Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • २९ माघ २०८१, मंगलवार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

प्रेस-विज्ञप्ति (२०७८/०५/१०)


प्रेस विज्ञप्ति

बारा जिल्ला कलैया उपमहानगरपालिका विगुलपुर २७ मा बस्ने वडा सदस्य तारामुनी पाशवान माथि भएको दुर्व्यवहार तथा कुटपिट भएको समाचारप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । मिति २०७८ भदौ २ गते राती ११ बजे छिमेकी महेन्द्र शाह सहित ३०।३५ जनाको समूहमा आई लतार्दै लगी ५०० मिटर टाढा रहेको महेन्द्र शाहकै घर अगाडि रहेको रुखमा बाधी कुटपिट गरी अचेत भएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । सो घटनाको सम्बन्धमा यस आयोगलाई जानकारी प्राप्त भएपछि २०७८ भदौ ५ गते आयोगको माननीय सदस्य विद्या कुमारी सिन्हाको नेतृत्वमा गएको अनुगमन टोलीले घटनाको स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमन टोलीले घटनास्थल,  पीडितको परिवार, छरछिमेक लगायत वीरगंजको नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार गरी रहेकी पीडित सदस्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै सम्पर्क भन्दा बाहिर रहेको महेन्द्र शाहको परिवार लगायत अन्य दोषी माथि कारवाही गर्न र घटनाको बारेमा सत्यतथ्य पत्ता लगाइ पीडितलाई न्याय दिलाउनका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख,  वडा अध्यक्ष तथा अस्पतालको प्रतिनिधि समेतलाई भेटी सो घटनाको गम्भीरताको साथ छानबिन गर्न निर्देशन दिएको थियो । उक्त घटना महिला विरुद्धको हिंसा भएकोले यस घटनाबारे तदारुकता साथ छानविन गरी सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र दोषीलाई यथाशीघ्र कानून बमोजिम कारवाही गर्नको लागि राष्ट्रिय महिला आयोग सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउँदछ ।

                                                      श्यामप्रसाद श्रेष्ठ

                                                      उपसचिव एंव प्रवक्ता

Attached Files

क्र.स शिर्षक डाउनलोड
Press-Release_2078_5_10.pdf (PDF)