जानकारी कार्यक्रम अधिकृत श्री प्रभा पौडेलले दिनुभएको थियो ।

यसैगरी टोलीले मिति २०७८।०६।१३ गते  सुनसरी जिल्ला इटहरी उपमहानगरपालिकाको कार्यालयमा कार्यस्थलमा हुने यौनजन्य  दुर्व्यवहार सम्बन्धी राष्ट्रिय महिला आयोगमा परेको गुनासो सम्बन्धमा स्थलगत अनुगमन तथा निरीक्षण गरि पीडितहरुको अवस्था सम्बन्धमा छलफल गरेको थियो । सो क्रममा नगरपालिका प्रमुख जस्तो गरिमामय पदमा रही कार्यस्थलमा सार्वजनिकस्थलमा पटक पटक महिला सेवाग्राहीहरुलाई अपशब्द प्रयोग गरी बोल्ने गरेकोमा राष्ट्रिय महिला आयोगबाट यस्तो अशोभनीय अपशव्द प्रयोग गरेकोमा पदाधिकारी विरुद्ध आवश्यक कारवाहीको माग गरेको थियो ।

यसैगरी टोलीले मिति २०७८।०६।१४ गतेका दिन झापा जिल्ला मेची नगरपालिका वडा नं ९ मा अनाथ असहाय आश्रित बाल आश्रम स्वबोध साधना केन्द्रको अध्यक्ष श्री बाल कृष्ण थपलियासँग भेटी सो अनाथ आश्रम संचालन बारे जानकारी लिएको थियो ।२०५६ सालमा स्थापना भएको अनाथ आश्रममा विभिन्न उमेर समूहका १४ जना बालबालिका आश्रित रहेको र यस संस्थालाई प्रदेश सरकारबाट सहयोग मिलेकोमा कुरा जानकारी प्राप्त भयो । त्यो बाहेक मुठ्ठीदानबाट पनि आश्रम संचालन गर्न सहयोग मिलेको जानकारी प्राप्त भयो ।

मिति २०७८।०६।१२ गते उदयपुर जिल्लाको सदरमुकाम गाइघाट त्रियुगा नगरपालिका जिल्ला समन्वय समितिको सभा हलमा न्यायिक समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक, महिला सेलका महिला प्रहरी प्रमुख, स्थानीय संचारकर्मीहरू, महिला सुरक्षा आवास गृह संचालक संस्था ओरेक नेपाल लगायत विभिन्न संस्थाको प्रतिनिधि गरी करीव ८० जनाको सहभागितामा लैङ्गिक हिंसा निवारण सम्बन्धमा असल अभ्यास र न्यायमा पहुँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला न्यायाधिश श्री दीपक खनालले स्थानीय तहको न्यायिक अधिकार प्रयोगको अवस्था र चुनौती बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

टोलीले मिति २०७८।०६। १४ गते झापा जिल्लाको मेची नगरपालिका वडा नं १० धुलाबारी माध्यामिक विद्यालयमा ६ वटा सामुदायिक विद्यालयका छात्र, छात्रा, प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू समेत गरी ७० जनाको उपस्थितिमा विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा निवारण सम्बन्धमा अभिमुखीकरण कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रममा आयोगका सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडा, उपसचिव श्री अञ्जु ढुङ्गाना, इलाका प्रहरी कार्यालय काकडभित्ता प्रहरी नायब उपरीक्षक श्री सुनिल दाहाल र धुलाबारी माध्यामिक विद्यालयका शिक्षिका श्री शिला खवासले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम संचालन आयोगका महिला विकास अधिकृत श्री रोशनी श्रेष्ठले गर्नुभएको थियो ।

छलफलको क्रममा सहभागीहरूले विद्यालयस्तरमा यस्तो कार्यक्रम सबै विद्यालयहरूलाई समेटी पटक पटक भैरहनु पर्ने कुरामा जोड दिनु भएको थियो । लैङ्गिक हिंसा र यौनजन्य दुर्व्यवहार नियन्त्रण गर्न  घर घरबाट नै शुरुवात गर्नु पर्ने तथा महिला हक अधिकार बारेमा सचेतना अभिवृद्धि गर्न यस किसिमको अभिमुखीकरण कार्यक्रमले सहयोग पुर्‍याउने र सबै निकायले  उत्तिकै प्रतिबद्धता साथ सकारात्मक भूमिका निर्वाह गर्नु पर्ने  कुरामा सहभागीहरुले  जोड दिनु भएको थियो ।

यसैगरी टोलीले मिति २०७८।०६।१३ गते मोरङ्ग जिल्लाको जिल्ला प्रशासन कार्यालय समीक्षालयमा सुरक्षा निकायसँग लैङ्गिक हिंसा निवारण सम्बन्धी रणनीतिक योजना बैठक तथा अन्तर्क्रिया कार्यक्रम संचालन गर्‍यो। राष्ट्रिय महिला आयोगका सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडाज्यूको अध्यक्षतामा भएको बैठकमा प्रदेश सभाका सदस्य श्री केदार कार्की प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायतका विभिन्न सुरक्षा निकायका प्रमुखहरु, सरोकारवाला निकाय र संचारकर्मीहरूको सहभागिता सहभागित रहेको थियो ।

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram