मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

लैङ्गिक हिंसा निवारण सम्बन्धमा अभिमुखीकरण कार्यक्रम लमजुङ्ग

प्रकासित मितिः 2021-09-08

राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीज्यूको नेतृत्वमा राष्ट्रिय महिला आयोगका माननीय सदस्य श्री सावित्रा कुमारी शर्मा लगायतका कर्मचारी सहितको टोलीले यही मिति २०७८ भाद्र १५ गते लमजुङ्ग जिल्लाको बेशीशहरमा ६ वटा सामुदायिक विद्यालयका छात्र, छात्रा, प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु समेत गरी ६० जनाको सहभागितामा २ समूहमा विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा निवारण सम्बन्धमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो ।उक्त अभिमुखीकरण कार्यक्रममा आयोगका अध्यक्ष श्री कमला कुमारी पराजुलीज्यू, श्री सावित्रा कुमारी शर्मा, उपसचिव अन्जु ढुंगाना तथा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख श्री वीर बहादुर गुरुङ्गले कार्यपत्र प्रस्तुतीकरण गर्नु भएको थियो ।त्यसैगरी मिति २०७८ भाद्र १६ गते तनहुँ जिल्लामा न्यायिक समितिका पदाधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, एकद्वार संकट व्यवस्थापन समितिका कर्मचारी, महिला सेलका महिला प्रहरी कर्मचारी, स्थानीय सञ्चारकर्मी, अभियन्ता लगायत करीव ७० जनाको सहभागितामा लैङ्गिक हिंसा निवारण सम्बन्धमा असल अभ्यास र न्यायमा पहुँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो ।उक्त कार्यक्रममा जिल्ला अदालतका न्यायाधिस श्री हरिश्चन्द्र ढुङ्गानाज्यूले  महिला हिंसा विरुद्ध न्यायिक समितिको भूमिका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम संचालन आयोगका महिला विकास अधिकृत श्री रोशनी श्रेष्ठ र महिला विकास निरिक्षक श्री देवी पण्डितले गर्नुभएको थियो ।

छलफलका क्रममा प्रत्येक सामुदायिक विद्यालयमा गुनासो पेटिका राख्नुपर्ने र प्रहरी प्रशासनको रोहवरमा विद्यालय व्यवस्थापन समितिले पेटिका खोली गुनासोको उचित सम्बोधन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।विद्यालयस्तरमा हुने विभिन्न किसिमका लैङ्गिक हिंसा यौनजन्य दुर्व्यवहार नियन्त्रण र महिला हक अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्न यस किसिमको अभिमुखीकरण कार्यक्रमले सहयोग पुर्याउने कुरा सहभागीहरुले व्यक्त गर्नु भएको थियो ।

टोलीले मिति २०७८ भाद्र १४ गते महिलाहरुमाथि हुने विभिन्न प्रकारका हिंसाका विषयमा लमजुङ्ग जिल्लाका जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्री कृष्ण बहादुर कार्की, अनुसन्धान अधिकारी तथा महिला सेलका प्रहरी महिलाहरुसँग लैङ्गिक हिंसाका निवारणका क्षेत्रमा भएका पहलहरु र कार्यालय संचालन तथा व्यबस्थापन लैङ्गिक मैत्री भए नभएको सम्बन्धमा स्थलगत अनुगमन र छलफल गरिएको थियो ।

यसैगरी मिति २०७८ भाद्र १५ गते लमजुङ्ग बेशीशहरमा महिला, पुरुष, बालबालिका गरी ३१ जना आश्रित रहेको मानव सेवा आश्रममा  अनुगमन गरिएको थियो । आश्रमका मानव सेवामा समर्पित अभियन्ता तथा संयोजक अनिता अधिकारीले आयोगबाट अध्यक्ष स्वयंमले आश्रममा अनुगमन गरेकोमा खुशी व्यक्त गर्दै आश्रमका लागि आफ्नै भवन र स्वास्थ्य प्राविधिक कर्मचारीको आवश्यकता रहेको बताउनुभयो । उहाँले आश्रममा कार्यरत मनोसामाजिक परामर्शकर्ता र हेरचाहकर्तालाई आवश्यक तालीमप्रशिक्षण उपलव्ध गराउन  राष्ट्रिय महिला आयोगबाट आवश्यक समन्वय र सहजीकरण गरिदिन अनुरोध गर्नु भएको थियो ।

सोही दिन टोलीले लमजुङ्ग बेशीशहरको जिल्ला अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रमा महिलाहरुलाई हुने  हिंसाका घटना व्यवस्थापनको लागि के कस्ता प्रयासहरु भएका छन् भन्ने बारेमा अनुगमन गरेको थियो ।

मिति २०७८ भाद्र १७ गते तनहुँ जिल्लामा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीसँग भेटघाट गरी तनहुँ जिल्लामा महिला हिंसा सम्बन्धी के कस्ता प्रकारका घटनाहरु बढी संख्यामा दर्ता भएका छन्, घटना उजुरी सुनुवाईको लागि लैङ्गिक मैत्री व्यबस्था भए नभएको छलफल गरिएको थियो । अनुगमनको क्रममा माननीय अध्यक्षज्यूले हरेक जिल्ला प्रशासन कार्यालयमा एक जना कर्मचारीलाई लैङ्गिक सम्पर्क व्यक्ति तोक्न  सुझाव दिनुभएको थियो ।

सोही दिन टोलीले तनहुँ जिल्लाको दमौली अस्पतालमा सञ्चालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा मेडिकल सुपरिटेन्डेन्ट र OCMC एकाइको जिम्मेवार कर्मचारीहरुसँग समेत भेटघाट गरी महिला हिंसाको घटनालाइ पीडित / प्रभावितको सुरक्षा,गोपनीयता र उपचार तथा मनोविमर्श सेवा, उपचार पश्चातको फलोअपको अबस्था जबरजस्ती करणी, सुरक्षित गर्भपतन  सेवाहरुको विषयमा छलफल गरेको थियो ।अनुगमनको क्रममा मेडिकल सुपरिटेन्डेन्ट र OCMC एकाइको जिम्मेवार कर्मचारीले OCMC सेवालाई थप प्रभावकारी बनाउन भैतिक संरचना र दक्ष परामर्शकर्ताको आबश्यकता रहेको कुरा बताउनु भएको थियो ।

 

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram