मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

प्रेस-विज्ञप्ति (२०७७/१०/२५)

प्रकासित मितिः 2021-02-07

बलात्कार पछि हत्या भएको भनिएको बैतडीको दोगडाकेदारको घटनाका दोषीलाई कानूनको दायरामा ल्याइ निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ७ स्थित श्री सनातन धर्म मा.वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया किशोरी भगिरथी भट्ट मिति २०७७ माघ २१ गते दिउँसोबाट हराएर भोलिपल्ट दिउँसो करिव ४:३० बजे लवलेक सामुदायिक वनमा शंकास्पद विभत्स अवस्थामा मृत भेटिएको भनिएको घटना प्रति यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगले राष्ट्रिय मानव अधिकार आयोगसँग समेत छलफल गरेको छ । हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जिउ ज्यानको सुरक्षा र मानव अधिकारको गम्भीर उल्लघंन भएको कुरा महशुस गरिएको छ । उक्त घटनाको अनुगमन तथा अनुसन्धानका लागि तत्कालै आयोगले यस आयोगका माननीय सदस्यको नेतृत्वमा टोली गठन गरेको छ । आयोगको उक्त टोलीलाई आवश्यक सहयोग पुर्याइदिनु हुन आयोग सम्बन्धित सबै पक्ष तथा सरोकारवालाहरुलाई आग्रह गर्दछ । आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याउन र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पुर्याउन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

शान्ता अधिकारी भट्टराई

सचिव

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram