मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

कार्यक्रम तथा गितिविधि

सिरहा जिल्लामा न्यायिक समिति तथा पदाधिकारीहरुबीच “लैङ्गिक हिंसा निवारणका असल अभ्यासहरु र न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम”

राष्ट्रिय महिला आयोगले माननीय सदस्य जया घिमिरेको अध्यक्षतामा मिति २०७८ कार्तिक १२ गते सिरहा जिल्लामा न्यायिक समिति तथा पदाधिकारीहरुबीच “लैङ्गिक हिंसा निवारणका असल अभ्यासहरु र न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम” आयोजना गरेको थियो । उक्त कार्यक्रममा सिरहा जिल्लाका १० भन्दा बढि पालिकाका उप प्रमुख, उपाध्यक्ष, न्यायिक समितिका सदस्यहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय […]

पुरा पढ्नुहोस्

किर्तिपुर बर्न अस्पतालमा अनुगमन

मिति २०७८।०७।१२ गते राष्ट्रिय महिला आयोगका माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडाज्यूको नेतृत्वमा कर्मचारी महिला विकास अधिकृत श्री रोशनी श्रेष्ठ सहितको टोलीबाट किर्तिपुर बर्न अस्पतालमा उपचारत  ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ११ बस्ने २७ वर्षिय मुना मगरलाई  मिति २०७८।०७।११ गते विहान ४ बजे नीजकी श्रीमान् राजु देशारले मट्टीतेल खन्याई जलाएको घटनाको बारेमा जानकारी […]

पुरा पढ्नुहोस्

उदयपुर जिल्लामा अनुगमन र छलफल कार्यक्रम -२०७८ असोज ११ गते

राष्ट्रिय महिला आयोगका माननीय सदस्य श्री कृष्ण कुमारी पौडेलज्यूको नेतृत्वमा कर्मचारी सहितको टोलीले यही २०७८ असोज ११ गते उदयपुर जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्री सुभाष चन्द्र बोहरा, प्रहरी नायब उपरीक्षक श्री बेद प्रसाद गौतम र महिला सेल प्रमुख प्रहरी नायब निरीक्षक श्री उमा गुरुङ्गसँग लैङ्गिक हिंसा निवारणका क्षेत्रमा भएका पहलहरु र कार्यालय संचालन […]

पुरा पढ्नुहोस्

लैङ्गिक हिंसा निवारण सम्बन्धमा अभिमुखीकरण कार्यक्रम लमजुङ्ग

राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीज्यूको नेतृत्वमा राष्ट्रिय महिला आयोगका माननीय सदस्य श्री सावित्रा कुमारी शर्मा लगायतका कर्मचारी सहितको टोलीले यही मिति २०७८ भाद्र १५ गते लमजुङ्ग जिल्लाको बेशीशहरमा ६ वटा सामुदायिक विद्यालयका छात्र, छात्रा, प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु समेत गरी ६० जनाको सहभागितामा २ समूहमा विद्यालयस्तरमा हुने लैङ्गिक […]

पुरा पढ्नुहोस्

राष्ट्रिय महिला आयोगबाट सुरक्षित गर्भपतन सेवालाई किशोरी तथा अपाङ्गता मैत्री बनाउने सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल कार्यक्रमको आयोजना

राष्ट्रिय महिला आयोगले आज मिति २०७८ साउन १९ गते सुरक्षित गर्भपतन सेवालाई किशोरी तथा अपाङ्गता मैत्री बनाउने सम्बन्धमा के कस्तो प्रावधानहरू समेटेर यस सम्बन्धी निर्देशिका बनाउन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा सम्बन्धित क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा एक छलफल कार्यक्रम आयोजना गर्‍यो ।

पुरा पढ्नुहोस्

राष्ट्रिय महिला आयोगबाट लै‌गिक हि‌सा नियन्त्रणसम्बन्धमा पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना

राष्ट्रिय महिला आयोगले आज मिति २०७८ साउन ५ गते मुलुकमा बढ्दो लैंगिक हिंसा नियन्त्रण र रोकथामको विषयमा आयोगबाट भइरहेका कार्यहरू र आगामी दिनमा चाल्नुपर्ने कदमहरू सम्बन्धमा विभिन्न सञ्चार माध्यमसँग आबद्ध पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्‍यो ।

पुरा पढ्नुहोस्
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram