राष्ट्रिय महिला आयोगबाट योगमाया स्मृति दिवस कार्यक्रम आयोजना
मिति २०७८ असार २२ गते राष्ट्रिय महिला आयोगले महिला जागरणका क्षेत्रमा अतुलनीय योगदान गर्ने सामाजिक सुधार अभियानकी प्रणेता विदुषी योगमायाको स्मृतिमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै तथा योगमायाको व्यक्तित्व र योगदान सम्बन्धमा छलफल र परिसंवाद कार्यक्रम आयोजना गरी योगमाया स्मृति दिवस मनाएको छ ।